Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्राचीन इतिहास बोकेको पुग्नै पर्ने ठाउं: रेसुङगा( साउनमा हरियो सारीको सप्को हालेको सुन्दर महिला भन्दा कम देखिदैन )
प्राचीन इतिहास बोकेको पुग्नै पर्ने ठाउं: रेसुङगा( साउनमा हरियो सारीको सप्को हालेको सुन्दर महिला भन्दा कम देखिदैन )
नेपाली चेली
नेपाली चेली मंगलबार, साउन ९, २०८०

भोजराज पाण्डेय

लुम्बिनी प्रदेश धार्मिक, सांस्कृतिक, जैविक र पर्यटकीय हिसाबले अत्यन्त महत्व र सम्भावना बोकेको प्रदेश हो । यस अन्तरगत पर्ने प्रत्येक जिल्लाहरुको नेपाललाई आन्तरिक र बाह्य रुपमा पहिचान गराउने कुनै न कुनै बिशेषता र सम्भावनाको प्रचुरता रहेको छ । चाहे सांस्कृतिक होस वा धार्मिक अथवा पर्यटकीय क्षेत्र नै किन नहोस प्रत्येक जिल्लाको आफ्नो बेग्लै पहिचान रहेको छ । सांच्चै भन्ने हो भने भैगोलिक बिबिधता र नागरिकको बसोबासको आधारमा बिश्लेषण गर्ने हो भने लुम्बिनी प्रदेशका जिल्लाहरुमा बसोबास गर्ने नागरिकहरु बीचमा रहेको सहिष्णुता, सद्भाव र सहयोगी भावना अन्य प्रदेशमा बसोबास गर्ने नागरिकहरुको लागि पनि प्रेरणाको श्रोत बन्न सक्दछ । यस प्रदेशको पहाडी जिल्लाहरुको भौगोलिक बिकटताको बावजुद पनि त्यहां बसोबास गर्ने नागरिकहरुको जुन खालको दृढ लगनशीलता छ त्यो अत्यन्त सकारात्मक पक्ष हो ।

नेपालको राजनीतिक वा प्रशासनिक क्षेत्रको बारेमा कुरा गर्ने हो भने त यसको तुलना अरु संग हुन्छ जस्तो लाग्दैन । राज्यका हरेक प्रशासनिक निकायहरुमा निम्न देखि उच्च तह सम्म यहांका नागरिकहरुको जर्बदस्त उपस्थिति रहेको छ । साबिक नेपालको नक्सा अनुसार लुम्बिनी अञ्चलको ३ वटा पहाडी जिल्लाहरु मध्ये गुल्मी जिल्ला सधै चर्चामा रहने जिल्ला हो । प्रजातन्त्र र लोकतन्त्रको प्राप्ती पश्चात हरेक पटकको निर्वाचनमा एउटा राष्ट्रीय चर्चाको बिषय समेत बन्ने गरेको छ । कसैको हार वा जितमा यसले चर्चाको हद पार गरेको हुन्छ ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी तथा ब्यापारिक केन्द्र बुटवल बाट करिब १३८ किमी उत्तर तर्फ पाल्पा जिल्लाको पबित्र तीर्थस्थल सिद्धबावा मन्दिरको बांया हुंदै तिनाउ नदीको तिरैतिर पहाडको अनकन्टार खोंचमा पहरो कोपेर बनाइएको सिद्धार्थ राजमार्ग सडकको बाटो हुंदै गाडीमा झ्यालको शिशा खोलेर अगाडी बढ्दै गर्दा पहाडको खोचबाट बगेको चिसो झरना बाट आएको छवाङ छवाङ आबाज संगै सिरसिर गर्दै आउने चिसो हावाको आनन्द सायद कुनै किताब वा लेखमा वर्णन गर्दा पनि अपुरो नै होला ।

छिमेकी जिल्ला पाल्पाको सदरमुकाम तानसेन पुग्नु भन्दा अगावै सांघुरो र घुम्टी नै घुम्टी पार गर्दै बर्तुनमा पुगे पछि सिद्धार्थ राजमार्गलाई छोडेर बायां पट्टिको झनै सांघुरो सडक समाते पछि जो कोहीले पनि सहजै अनुमान गर्न सक्छन की गुल्मी जाने सवारी मार्ग यही नै हो भन्ने । पाल्पा जिल्लामा रहेका मनोरम प्राकृतिक सौन्दर्यहरुको असीम आनन्द लिदैं तानसेन बजार पार गरि बतासे डांडा मुनिको बाक्लो र घना सालघारीको माझबाट उकालो हुदै यात्रा गर्दा आउने खुशी र आनन्दको वर्णन कम्तिमा पनि यो एउटा लेखमा मात्र कदापी सम्भव छैन । बाइसे चौबिसे राज्यहरु मध्ये पाल्पा राज्यको इतिहासमा सधै चर्चा हुने गर्दछ । इतिहासको स्वर्णिम कालखण्डमा उक्त राज्यको उत्तर पट्टीबाट हुन सक्ने आक्रमण निस्तेज पार्न प्राकृतिक रुपमा रक्षा कबचको रुपमा रहेको बतासे डांडा पार गरेपछि पबित्र तीर्थस्थल भैरवस्थान मन्दिर लाई दाहिने पार्दै अगाडी बढ्दै गर्दा हार्थोक नपुग्दै अलि वर उत्तर पट्टी पारी नियाल्दा गुल्मी जिल्लाको बलेटक्सार र भार्से माथिको सत्यवती लेकको मनोरम र लोभलाग्दो दृश्य झट्ट आंखामा कैद गर्न सकिन्छ । स्याङजा, गुल्मी र पाल्पा जिल्लाको संगम स्थलको रुपमा रहेको प्रसिद्ध तीर्थस्थल रहेको रिडी क्षेत्रको पश्चिमी सांध सीमाना भएर बग्ने रिडी खोलामाथि एक पटकमा एउटा गाडी मात्र अट्ने गरि बनाइएको सांघुरो पुललाई पार गर्नासाथ गुल्मी जिल्लामा थपक्कै पाइला टेक्न सकिन्छ ।

रिडी बजारबाट उकालो यात्रा सुरु गरी करिब ४५ किमी सांघुरो सडकको यात्रा पार गरेपछि प्रसिद्ध ऋषी ऋङयले तपस्या गरेको पबित्रस्थल रहेको रेसुङगाको काखमा अबस्थित तमघास बजार पुग्दा जो कोहीलाई पनि भारतको प्रसिद्ध पर्यटकीय स्थल दार्जिलिङ पुगेको भावानुभुति हुन्छ । पुर्वमा रेसुङगा र पश्चिममा अर्जुनको गगनचुम्बी पहाडको काखमा अबस्थित रमणीय तमघास बजार देखेर मन लोभ्याउने सायदै कोही नहोला । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा घना जङगलको माथि डाडोमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण रहेको एउटा पबित्र क्षेत्र मानिन्छ । सवारी साधनको उपलब्धता र सडक सञ्जालको सुबिधा नुंहुदा सम्म तमघास बजारको खोंच देखि माथि रेसुङगा लेकमा पुग्न करिब डेढ घण्टाको कठिन उकालो यात्रा पार गर्नु पर्दथ्यो ।

नेपाली साहित्यकार डा. तारानाथ शर्मा उ बेला सायद बैतडी र डडेल्धुराको बीचमा अबस्थित लेक घनघस्यातिर नगएर गुल्मी जिल्लाको यात्रामा निस्कनु भएको भए सायद सदरमुकाम तमघासको शीरमा रहेको रेसुङगाको बारेमा उहिले नै “रेसुङगाको उकालो काट्दा” भन्ने लेख प्रकाशित गर्नु हुन्थ्यो होला । फरक यति मात्र हुन्थ्यो सायद घनघस्यामा “बाटामी गाड पडन्छ” भन्ने उत्तर दिने मानिस फेला पार्नु भएको थियो तर यता बरालिनु भएको भए तमघास देखि उकालो यात्रा गरेपछि माथि डांडोको शिरमा रहेको तपोभूमी नपुगुन्ज्याल सम्म घना जङगल सिबाय अरु फेला पर्दैन ।

गुल्मी जिल्लालाई नेपाली मानचित्रमा परिचित गराउने बिभिन्न भौगोलिक र धार्मिक तथा सांस्कृतिक सप्रदाहरु रहेका छन, रिडि क्षेत्र, सत्यवती लेक, धुर्कोट गुफा, गुल्मी चारपाला दरवार, आंपचौर कफी खेती आदि हुन भने प्रत्येक बर्षको दशैंमा देवीका मन्दिरहरुमा खेलिने सरायं नाच गुल्मीको अलावा अर्घाखांचीमा मत्र खेलिन्छ । तर रेसुङगाको बारेमा गुल्मेली माझ र नेपाली मानचित्रमा जुन परिचर्चा छ त्यो सायदै अरुसंग तुलना होला ।

गुल्मी जिल्लाको गहनाको रुपमा रहेको रेसुङ्गा आफैमा एउटा परिचित र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । यसलाई जिल्लाको प्रयायवाची नै मानिन्छ । जिल्ला सदरमुकाम तम्घासलाई काखमा छपक्कै राखेर शिरमा रहेको रेसुङ्गाले गुल्मीलाई चिनाएको मात्र छैन एउटा मनमोहकरुपी आनन्द समेत प्रदान गरेको छ ।

प्रायश शीरमा बादलको घेराले लपेटिने रेसुङगा साउनमा हरियो सारीको सप्को हालेको कुनै सुन्दर महिला भन्दा कम देखिदैन । धार्मिक,ऐतिहासिक र पर्यटकिय महत्वले भरिपूर्ण रेसुङ्गाको महत्व र यसको प्राचीन इतिहास खोज्ने हो भने एउटा किताबमा मात्र सीमित राख्नु पनि मुर्खता हुन जान्छ ।

 

नेपालमा लोकतान्त्रिक गणतन्त्रको बिकास संगै नेपालको आन्तरिक पर्यटनमा उछाल आउने गरि बिकास भएको छ । पर्यटनको सम्भावना रहेका जुनसुकै स्थानमा राज्यले प्रशस्त लगानी गरेर पर्यटकलाई आकर्षित गर्ने काम गरेको छ । यसैको ज्वलन्त उदाहरणको रुपमा नै रेसुङगा-रुरु क्षेत्रको बिकासलाई लिन सकिन्छ । केही वर्षयता डेढ घण्टा पैदल हिडेर पुग्ने ठाउं रेसुङ्गामा अहिले पर्यटकीय स्थल गर्जुराको बाटो हुंदै प्रसिद्ध स्थल रेसुङगा पोखारी सम्म सवारीका साधनमा बसेर २० मिनेटमा पुग्न सकिन्छ ।

पोखरी देखि करिब १५ मिनेटको उकालो पैदल यात्रापछि मुख्य गन्तव्य स्थल चुचुरोमा पुगिन्छ । माथी डांडामा पुगेपछि जो कोही पनि स्वच्छ हावा, वरीपरि रहेका सुन्दर पहाडका चुचुराहरु र उत्तरमा सेतै चांदी जस्तै फैलिएर रहेको हिमाल श्रृंखलाको मनोरम दृष्यमा रमाउन सकिन्छ । यहाँ रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । गुल्मीका विभिन्न स्थानसँगै पाल्पा, स्याङ्जा, अर्घाखाँची र बाग्लुङ जिल्लाको दृश्य अवलोकन गर्न सकिन्छ । कसै कसैले त नियालेर हेर्यो भने भारतको गोरखपुर सम्म पनि देखिन्छ भन्ने गर्दछन् । धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे जस्ता हिम श्रृङ्खलाहरु पनि यहांबाट सजिलै अवलोकन गर्न सकिन्छ । रेसुङ्गामा साउनभर एक महिनासम्म मेलासँगै पूजा/आजा गर्ने गरिन्छ । जसको कारण यसको गरिमा चुलिंदो छ । साउन महिनामा रेसुङ्गाको पोखरीमा स्नान गर्नाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता र बिश्वास रहि आएको छ ।

सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहेको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रहेको रेसुङ्गाको महत्व धेरै वेद पुराणहरुमा समेत उल्लेख छ । बि.सं. २०४१ सालमा योगी नरहरिनाथले १ महिनासम्म होम गरेर रेसुङगाको महिमा बढाउन गरेको पबित्र प्रयास आज पर्यन्त गुल्मीबासीको मनमा छ । यस महायज्ञ पश्चात उनले यस क्षेत्रको लागि नगद ३६ हजार र २१ वटा गाई छोडेर गएसँगै रेसुङगाको फेदी साउनेमा गौशाला निर्माण र रेसुङ्गामा विशेष रुपमा निरन्तर पूजा हुँदै आएको छ । हुनत त्यति बेला नरहरिनाथको उक्त कार्यलाई ब्यवस्था परिवर्तनको लागि गरिएको कार्य भनि तत्कालीन अबस्थामा उक्त कार्यक्रम रोक्ने प्रयास पनि भएको थियो । तर यज्ञ रोकिएन । तथापी योगी नरहरीनाथको सो प्रयासले गर्दा नै आजको रेसुङगा बनाउन मद्धत पुगेको कुरामा कुनै मतभेद नहोला ।

रेसुङगाको उत्तर पुछारमा रहेको साउने जङगलको बीचमा रहेको गौशालामा त्यतिवेला हवन गरेर छोडेका गाइलाई २०४२ सालदेखि व्यवस्थित रुपमा पाल्न थालिएको हो । गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गएपनि रेसुङ्गामा रहेको गौशालमा व्यवस्थित रुपमा गाइहरु हाल रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिएका छन् । बिगतमा रेसुङगा मन्दिरमा रहेका अमुल्य मूर्ति तथा धातुहरु चोरी हुने समस्या रहेको भए तापनि हाल सुरक्षा निकायको सकृयताले अपराधिक घटनामा कमी आएको छ । अन्य महिनाहरुको तुलनामा साउन महिना रेसुङगाको महत्व अझ ब्यापक छ । हरेक बर्ष जस्तै यस बर्ष पनि साउन १ गते देखि रेसुङगामा होम तथा पूजाआजा एवं पबित्र पोखरीमा स्नान गरि पुन्य आर्जनको लागि दैनिक सयौंको संख्यामा श्रदालु भक्तजन तथा पर्यटकहरुको घुंइचो लाग्ने गरेको छ । तमघास तथा आसपासमा ठूलो संख्यामा बसोबास गर्ने बशिष्ठ गोत्रीय पाण्डे समाजले पुर्खौ देखि साउन महिनामा रेसुङगामा खिर चढाउने गरेका छन, जुन आज पर्यन्त निरन्तर छ ।

सडक सञ्जालको सांघुरो उपलब्धता र बिगत देखि चर्चामा रहेको रेसुङगा बिमानस्थल संचालनमा आए पछि हवाई मार्गको पनि केहि हद सम्मको सुगमताले गर्दा रेसुङगाको ब्यापकतालाई अझ बिस्तार गर्नु पर्ने देखिन्छ । सडक सञ्जाललाई ब्यबस्थित बनाउने कार्यहरु पनि भैरहेको छ ।

यसको ब्यापकताको लागि राजधानी काठमाण्डौ तथा पोखरा एवं बुटवल र भैरहवाका ठूला होटेल ब्यवसायीहरु र ट्राभल एजेन्सीहरुको सहकार्यमा प्यूठानको स्वर्गद्वारी, अर्घाखांचीको सुपा देउराली र गुल्मीको रिडी-रेसुङगा तथा पाल्पाको रानीमहल समेतलाई जोड्ने गरि पर्यटकीय गुरु योजना सहित कार्यान्वयन गर्न सकेमा रेसुङगा रुरु क्षेत्र संगसंगै समग्र गुल्मीको बिकाशमा समेत थप टेपा पुर्याउन सकिन्छ ।

भेजराज पाण्डेय 
प्रहरी नायव उपरीक्षक 
जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासी

 

 

 

 


प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:००
#रेसुङगा
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आज नयाँ बर्ष २०८१, सबैमा शुभकामना । 
आज नयाँ बर्ष २०८१, सबैमा शुभकामना ।  शनिबार, वैशाख १, २०८१
आठौं राष्ट्रिय योग दिवसको शुभकामना 
आठौं राष्ट्रिय योग दिवसको शुभकामना  आइतबार, माघ १, २०७९
आज नेपालि टोपि  दिवस साथै अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन मनाइँदै
आज नेपालि टोपि  दिवस साथै अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन मनाइँदै आइतबार, पुस १७, २०७९
तमु ल्होसारको सबैँमा  शुभकामना
तमु ल्होसारको सबैँमा  शुभकामना शुक्रबार, पुस १५, २०७९
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्