परासी । नवलपरासी उद्योग वाणिज्य संघको १६ औं अधिबेशनबाट परासीका युवा उद्योग एवं व्यवसायी नगेन्द्र अग्रहरी सर्वसम्मत अध्यक्षमा निर्वाचत हुनु भएको छ । आगामी ३ बर्षका लागि भएको निर्वाचनमा अग्रहरी निर्विरोध निर्वाचित हुनु भएको हो । यसअघि अग्रहरी संघको बरिष्ठ उपाध्यक्ष पदमा कार्यरत हुनुहुन्थ्यो ।
यस्तै अधिबेशनले १९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको छ । नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार गुप्ता, उद्योग उपाध्यक्षमा तारा आचार्य, वाणिज्य उपाध्यक्षमा रामकुमार गुप्ता, महासचिवमा भोला पराजुली, कोषाध्यक्षमा गिरीराज पाण्डे सर्वसम्मत निर्वाचित हुनु भएको हो ।
यस्तै संघको ४ क्षेत्रीय सदस्यमा क्रमशः मनोज गिरी, कमलेशकुमार गुप्ता कानू, लिलाधर चापागाईं र प्रकाशनारायण चौधरी निर्वाचित हुनु भएको छ । यस्तै एशोसिएट सदस्यतर्फ विनोदकुमार अग्रहरी र बस्तुगत सदस्यतर्फ राजु देवान चयन हुनुभएको छ ।
यसैगरी कार्यसमितिको ६ सदस्यहरूमा क्रमशः सुनिल कसौधन, चन्द्रप्रकाश गुप्ता, किशुननाथ बनिया, राजेशकुमार गुप्ता तेली, सन्दिपकुमार स्वर्णकार र गणेशप्रसाद अग्रहरी बनिया रहनुभएको छ ।
यस्तै संघको ३ सदस्यीय लेखासमिति पनि सर्वसम्मत चयन गरिएको छ । जसको संयोजकमा सीता कुँवर र सदस्यहरूमा विद्यासागर शर्मा र सञ्जयकुमार जयसवाल निर्विरोध निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत एवं अधिवक्ता धन शर्मा जैसीले जानकारी दिनुभयो ।