Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • महेशपुर भन्सार कार्यालयमा प्रयोगशाला नहुँदा व्यापारीलाई समस्या
महेशपुर भन्सार कार्यालयमा प्रयोगशाला नहुँदा व्यापारीलाई समस्या
नेपाली चेली
नेपाली चेली शुक्रबार, भदौ ८, २०८०

सुरेश यादव,नवलपरासी। पश्चिम नवलपरासीको महेशपुर भन्सार मूल भन्सारकाे रुपमा सञ्चालनमा ४ वर्ष बितिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । भन्सारको भौतिक पूर्वाधार विकास र प्लान्ट क्वारेन्टिन,विषादी परीक्षणका लागि प्रयोगशालाको व्यवस्थापन नहुँदा भन्सारमा व्यापारीहरूको चाप बढ्न सकेकाे छैन् । व्यापारीहरुले मालसामानको ठुला मात्रामा निकासी पैठारी गर्न खोज्दा बाटो विस्तार देखि पार्किङ जस्तो पूर्वाधारको अभावमा उक्त नाकाबाट कारोबार गर्न सकेका छैनन् ।

त्यस्तै भन्सारमा प्लान्ट क्वारेन्टिनको व्यवस्थापन पनि नहुँदा फलफूल र तरकारी,चामल,चीनी,गहुँ,बरान जस्ता स–साना कारोबारहरू पनि यस नाकाबाट गर्न निकै झन्झटिलाे भइरहेको व्यवसायीहरू गुनासो गरेका छन् । वि.स. २०७५ साल श्रावण १ गते नेपाल सरकारले उक्त छोटी भन्सारलाई मूल भन्सारको रूपमा घोषणा गर्दा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज मन्त्री देवेन्द्रराज कंडेलका नेता कार्यकर्ताले आफ्नो नेता कंडेलको पहलबाट भएको हो भनि प्रचार गरेका थिए ,त्यसै गरी पूर्व स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीका नेता कार्यकर्ताले पनि हृदेश त्रिपाठीको पहलबाट भएको हो भनि प्रचार गरेका थिए भने नेकपा एमालेका लुम्बिनी प्रदेश सह-इन्चार्ज तथा पूर्व लुम्बिनी प्रदेशका पूर्व मन्त्री बैजनाथ चौधरीका नेता कार्यकर्ताले पनि चौधारीको पहलबाट भएको पनि प्रचार गरेका थिए । तर हाल कसैले पनि यसको स्तरउन्नतीमा ध्यान नदिएकाे देखिन्छ । यहाँ कारोबार गर्नका लागि एक्जिम कोडको व्यवस्था नहुँदा, अर्काे तर्फ मालसामानको क्वारेन्टाईन,विषादी परीक्षण,गुणस्तर परीक्षण जस्ता कार्यका लागि भैरहवा भन्सार कार्यालय नै दौडधुप गर्नुपर्ने भएकाले व्यापारीहरुले महेशपुर नाकालाई प्रयोग गर्न छाडेको पाईन्छ ।

विषादी परीक्षणका लागि भैरहवाको बेलहिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका प्रमुख बुद्धि कुमार चुडालले भारतबाट आयात हुने चीनी,चामल,बरान तरकारी तथा फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ३६ किलोमिटर टाढा भैरहवा जानुपर्ने बाध्यता रहेको जानकारी दिनुभयाे । उहाका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक/दुई दिनसम्म समय लाग्ने गरेको छ ।‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन्’, उनले भने ‘रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौँ ।’

उनले भैरहवा प्रयोगशालामा पनि प्राविधिक कमि भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको बताउनुभयाे । ‘परीक्षण गर्न टाढा पठाउनु पर्दा समय लाग्छ सेवाग्राहीले गुनासो गर्ने गरेका छन्’, उनले भने, ‘रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक/दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता रहेकाे छ । पछिल्लो केही वर्षयता नवलपरासीमा भारतबाट आउने धेरै कमि आएको स्थानीयले बताउछन् । अहिले महेशपुर भन्सार छोडेर भैरहवाबाट खाद्यान,चीनी,बरान,आदि सामानहरु आयात हुने गरेको व्यवसायी बताउन छन् ।

भन्सारलाई आवश्यक जग्गा अधिग्रहण,कर्मचारी दरबन्दी बाटोघाटो,गोदाम,पार्किङ्ग,भवन,पशु तथा प्लान्ट क्वारेन्टिन चेकपोस्टको निर्माण जस्ता मुख्य कार्यमा सरकारले ध्यान नदिँदा भन्सारमा व्यापारीहरुको चाप र कारोबार घट्दै गइरहेको पाइएको छ । भन्सारको ५.५ कठ्ठा जग्गा भए पनि हाल करिब २ कठ्ठामा रहेको उक्त भन्सारलाई ठुलो क्षेत्रफल अधिग्रहण गर्न गोदाम निर्माण,कर्मचारी भवन,भन्सार जाँचकी कक्ष,काउन्टर क्वारेन्टाईनहरु जस्ता महत्वपुर्ण कार्य जरुरी रहेको भन्सारका प्रमुख चुडालले बताउनुभयाे ।

यस भन्सारको स्तरउन्नतीका लागि नेपाल सरकार तथा जिल्लाका नेता,उद्योग बाणिज्य महासंघ जस्ता उद्योगी संस्थाहरुले नैं ध्यान नदिदा जस्ताको तस्तै अवस्था रहेको स्थानिय व्यापारीहरुले गुनासो गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्