Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको बिस्तारित बैठक भैरहवामा
जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको बिस्तारित बैठक भैरहवामा
नेपाली चेली
नेपाली चेली शुक्रबार, भदौ ८, २०८०

उर्मिला यादव यात्री भैरहवा,नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सुरु गरेको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको बिस्तारित बैठक बिहीबार भैरहवामा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष नारायण हमाल ठकुरीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेशमान पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी पुनले पार्टीका नेताहरुलाई लक्ष्य, उदेश्य, रणनितिक कार्यक्रम सहित काम गर्न आग्रह गर्नु भएको छ । उहाले यो अभियान जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान भएकोले यसलाई सान्र्दभिकताका साथ लैजानु पर्ने बताउनु भयो । उहाले माओवादीले हिजो गरेको आन्दोलनबाट देशको ब्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न तीन महिने अभियान थालेको बताउनु भयो । संघियता आए पनि संघियताको मुल मर्म बुझन नसेकेको बताउदै पछिल्लो समय पहिचानका मुद्धाहरु उठिरहेको जोड दिदै अबका दिनमा स्थानिय जनशक्तिलाई प्रयोग गरी ,रोजगारमुलक कार्यक्रम आयोजना गर्न, देशको आर्थिक क्षेत्रमा परिर्वतन ल्याउन सबै नेता, कार्यकर्ता र जनतालाई उत्पादनमा जोडिन आग्रह गर्नु भएको छ । उहाले यो अभियानको क्रममा बिभिन्न डाटाहरु संकलन गरीने , ति मध्ये बेरोजगारीको समस्या समाधान गर्न आवश्यक सीप तथा तालिम प्रदान गरी एक पालिकामा दुई वटा उद्योगहरु संचालन गर्ने लगायत आफुहरुले जिम्मा लिएर काम गरेको वार्डलाई नमुना बनाउन सबै एकजुट भएर लागी पर्ने प्रतिबद्धता गर्नु भएको छ ।

उहाले देशमा अहिले जुन परिस्थिती सिर्जना भएको छ त्यो सबै पार्टीको नेतृत्वमा भएको सरकारले गरेको कामकाजले तरंग पैदा भएको र पार्टीको अहिलेको अवस्था , नया नया अन्तरबिरोध, नया नया पार्टी आइरहेको छन यस्ता खालका अन्तरबिरोध र समस्यालाई सम्बोधन गर्न र बुझन सक्ने पार्टी निमार्ण गर्नु नै आफुहरुको लक्ष्य भएको बताउनु भएको छ । यस्तै गरी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बलालले पार्टीलाई बदल्नका लागी रुपान्तरण अभियान ल्याएको बताउनु भएको छ । उहाले देशको नेतृत्व गर्न सक्ने पार्टी चाहिएकोले अव परिर्वतन आवश्यक भएको जोड दिनु भयो । उहाले पार्टीले सक्षम नेता उत्पादन गर्न नसकेकोले जनताबाट पार्टी कटदै गएको बताउनु भएको छ । उहाले भन्नु भयो सयौ भन्दा पार्टी एकता हामीले गरेका छौ , २०६४ देखि यता सम्म हाम्रो पार्टीले ५३ वटा पार्टी संग एकता गर्यो । त्यति पार्टी संग एकता गर्ने कुनै पनि पार्टी छैन तर भोट भने घटदै गयो , हामीले पद बाडदै गयौ कम्युनिटी ठुुला हुदै गए, जवाफदेहिता कम हुदै गयो , जनता र कार्यकर्ता प्रति फर्किने हाम्रो प्रचलन हराउदै गयो । जसले गर्दा हिजोको माओवादी अब रहेन । जनता, समाज र सम्पुर्ण समुदायको लागी जसले केही गर्न सक्दैन त्यसले यो पार्टी खोल्नुको कुनै औचित्य नहुने बताउनु भयो ।

पार्टीको केन्द्रिय बैठकले यो पार्टीलाई पुननिमार्ण गर्ने , यसलाई बदल्ने र देशको नेतृत्व गर्ने पार्टी बनाउने र यो सम्भव भएको उहाले जोड दिनु भयो । उहाले आफनो पार्टीका कार्यकर्ता कांग्रेस र एमाले जति नबिग्रेको बताउदै एकाध जना बिग्रेका नेतालाई बलिदान दिने बताउनु भएको छ । बलिदानीले पार्टीलाई झन सशक्त र बलियो बनाउने उहाको भनाइ छ । प्रदेश अध्यक्ष बलालले देशलाई नया ठाउमा लैजाने हो भने नया संकल्प गर्नुपर्ने बताउदै त्यसको लागी सक्षम, योग्य , पार्टी र लिडरसिप आवश्यक भएको जोड दिनु भयो । उहाले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा भष्टाचार बिरुद्ध अभियान सुरु भएको बताउदै इतिहासमा पहिलो पटक समयमै बिद्यार्थीको हातमा पुस्तक, किसानलाई मल पुरयाउने काम , समयमै लोडसेडिंग हटाउने काम लगायत ठुला ठुला हाइ प्रोफाइल भ्रष्टचारीलाई भित्र हाल्ने काम आफनो पालामा सुरुवात भएको बताउनु भयो ।

उहाले आफनो पार्टीको सिट कम भए पनि आम रुपमा माओवादी पार्टी ठीक भएको जनमानसको बिश्वास भएको बताउनु भयो । उहाले ठुल ठुला नेताको आफनै सरकार भए पनि उनीहरुको निद उडेको बताउनु भएको छ । उहाले गठबन्धनमा भएका कतिपय नेताहरुलाई कहा नि सरकारले जेलमा थुन्छ भनेर सरकार ढाल्नतिर लागेको जोड दिनु भयो । उहाले आफनो पार्टीले दृणतापुर्वक भ्रष्टचार बिरोधी अभियान अगाडी बढाएकाले यसले पार्टी पुन निमार्णको बस्तुगत वातावरण तयार भएको बताउनु भएको छ ।

उहाले गाउ गाउ, र बस्तीमा जादा हामी गर्भका साथ माओवादी पार्टीको कार्यकर्ता हो भनेर भन्न सक्ने वातावरण बनेकोले यस वातावरणलाई संगठित गर्न आग्रह गर्नु भएको छ । कार्यक्रममा नेकपा माओवादी पार्टीका केन्द्रिय सदस्य पुरन केसी लगायतले मन्तब्य राख्नु भएको थियो भने नेकपा माओवादी केन्द्रका सिद्धार्थनगरका सचिव केशव कुवरले कार्यक्रम संचालन गर्नु भएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य किस्मत रामदाम बिश्वकर्मा , प्रदेश सदस्य तिर बहादुर रोका मगर, हुमनाथ न्यौपाने , खिम नारायण पराजुली , गोबिन्द पंगेनी , प्रदेश ३ क का इन्चार्ज उमेश खनाल, प्रदेश ३ क को संयोजक मनिष कुमार जोसी , सिनपा नगर उपाध्यक्ष कमला थापा, मेराज खान, जय बहादुर सुनार, सिद्धार्थनगरका सहसचिव दिलिप प्रजापति ,नगर कोषाध्यक्ष डम्बर बहादुर खत्री, जिल्ला संयोजक निर्मल जिसी लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्