Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न माग
महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न माग
नेपाली चेली
नेपाली चेली शुक्रबार, भदौ २२, २०८०

 परासी। पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा क्वारेन्टाईन नहुँदा कृषि व्यापारी र कृषकलाई समस्या भएको छ ।

भन्सारमा क्वारेन्टाईन नहुँदा सामान निकासी पैठारीमा सास्ती भोग्नुपरेको व्यवसायी तथा कृषकले गुनासो गरेका छन् । कृषक हकहित संरक्षण मञ्च नवलपरासीले कृषि ज्ञान केन्द्र परासीका नवआगन्तुक कार्यालय प्रमुख डा.रबिन्द्रनाथ चौबेको सम्मानमा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा सहभागि व्यवसायी तथा कृषकले भन्सारमा क्वारेन्टाईन स्थापनाका लागि पहल गरिदिन माग गरेका हुन् ।

मूल भन्सारको रुपमा स्तरोन्नती भएपनि महेशपुर भन्सारमा वस्तुको गुणस्तर परीक्षणकालागि क्वारेन्टाईन नहुँदा बेलहिया भन्सारमा जानुपर्ने बाध्यता रहेको पाल्ही भगवती एग्रो फर्म रामग्रामका सञ्चालक नरेश जयसवालले बताउनुभयो । उहाँका अनुसार व्यवसायी र कृषकलाई थप आर्थिक भार र समय खर्चिनुपरेको छ । क्वारेन्टाईन स्थापना गरी निकासी पैठारीलाई सहज बनाउन उहाँले सम्बन्धित निकायसँग आग्रह गर्नुभयो । खाद्यान्न, तरकारी, फलफूल तथा पशुपंक्षीजन्य वस्तुको गुणस्तर परीक्षण गरी निकासी पैठारीकालागि भन्सारमा क्वारेन्टाईन आवश्यक हुन्छ । जुन स्थानको क्वारेन्टाईन परीक्षण हुन्छ त्यही स्थानको भन्सारबाट नै निकासी पैठारी गर्नुपर्ने हुँदा महेशपुर भन्सार स्तरोन्नती भएर पनि सेवा लिन भैरहवा नै जानुपर्ने बाध्यता रहेको जयसवालले गुनासो गर्नु भयो । सीएम फर्टिलाईजरका प्रबन्ध निर्देशक छोटेलाल अग्रहरीले भन्सार क्वारेन्टाईन कृषि मन्त्रालयसँग सम्बन्धित रहेकोले कृषि ज्ञान केन्द्र मार्फत पहलकोलागि आग्रह गर्नुभयो । क्वारेन्टाईन नहुँदा कृषि व्यापारी मारमा परेको उहाँको भनाई थियो । अग्रहरीले जिल्लामा पर्याप्त मल नहुँदा कृषक समस्यामा परेको बताउँदै जिल्लामा प्रयाप्त मल भित्राउन र व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन पनि जोड दिनुभयो । कृषक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भु उपाध्यायले भन्सारमा आवश्यक क्वारेन्टाईन स्थापनाका लागि राजनीतिक र कर्मचारी सयन्त्र दुवै निकायबाट पहल हुनुपर्ने बताउनुभयो । उहाँले कृषि ज्ञान केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन र वास्तविक कृषकले सेवासुविधा पाउने गरी सेवाप्रवाहमा प्राथमिकता दिन नवआगन्तुक कार्यालय प्रमुख चौबेलाई आग्रह गर्नुभयो ।

ज्ञान केन्द्रका प्रमुख चौबेले महेशपुर भन्सारमा क्वारेन्टाईन नरहेको कुरा आफूलाई बल्ल थाहा भएको बताउँदै क्वारेन्टाईन स्थापनाका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । उहाँले राजनीतिक सयन्त्रबाट पहल गर्न सके क्वारेन्टाईन छिटो स्थापना हुन सक्ने भएकोले त्यसको वातावरण बनाउन पनि अगुवा कृषक तथा व्यवसायीलाई आग्रह गर्नुभयो । कार्यालय प्रमुख चौबेले तीनै तहका सरकारसँग आवश्यक समन्वय गरेर जिल्लाका कृषकलाई कृषि सेवा सहज रुपमा उपलब्ध गराउने बताउनुभयो । उहाँले मलको समस्या विगतदेखि नै रहेको बताउँदै आगामी दिनमा सक्दो धेरै मल आपूर्तिको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाका सरोकारवाला निकायसँग समन्वय र सहयोगबाटै आफू अघि बढ्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, तराई विकास प्रतिष्ठानका अध्यक्ष बुद्धन अलि, दैनिक24 खबरका सम्पादक मोहन पौडेल लगायतले पनि नवआगन्तुक प्रमुख चौबेलाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

 


प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्