Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नगरपालिकाकाे काम प्रति वडा नं १५ का वडा अध्यक्ष यादवकाे आपत्ति
नगरपालिकाकाे काम प्रति वडा नं १५ का वडा अध्यक्ष यादवकाे आपत्ति
नेपाली चेली
नेपाली चेली मंगलबार, असोज ९, २०८०

सुरेश यादव। पश्चिम नवलपरासीको सबैभन्दा पुरानाे नगरपालिका रामग्राम नगरपालिकाका लेखा समिति संयोजक एवं वडा नं.१५ का वडा अध्यक्ष धनपत यादवले नगरपालिका विधिमा नचलेको आरोप लगाउनुभएको छ । कार्यपालिकाको निर्णय विनै नियम मिचेर काम गर्न थालिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

वडा अध्यक्ष यादवले आज पत्रकार सम्मेलन गर्दै रामग्राम नगरपालिका प्रक्रियागत रुपमा नचलेको भन्दै नियम विपरितका कार्यहरु सच्याउन आग्रह गर्नुभएको हो । पत्रकार सम्मेलनमा वडा अध्यक्ष यादवले खासगरि पछिल्ला चार वटा विषयमा आफ्नो गम्भीर असहमति रहेको बताउनुभयो । अपूर्ण नगर शिक्षा समितिले कानून मिच्ने काम गरेको भन्दँै आफूले नगरपालिकाको नेतृत्वलाई पटकपटक ध्यानाकर्षण गराउँदा सुनुवाई नभएको उहाँको गुनासो थियो । जनता मावि शुक्रौलीमा नौ महिनासम्म अध्यक्ष नियुक्त नगरिँदा पठनपाठन प्रभावित भएको बताउँदै वडा अध्यक्ष यादवले आफूले आज पत्रकार सम्मेलन गरेपछि मात्र शिक्षा समितिले आजै अध्यक्ष नियुक्त गरेको बताउनुभयो । वडा अध्यक्ष यादवले कर्मचारी भर्नाको विषयमा पनि प्रश्न उठाउनुभएको छ । नगरपालिकाले विज्ञापन नै नगरी र कार्यपालिकाको निर्णय विनै कर्मचारी नियुक्ती गरिरहेको उहाँले बताउनुभयो ।

भर्ना गरिएका कर्मचारी पनि स्थानीय भन्दा बाहिरका राखिएको भन्दै उहाँले प्रक्रियागत रुपमा चल्न सुझाव दिनुभयो । अध्यक्ष यादवले लामो समयदेखि पूर्णता नपाएको नगर शिक्षा समितिले नियम विपरित विद्यालय व्यवस्थापन समितिको नियुक्ती, शिक्षक सरुवा लगायतका कार्यहरु गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रामग्राम नगरपालिकामा अहिले सबैभन्दा खराब अवस्था शिक्षामा छ, नगर शिक्षा समितिले डेढ वर्षसम्म पनि पूर्णता पाएको छैन्, आफैमा पूर्ण नभएको समितिले विद्यालय व्यवस्थापन समिति र शिक्षक सरुवा गर्नु कसरी वैधानिक हुन्छ ? केही विद्यालयमा झण्डै एक वर्षदेखि अध्यक्ष चुनिएको छैन्,शैक्षिक क्षेत्र लथालिंग छ, यस्तो कार्यले शैक्षिक सुधार कसरी हुन्छ ?” नगरपालिकाका लेखा समिति संयोजक रहनुभएका वडा अध्यक्ष यादवले नगरले बेरुजु असुल उपर गर्न समेत चासो नदेखाएको तर्क गर्नुभयो ।

Laxmi Mistan Bhandar

नगरपालिका स्थापना भएदेखि हालसम्म करिब १५ करोड बेरुजु रहेको तर बेरुजु असुल उपर गर्न नगरले चासो नदिएको उहाँको भनाई थियो । लेखा समितिले बेरुजु असुल उपर गर्न निर्णय गरेर माथिल्लो तहमा सिफारिस गरेकोे बताउँदै उहाँले बेरुजु उठाउन चासो नदिँदा यसले नगरको बजेट विनियोजनमा असर गर्नुका साथै राजस्व संकलनमा गिरावट आएको बताउनुभयो । यस्तै प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने मूल्यांकन समितिको नाममा अनियमित रुपमा भत्ता बाँडिएको उहाँले बताउनुभएको छ । पाँच सदस्यीय मूल्यांकन समितिका पदाधिकारीले गत आर्थिक वर्षमा एक वर्षको अवधिमा करिब २५ लाख रुपैँया भत्ता बुझेको वडा अध्यक्ष यादवले बताउनुभयो । नियमाअनुसार एक दिनमा एक पटक मात्र भत्ता बुझ्न सकिन्छ तर समितिका पदाधिकारीले एक दिनमा तीन पटकसम्म भत्ता बुझेको रेकर्डमा देखिएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष यादवले नगरपालिकाले पछिल्लो समय गठन गरेको विज्ञ सहितको कृषि सुधार समिति, शिक्षा सुधार समिति समेत कार्यपालिकाको निर्णय बिनै गठन भएको जिकिर गर्नुभएको छ । उहाँले भन्नुभयो, “विज्ञ समितिका राखिएका व्यक्तिहरुप्रति विरोध होईन तर नियुक्तीको प्रक्रिया मिलेन, कार्यपालिकाबाट निर्णय गराईएन, निमाविको शिक्षकलाई विज्ञ टोलीमा राखेर मावि प्रथम श्रेणीका शिक्षकको मूल्यांकन कसरी गर्न सकिन्छ ? पदीय मर्यादा नराखि टोली गठन गर्दा शिक्षकमा निराशा छायो, यसले पालिका माथी व्ययभार थप्ने काम भयो, कार्यपालिकाको निर्णय विनै सबै काम गर्ने भए कार्यपालिका सदस्यहरु किन राखियो?” यस विषयमा पनि लेखा समितिले यथार्थ विवरण झिकाई अनुचित तवरले भत्ता बुझेको भए जनताको पैसा असुल उपर गर्न भनेको उहाँले जानकारी दिनुभयो ।

Diraj Treders

“एकैदिनमा एउटै शीर्षकमा तीन पटकसम्म भत्ता बुझ्ने काम गलत हो, नियम मिचेर हरेक काम भईरहेको छ, नगरपालिकामा पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि पत्रकार सम्मेलन गर्नुपरेको हो”, उहाँले भन्नुभयो ।Raju Arts new


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:५७
#रामग्राम नगरपालिका
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्