Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  •  नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा
नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा  नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा
नेपाली चेली
नेपाली चेली मंगलबार, असोज २३, २०८०

 नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा  सरदरभन्दा कम वर्षा भएको छ । नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा १ हजार ३ सय ३ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् सुदर्शन हुमागाइँले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताउनुभयो ।

उहाँले सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा २ सय १० दशमलव ७ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १ सय ३३ दशमलव ५ प्रतिशत हो । त्यस्तै काठमाण्डौमा १ हजार २ सय ८३ मिलिमिटर वर्षा भएको छ ।  जुन सरदरको १ सय ९ प्रतिशत हो । काठमाण्डौमा मनसुन अवधिमा सरदर १ हजार १ सय ७६ दशमलव ४ मिलिमिटर वर्षा हुन्छ ।

त्यसैगरी ओखलढुङ्गामा १ हजार ४ सय ९२ दशमलव १ मिलिमिटर वर्ष भएको छ, जुन सरदरको १ सय ७ प्रतिशत हो । यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष ६ सय ३७ दशमलव एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा १ हजार १ सय ९५ दशमलव ८ मिलिमिटर हो ।

मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै रहेको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक/दुई दिन देशका कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिन अझै केही दिन लाग्नेछ । ‘देशको पूर्वी र मध्य भागमा मनसुन कायमै रहेकाले बदली र हल्का वर्षाको सम्भावना छ, उहाँले भन्नुभयो ।

नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको हो । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो।


प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान 
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान  शनिबार, वैशाख १२, २०८३
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी 
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी  बुधबार, वैशाख ९, २०८३
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण बिहीबार, जेठ २२, २०८२
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो 
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो  बिहीबार, असार २०, २०८१
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने शनिबार, असार १, २०८१
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या बुधबार, जेठ ९, २०८१
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्