Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार
तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार
नेपाली चेली
नेपाली चेली आइतबार, मंसिर ३, २०८०
फाइल फोटो

तिहारको ४ दिनमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको सुनको कारोबार भएको व्यवसायीहरुले बताएका छन् ।मंसिरको बिहेको लगन तथा धनतेरस पर्वमा सुनको कारोबारमा उल्लेख्य सुधार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अध्यक्ष मणिकरत्न शाक्यले तिहारको ४ दिनमा १३५ किलो सुन बिmक्री भएको बताए । जसको बजार मूल्य एक अर्ब ३२ करोड ७९ लाख ९५ हजार रुपैयाँ बराबर हुन्छ । अध्यक्ष शाक्यकाअनुसार तिहारको ४ दिन औषत ३५ किलोका दरले छापावल सुनको बिक्री भएको थियो । यस्तै धन्तेरसको दिन भने एकै दिन ५० किलो सुन बिक्री भएको अध्यक्ष शाक्यले बताए ।

‘हामीले देशभरको तथ्याङ्क लिएका छौं, तिहारभरको ४ दिनमा कुल १३५ किलो सुन बिक्रि भएको भन्ने छ,’ अध्यक्ष शाक्यले भने, ‘जसको मूल्य एक अर्ब ३२ करोड ७९ लाख रुपैयाँ बराबर पर्छ ।’ धनतेरसका दिन सुन बिक्री मूल्य एक लाख १४ हजार ७ सय रुपैयाँ थियो । बजारमा यस अघि बिक्री नभएर बैंकहरुमा रहेको सुन तिहारमा खपत भएको महासंघले जनाएको छ । सरकारले अहिले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएको छ ।

मंसिरमा के हुन्छ मूल्य ?

बिबाहको लगनको महिना मंसिर सुरु भएसंगै बजारमा सुन चाँदीको कारोबारबारे उपभोक्ताको चासो बढेको छ । तिहार र कात्तिक महिना सकिए लगत्तै सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ ।

जसका कारण मंसिरमा सुनको मूल्यलाई लिएर उपभोक्ताहरुमा चिन्ता बढेको छ । यता सुन चाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य श्रृंखला हेर्दा मंसिरमा सुन थप महँगो हुन सक्ने आंकलन गरेको छ ।

रुस–युक्रेन र इजरायल–प्यालेस्टाईन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र त्यसको असर सुनको बजारमा पर्ने देखिएको महासंघका अध्यक्ष शाक्य बताउँछन् । अर्कोतर्फ चीन–अमेरिका व्यापारीक टसल र ब्रिक्स राष्ट्रहरुको नयाँ मुद्रा प्रचलनमा ल्याउने बहशले अहिले विश्व अर्थतन्त्र पर्ख र हेरको अवस्थामा रहेको उनी बताउँछन् ।

‘डलरको बिरुद्धमा ब्रिक्सले नयाँ मुद्रा प्रचलनमा ल्यायो भने सुनको मूल्यले थप उचाई लिने देखिन्छ,’ अध्यक्ष शाक्यले भने,‘यो समय दक्षिण एशियामा सुनको धेरै खपत पनि हुने भएकाले मूल्य बढ्ने नै देखिन्छ ।’


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:४९
#सुन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्