Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • पाँच बर्ष पछि रामग्राम नगरपालिकाद्वारा पहिलो पटक सार्वजनिक सुनुवाई सम्पन्न
पाँच बर्ष पछि रामग्राम नगरपालिकाद्वारा पहिलो पटक सार्वजनिक सुनुवाई सम्पन्न
नेपाली चेली
नेपाली चेली बुधबार, मंसिर २८, २०७९

रामग्राम नगरपालिकाले गएको पाँच बर्षपछि पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक बर्ष बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भने पनि सार्वजनिक सुनुवाई भने गर्न सकेको थिएन । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचन पछि बनेको नयाँ नेतृत्वले सुशासन, जवाफदेहिता र पारदर्शिताकालागि भन्दै प्रथम चौमासिकसम्मको कामबारे जानकारी दिन र सुझाव र गुनासो सुन्न सार्वजनिक सुनुवाई गरेको हो । नगरपालिकाले वडा नं. ११ मा कार्यक्रमको आयोजना गरी विकास निर्माण र दैनिक जसो सम्पादन हुने कामको बारेमा जानकारी दिएको नगरप्रमुख धनपत यादवले बताउनु भयो । 

नगरपालिकाले फोहोरमैला व्यवस्थापनको काम गर्न नसकेको, कृषि कार्यकालागि विउ मलको उपलब्धता, सिचाँईको सुविधा हुन नसकेको जस्ता कुरा जोडदार रुपमा उठाएका थिए ।  नागरिकले जनप्रतिधिहरुलाई जनताको गास, वास र कपासमा ध्यान केन्द्रीत गर्न समेत आग्रह गरेका छन् । नगरका १८ वटै वडामा सहज खानेपानीको पहुँच बृद्धिकालागि पनि कुरा उठाएका छन् । कार्यक्रममा स्थानीय भवनीशंकर चौधरीले काठमाण्डौका बालेनले जसरी काम गरेका छन् त्यसैगरी काम गर्न नगर प्रमुख यादव र उपप्रमुख चौधरीलाई आग्रह गर्नु भएको छ । खानेपानी र सरसफाइको समस्या,  कृषि सडक निर्माण, खेलकुद मैदान निर्माण लगाएतका विषयमा जनप्रतिनिधिलाई गम्भिर भएर काम गर्न नगरवासीले आग्रह गरेका छन् ।

कार्यक्रममा उठेका सवालको जवाफ दिदै नगर प्रमुख यादवले निर्वाचित भएर आएको पाँच महिनामै धेरै कामको थालनी गरेको उल्लेख गर्दे केहि समयमै देखिने गरी नतिजा आउने बताउनुभयो । फोहोरमैला व्यवस्थापनका लागी काम भईरहेको जानकारी दिदै नगर प्रमुख यादवले रामग्राम नगरपालिका वडा नम्बर १ मा ल्यान्ड फिल्ड साईटको काम पनि अगाडी बढेको जानकारी दिनुभयो । जग्गाको कित्ताकाट रोकिएको सन्दर्भमा उठेको जिज्ञासामा नगर प्रमुख यादवले कित्ताकाटको काम सोंचे अनुरुपको सहज नभएको भन्दै त्यसका लागी नगरपालिकाले काम अगाडी बढाएको बताउनुभयो । जटिल विषय भएकाले कार्यपालिका बैठक मार्फत निर्णय गरेर मापदण्ड बनाई पठाई सकिएको नगर प्रमुख यादवले जानकारी दिनुभयो । 
सार्वजनिक सुनुवाईमा बोल्दै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक सम्झना चौधरीले न्यायिक समिति मार्फत आफुहरुको क्षेत्राधिकार भित्र रहेर समाजका देखिएका विभिन्न समस्या समाधान गर्दे आएको बतानुभयो । उहाँले नगरभित्रका सबै वडालाई समान विकास गर्ने गरी नगरले ध्यान पुर्याएको बताउदै जनताले त्यस्मा निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्र प्रसाद रेग्मिले नगरले चालु आर्थिक वर्षमा लिएको लक्ष्य र योजनाका बारेमा जानकारी गरानुभएको थियो । अधिकृत रेग्मीले सेवा प्रवाहमा छिटो छरितोपन र सुशासन कायम गर्दे विकास निर्माणको काम समयमै सक्न निरन्तर काम भईरहेको रेग्मिले बताउनुभयो । सार्वजनिक सुनुवाईमा वडा अध्यक्षहरु धनिराम यादव, धनपत यादव, विद्यासागर त्रिपाठी लगाएतले बोल्नुभएको थियो । 


प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  २२:२४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास बुधबार, असोज २१, २०८३
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्