Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट सुरु
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट सुरु
नेपाली चेली
नेपाली चेली मंगलबार, पुस २६, २०७९
फाइल फोटो

काठमाण्डाैमा सोमवार आयोजित एक विशेष कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हाे । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । 

प्रधामन्त्री पुष्पकमल दाहालले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि  दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताउनुभएको छ । 

उहाँले सरकारका न्यूनतम साझा कार्यक्रममा सुशासन, प्रभावकारी भूमिका प्रवाह, समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरा, अन्तरनिहीत निकाय समन्वयको प्रभावकारी व्यवस्था र अनुगमन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजीबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

'बैंक मर्जर असाधारण काम हो, यो प्रसंशा योग्य छ । बैंक ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैंकले देशको दूरदराजसम्म नविनतम बैंकिङ्ग सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरुरी छ,' उहाँले भन्नुभयो । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताउनुभयो । उहाँले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरुले स्वनीयमनमा बस्नुपर्ने बताउनुभयो । उहाँले ठूला बैंकले एकल ग्राहक सीमामा आन्तरिक सीमा समेत कायम गरी साना तथा मझ्यौला ऋणिहरुलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताउनुभयो ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ्ग क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै प्रायजसाे वित्तीय सूचकहरुमा ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताउनुभयो । 

अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आईएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकार तथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताउनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आईएमई बैंकलाई सफल मर्जरको लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आईएमई बैंकको नेतृत्वमा व्याजदर घटाउन पहल गर्न आग्रहसमेत गर्नुभयो । बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पुँजीगत आधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको बताउनुभयो । उहाँले बैंकिङ्ग क्षेत्रप्रति आम जनताको विश्वास बढ्दै गएको बताउँदै यसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका रहने बताउनुभयो । 

बैंक अफ काठमाण्डूका सञ्चालक तथा संयुक्त मर्जर कमिटिका संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न भएको बताउनुभयो । दुवै बैंकका आआफ्नै विशेषता रहेको बताउँदै उहाँले मर्जरपछि बैंकको व्यवसायको लागत कम हुने बताउनुभयो । 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने भएका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ । 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् । मर्जर पश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ, कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ दशमलव ७७ अर्ब रुपैयाँ, कुल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ, कुल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भएको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । 

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशमा रहेका सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आईएमई बैंक लिमिटेड देशको सबैभन्दा ठूलो बैंक हुनेछ । 


प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १३:२२
#ग्लोबल आईएमई बैंक लिमिटेड
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्