Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
चैत्र २० राष्ट्रिय सहकारी दिवस मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मेघराज गौतम
मेघराज गौतम शुक्रबार, चैत २०, २०८२

नेपाली समाजमा चैत्र २० लाई सहकारीता र सहअस्तित्वको दिनको रुपमा लिने गरिएको छ । सहकारीमा साँगठानीक रुपमा पहिचान बनाएकालाई त झन चैत्र २० एउटा उत्सव नै हो । किनकी सहकारीमा रहेको हरेक व्यक्तिले आफूलाई स्वावलम्बीपनको आभाष गर्ने, सामाजिक, आर्थिक र साँस्कृतिक एकता र विकासको अवसर लिने गर्दछन् । 

चितवनमा २०१३ साल चैत्र २० गते बखान सहकारीको स्थापना भएसँगै नेपालमा त्यही दिनको संझनामा दिवस मनाउन थालेको ६९ बर्ष पुग्यो । नेपालमा वि.सं. २०१३ साल अघि विभिन्न व्यक्ति, छरछिमेकी, असंगठीत समुहहरु बीच भावनात्मक सम्बन्ध हुँदै सहकारीताको भावना विकास भएको पाइन्छ । असंगठीत रुपमै भएपनि सहकारीताको भावना अनुसार एक आपसमा मिलेर बस्ने, सीप, ज्ञान र सृजना साटासाट गर्ने, मिलेर काम गर्ने परंपरागत मान्यताहरु थिए । 

बिचार मिल्ने, एक आपसमा मिलेर बस्ने, मिलेर काम गर्ने, बाँडिचुँडि खाने, परंपरागत सीपको प्रयोग गरी जिविकोपार्जन गर्ने संगठीत नभएको बेला पनि सहकारीता प्रस्टैसँग देख्न सकिन्थ्यो । परंपरागत रुपमा गरीव, किसान, मजदुर, कालिगढ, उपभोक्ता, श्रमिकहरुको संगठीत सहकारी थिएन । उहिले गाउँहोस् वा शहर गूठी, पर्म, मेला, धर्म भकारी र ढिकुरी जस्ता अनौपचारीक तर विश्वसनीय प्रचलनहरु मान्यताको रुपमा स्थापित थिए ।  

सामाजिक उत्पिडन, बिचौलियाको चङ्गुलबाट छुटकारा पाउनु र व्यक्तिले आफ्नो सीप र जाँगरले व्यवसायीक जीवनको थालनी गर्नु नै सहकारीता हो । सहकारी सामूहिक भावना, प्रयास र सहकार्यबाट शुरु हुन्छ । स्वावलम्बन र बलियो इच्छाशक्ति भएका, सकारात्मक कार्यशैली र भावना भएका व्यक्तिहरुको सामुहिक प्रयास नै सहकारी हो । जसले एक अर्कालाई विश्वास गर्छ, र सुखदुखमा साथ दिन्छ, एक अर्काको हितरक्षाका लागि मरिमेट्छ त्यो नै वास्तविक सहकारीता हो । 

सहकारी आर्थिक एवं व्यवसायीक संगठन भएकाले सहकारी संस्थाको माध्यमवाट विभिन्न सीपमूलक र रोजगारमूलक तालिमहरु सञ्चालन गर्न सकिन्छ । सहकारीले सदस्य केन्द्रीत सहज लगानी गर्ने, नयाँ नयाँ कार्यको थालनी गर्ने र आफ्ना सदस्यहरुलाई कामकाजी बनाउँदै, उत्पादनमूलक कार्यकालागि उत्प्रेरित गर्दै उनीहरूको जीवनस्तर उठाउन मद्दत गर्नु पर्दछ । 

“मर्यादित सहकारी, समुन्नत समाज” नाराले सहकारी स्वनियमन र सुशासनमा चल्ने व्यवस्थित, संगठीत र सुशासित सामुदायिक संगठनको प्रतिनिधित्व गर्दछ । सहकारीका सिद्धान्त, मूल्य र मान्यताले सहकारीहरुलाई सुशासित र संगठीत बनाएको हुन्छ । सहकारी संस्थाहरू स्वायत्त र स्वतन्त्र पनि हुन्छन् तर संस्थाहरूले सहकारी ऐन, नियमहरूलाई पूर्णतया पालना गर्दछन् । 

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गरी त्यसको दिगो समाधान निकाल्ने र सहकारीलाई व्यवस्थित, नीति, विधि र उच्च प्रविधिको प्रयोग गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनु पर्ने देखिन्छ । मर्यादित सहकारी बनाउन सहकारीहरुले पारदर्शिता, सदस्यकेन्द्रित कारोबार, कानूनको सही परिपालना, सामूहिक हितलाई प्राथमिकता दिंदै सामाजिक उत्तरदायित्व पूरा गर्न सक्नु पर्दछ । 

सहकारी समाजको एक महत्वपूर्ण आर्थिक कारोबार गर्ने संगठीत संस्था भएकोले सहकारी क्षेत्रको विकासले मात्र समाजको समुन्नत विकास सम्भव छ । समाजको आर्थिक, सामाजिक, साँस्कृतिक र नैतिक रुपमा सभ्य, उन्नत र समृद्ध समाज नै समुन्नत समाज भएकोले सहकारी मार्फत समुन्नत समाजको परिकल्पना गरिएको हो । 

सहकारी अवधारणा अनुसार सदस्यहरुको सानोसानो पूँजीलाई एकत्रित गरी ठूलो र भकारी भर्ने उद्देश्य बनाइएको छ । सहकारीमा एकका लागि सवै र सवैका लागि एक भन्ने भावना हुन्छ । सहकारीलाई “मौरीको जस्तो काम, कमिलाको जस्तो ताँती” एकता र सहकार्यको उदाहरण पनि दिने गरिएको छ । यिनै भावना र ७ दशकको लामो सहकारी अभियानले नेपालमा लाखौ मानिसलाई सहकारीमा आवद्ध बनाएको छ ।  

सहकारी क्षेत्र देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको एक महत्वपूर्ण मेरुदण्ड हो । सहकारीलाई यसका विभिन्न सिद्धान्त, मूल्य र मान्यताहरूले मार्गनिर्देश गरेको छ । सहकारीका ७ सिद्धान्त र मूल्य मान्यता अनुसार सहकारीहरूले सदस्य र समूदायको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा सहयोग पुर्याउँदै आएका छन् । त्यति मात्र होइन समूदायमा सहकारी मार्फत उत्पादन, प्रशोधन र बजारीकरण जस्ता कार्यहरू सञ्चालन गरी स्वरोजगारीको सिर्जना गर्दै सदस्यहरूको आम्दानीमा वृद्धि र गरिवी निवारणमा समेत महत्वपूर्ण योगदान रहेको छ । 

सहकारीले संस्था मार्फत महिला सशक्तिकरण, सामुदायिक विकास, सामुदायिक जागरण एवं सचेतना, सामाजिक उत्तरदायित्व बोध, सुशासन जस्ता कार्यहरूमा समेत योगदान पु‍र्याइरहेका छन् । यी सबै कारणहरूले गर्दा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकारी प्रतिको आस्था, विश्वास र जिम्मेवारी अझै बढेर गएको पाइन्छ । नेपालमा सहकारीलाई आर्थिक विकास वा भनौ अर्थतन्त्रको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा हेरिंदै पनि आइएको छ । व्यक्तिव्यक्ति बीचको सम्बन्ध र सहकार्यबाट सृजित पूँजीको परिचालन सहकारी मार्फत सदस्यहरूको आर्थिक विकासका खातिर हुने गरेको छ । यस प्रकारको कार्यले समग्र समाजको समुन्नतीलाई मार्ग प्रसस्त गरेको बुझ्न सकिन्छ । 

हामीले सहकारीमार्फत सदस्यहरूको आर्थिक सम्बृद्धिको कुरा गरिरहँदा संस्थामा संचित पूँजीको परिचालन कहाँ, कसरी र के के मा भईरहेको छ भन्ने कुरा विश्लेषण गर्नु पर्दछ । आज सहकारीमा पूँजीको कमी छैन तर पूँजी परिचालन उत्पादनशील क्षेत्रमा हुन नसक्दा त्यसले जुन रुपमा सदस्य र समूदायको विकास हुनु पर्दथ्यो त्यो हुन सकेको छैन । त्यसैले सहकारीमार्फत हामीले समुन्नत समाजको परिकल्पना गर्ने हो भने सहकारीको संरचनागत त्रुटिलाई सच्चाएर एकीकृत मोडलमा जानु जरुरी छ । आज थुप्रै सहकारी भन्दा पनि मर्यादित र सक्षम सहकारीको खाँचो छ, जहाँबाट सदस्यहरुले मनग्य लाभ लिन सकुन । राज्यले प्रत्येक बर्ष दिने नयाँ नाराले मात्र सहकारीहरूमा खोजेको जस्तो परिवर्तन आउन सक्दैन तसर्थ दिगोपन आउने गरी सहकारी भित्रको संरचनागत परिवर्तन, सुशासन, नीति, विधि र उच्च प्रविधीको अवलम्बन गरी सहकारी संस्थाहरूलाई अगाडि बढाउनु पर्ने देखिन्छ । 

अहिले सहकारीहरुलाई राज्यका तीन तहका सरकार मातहतमा राखिएको छ । कार्यक्षेत्रको आधारमा तीन तहमा बर्गिकरण गरेपनि यसको ठीक परिचालन हुन नसकेको देखिन्छ । नेपालमा विगतका केही बर्षदेखि सहकारीको रकम दुरुपयोग गर्ने प्रचलन वढेकाले पनि त्यस तर्फ राज्य र सरोकारवाला निकायहरु जिम्मेवार बन्नु पर्ने देखिन्छ ।  

सहकारी क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको सत्यतालाई स्वीकार गरी व्यवहारमा नै परिवर्तन आउने गरी काम गर्नु पर्ने आजको आवश्यकता हो । समाजमा सहकारीलाई आर्थिक सम्बृद्धिको भरोषायोग्य संगठन बनाउन सुशासन पहिलो कडि भएकोले अब सहकारीले त्यसलाई ध्यान दिनु पर्ने छ भने आकर्षक नारा मात्र दिएर नभई रणनीतिक रुपमा सदस्य केन्द्रित उत्पादनमूलक व्यवसायलाई जोड दिन सके सहकारीका सदस्य र सस्थागत विकास सम्भव हुने आजको मूलभूत आवश्यकता हो र दिवसको सार्थकता पनि हो । 

जय सहकारी, धन्यवाद । 
 


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्