Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • सरकारले लगाएको २५ प्रतिशत करको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल पश्चिम नवलपरासीद्वारा ध्यानाकर्षण
सरकारले लगाएको २५ प्रतिशत करको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल पश्चिम नवलपरासीद्वारा ध्यानाकर्षण
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, माघ ११, २०८०

सरकारले लगाएको २५ प्रतिशत करको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल पश्चिम नवलपरासीद्वारा ध्यानाकर्षण पत्र बुझाइएको छ। आज विहिबार डिभिजन वन कार्यालय नवलपरासीमा ध्यानकर्षण पत्र बुझाइएको महासंघकी अध्यक्ष शारदा पोखरेलले बताउनु भयो ।
सरकारले साल जातका काठहरूको आन्तरिक बिक्री वितरणबाट आएको आम्दानीको २५ प्रतिशत रकम प्रदेश सचिव कोषमा जम्मा गर्ने निर्णयले सामुदायिक वन उपभोक्ता समूहको हक अधिकार कटौती भएको महांसघले जनाएको छ । 

२०८० असोज महिनाको १७ गते सर्वोच्च अदालतको प्रदेश सरकारलाई कर नलिनको लागि अन्तिम आदेश दिएको निर्देशनलाई समेत व्यवास्था गर्दै डिभिजन वन कार्यालयले दिएको दबाबले उपभोक्ताको आत्म सम्मानप्रतिको आक्रमण गरेको बताइएको छ  । साथै कानुनी राज्यमा संविधान, कानुन र अदालतलाई समेत अवहेलना गरिएकाे बताईएको हो ।  सामुदायिक वन उपभोक्ता समूहले वार्षिक वन विकास कार्ययोजना अनुसार गरिने वन विकासका लागि छपान, कटान, मुर्छान थिनिङ जस्ता कार्यमा करको विषयलाई लिएको दबावप्रति सामुदायिक वन उपभोक्ता महासंघ नवलपराससीले  विरोध गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

नवलपरासी जिल्लामा रहेका सामुदायिक वन मध्ये अधिकांश सामुदायिक वनहरू चुरे क्षेत्रमा रहेको र त्यस क्षेत्रबाट वन पैदावार सङ्कलन गरी उपभोक्तालाई वितरणमा धेरै लागत पर्न गएको छ । वन विकास, सामुदायिक विकास, गरिबी न्यूनीकरण तथा कार्यालय व्यवस्थापनमा समेत खर्च गर्नुपर्ने अवस्था रहेकोले  प्रदेश सरकारले लगाएको कर बापतको रकम भुक्तान गर्न नसकिने अवस्था देखिएकाे हाे । जसले गर्दा वन उपभोग गर्ने अधिकारलाई हस्तक्षेप नगरी सर्वोच्च अदालतले सामुदायिक वन उपभोक्ता समूहबाट जिल्लामा रहेका सामुदायिक वनहरूलाई कर नलिन र दबाब नदिनका लागि  डिभिजन वन कार्यालयलाई  पत्र बुझाएको अध्यक्ष पोखरेलले जानकारी दिनु भयो ।

संविधानमा  प्राकृतिक स्रोतमा स्थानीय समुदायको अग्राधिकार रहेको उल्लेख गरिएको छ । वन ऐन २०७६ ले सामुदायिक वन स्वतन्त्र रुपमा वन पैदावार बिक्री वितरण गर्न पाउने स्वतन्त्र अभिछिन्न सुशासित र गठित संस्थाको रुपमा व्यवस्था गरेको विषयलाई समेत अवमूल्यन गरी वन समुदायलाई ठप्प पार्ने उद्देश्यले सरकारले कर लगाएको  महासंघका कन्द्रीय सदस्य कमल परियारले जानकारी दिनु भयो  ।
डिभिजन वन कार्यालयका वन अधिकृत महेन्द्र बाग्लेले ध्यानाकर्षण पत्र बुझ्दै  सरकारको नीति नियममा रहेर  ऐन बमोजिम तोकिएका कार्यहरुलाइ  निर्वाह गर्न जिम्मेवारी रहेकोले  हामि बाध्य रहेको बताउनु भयो । साथै उहाँले  करकाे दायरा हटाउनका लागि  सम्बन्धित निकायमा नै पहल गर्नु पर्ने भन्दै कर नलिन आदेश आउना साथ कार्यान्वयन गरिने वन अधिकृत वाग्लेले जानकारी दिनु भयो

   


प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास बुधबार, असोज २१, २०८३
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्