Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
  • #मानव बेचबिखन विरुद्धको दिवस
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • खानेपानी तथा सरसफाई महासंघ नवलपरासीको प्रथम अधिवेशन सकियोः सापकोटाको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन 
खानेपानी तथा सरसफाई महासंघ नवलपरासीको प्रथम अधिवेशन सकियोः सापकोटाको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन 
नेपाली चेली
नेपाली चेली शनिबार, माघ २७, २०८०

बर्दघाट । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीको साधारण सभा तथा प्रथम अधिवेशन शनिवार बर्दघाटमा सम्पन्न भएको छ । 

महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव (रुदल) को प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । समन्वय प्रमुख यादवले जिल्लामा थुप्रै खानेपानीका ओभरहेड ट्याङ्की निर्माण भएपनि समयमा सम्पन्न नहुँदा उपभोक्तालाई शुद्ध खानेपानीको पहुँच पु-याउन नसक्नु अहिलेको चुनौती भएको बताउनु भयो । उहाँले अधुरो खानेपानी आयोजनालाई गाउँपालिका वा नगरपालिकाले पहिलो प्राथमिकता राखि पुरा गर्नु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले उपभोक्ताको शुद्धपिउने पानीको अधिकारलाई सुनिश्चित गर्न उपभोक्ता समितिहरु जिम्मेवार हुनु पर्ने बताउनु भयो । उहाँले खानेपानी उपभोक्ता समितिलाई २५ प्रतिशत कर लगाउने कुरा न्यायोचित नभएको भन्दै कर मिनाहाको लागि आफू प्रतिवद्ध रहेको बताउनु भयो । 
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेले खानेपानी तथा सरसफाई क्षेत्र पालिकाहरुमा उपेक्षामा परेको बताउनु भयो । उहाँले उपभोक्ता समितिलाई परेका समस्या समाधानमा पालिकाले साथ दिन आग्रह गर्दै उपभोक्ताहरु एकजुट भएर लाग्न आव्हान गर्नु भयो ।

महासंघको साधारण सभामा खानेपानी उपभोक्ताको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने वर्दघाट खानेपानी उपभोक्ता संस्था र सरससफाईको क्षेत्रमा संचार संस्थाको तर्फबाट योगदान गर्ने परासी सूचना तथा संचार सहकारी संस्था लि.द्धारा संचालित सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जलाई सम्मान गरिएको छ । 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सारदा पोख्रेल, वर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिपक लम्साल, सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतम, खानेपानी महासंघकी जिल्ला उपाध्यक्ष तारा सुनार लगायतले शुभकामना व्यक्त गर्नु भएको महासंघका सचिव देविदत्त सापकोटाले जानकारी दिनु भयो ।

यसैबीच आजै सम्पन्न प्रथम अधिवेशनबाट खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीको अध्यक्षमा देविदत्त सापकोटा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै महासंघको उपाध्यक्षमा जुनाकुमारी कण्डेल, सचिवमा मुक्तिवहादुर भण्डारी, सहसचिवमा लोकेन्द्रवहादुर पाण्डे, कोषाध्यक्षमा शोभाकान्त कोइराला सर्वसम्मत निर्वाचित हुनु भएको छ । यस्तै महासंघको सदस्यहरुमा क्रमशः तोलाकान्त चापागाईं, भेषनारायण चौधरी, गोविन्दप्रसाद गैरे, दुर्गानारायण थारु, खडानन्द कोइराला, गिता वि.क., सरस्वती खड्का केसी, गोमा आचार्य, चित्रकला तिवारी र श्रीकला ज्ञवाली निर्वाचित हुनु भएको हो । 

यस्तै खानेपानी तथा सरसफाई महासंघ नवलपरासीको तीन सदस्यीय लेखा समितिको संयोजकमा नरिश्वर पराजुली सर्वसम्मत चयन हुनु भएको निर्वाचन समितिका संयोजक कुलदेव श्रेष्ठले जानकारी दिनु भयो । 


Diraj Treders


प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा मंगलबार, साउन ६, २०८२
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्