Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • रामग्राम नगरपालिकाको १३ औं नगर सभामा नगरको विकासमा ठोस योजना ल्याउन सुझाव 
रामग्राम नगरपालिकाको १३ औं नगर सभामा नगरको विकासमा ठोस योजना ल्याउन सुझाव 
नेपाली चेली
नेपाली चेली शुक्रबार, फागुन ११, २०८०

परासी । रामग्राम नगरपालिकालाई नगरको विकासमा ठोस योजना बनाएर काम गर्न विभिन्न राजनीतिक दलहरुले सुझाव दिएका छन् । नगरपालिकाले शुक्रवार आयोजना गरेको १३ औं नगर सभाको समुदघाटन कार्यक्रममा बोल्ने दलका नेताहरुले नगरको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई र कृषि क्षेत्रको विकासमा जोड दिन आग्रह गरेका हुन ।  

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र रामग्राम स्तुपका अध्यता डा. कौशलेन्द्र बहादुर श्रीवास्तवको प्रमुख आतिथ्यमा १३ औं नगरसभाको समुदघाटन समारोह सम्पन्न गरिएको हो । सो अवसरमा डा. श्रीवास्तवले रामग्राम नगरपालिकाको नाम रामग्राम स्तुपाको नामबाट राखिएकोले यसको विकासको पहिलो जिम्मेवारी रामग्रामकै हुने बताउनु भयो । डा. श्रीवास्तवले भारतले २४ बर्ष अघिदेखि डुब्लिकेट रामग्राम निर्माण गरी प्रचार गर्ने प्रयास गरेको बताउँदै त्यसको जवाफ आफूले हिन्दी भाषामा लेखि भारतका विभिन्न विश्वविद्यालयमा पठाएको स्मरण गर्नु भयो । डा. श्रीवास्तवले रामग्राम उत्खननको काम निकै सुस्तगतिमा भएको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । 

१३ औं नगरसभाको उद्घाटन कार्यक्रममा पूर्व राज्यमन्त्री गोविन्द चौधरी, पूर्व रक्षाराज्यमन्त्री रामबचन यादव, पूर्व राज्यमन्त्री धनश्याम यादव, संविधान सभाका सदस्य दुलारी हरिजन, चिनक कुर्मी, नेपाली काँग्रेसका अनिल गौढ, नेकपा एमालेका विरेन्द्र यादव, रास्वपाका रवि पाण्डे, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव, जनता प्रगतिशिल पार्टीका अध्यक्ष राधेरमण पाण्डे, नेपाल रेडक्रस सोसाईटी नवलपरासीका अध्यक्ष राजेन्द्र प्रसाद अग्रहरी, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले कार्यक्रमको औचित्य र नगरउपप्रमुख संझना चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रम संचालक नगर शिक्षा अधिकृत सुन्दर खनालले बताउनु भयो ।  
सो अवसरमा नगरपालिकाले रामग्राम नगरभित्रका ११२ बर्षिय भागिरथी थारु र ९९ बर्षिय नजबु निसा धुनियालाई जेष्ठ नागरिकको रुपमा सम्मान गरिएको छ ।

यस्तै नगरभित्रका विभिन्न विद्याका दर्जनौ उत्कृष्ट संस्था, व्यक्ति, खेलाडि, पत्रकार र नगरपालिकाका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 

दुई चरणमा सम्पन्न गर्ने गरी तयारी गरिएको १३ औं नगर सभाको दोश्रो सत्र आजै सम्पन्न हुने रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी दिनु भयो । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास बुधबार, असोज २१, २०८३
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्