Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमाः अर्थमन्त्री महत उद्घाटनकालागि आउँदै
छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमाः अर्थमन्त्री महत उद्घाटनकालागि आउँदै
नेपाली चेली
नेपाली चेली सोमबार, फागुन १४, २०८०

परासी । नवलपरासीको सदरमुकाम परासीमा फागुन १६ देखि हुने छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि फागुन १६ देखि शुरु हुन लागेको औद्योगिक व्यापार मेलाको पूर्व तयारीका काम अन्तिम चरणमा पुगेको आयोजक उद्योग वाणिज्य संघले जनाएको छ ।
मेला परासीस्थित रामग्राम नगरपालिका वडा नं. ५ वाईपास रोडमा हुँदैछ । मेला स्थलमा अहिले स्टल निर्माण, मञ्च, बाल उद्यान, सचिवालय, प्रवेशद्धार निर्माण लगायतको कार्यहरु करिब अन्तिम चरणमा रहेको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताउनु भयो । अहिलेसम्म करिब ८० प्रतिशत तयारीका कामहरु सकिएको उहाँले दावि समेत गर्नु भयो ।

मेलालाई आकर्षक बनाउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको मूल गेट परासीको बुद्धचोकमा रहेको बुद्ध स्ट्याचुको आकृतिमा निर्माण गरिँदै छ भने मेला परिसरमा रामग्राम स्तूप र पाल्ही मन्दिरको स्ट्याचु बनाईने अध्यक्ष अग्रहरीले बताउनुभयो । आफ्नै संघको परासीमा रहेको भवनकै आकृतिका् झल्को दिने गरी मेला स्थलमा सचिवालय निर्माण गरिएको छ । भोलि मंगलबारसम्ममा मेलाको सम्पूर्ण तयारी पूरा हुने संघले जनाएको छ ।

औद्योगिक व्यापार मेलामा यस पटक स्थानीय उत्पादन, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको संघका उपाध्यक्ष एवं स्टल व्यवस्थापन उपसमिति संयोजक गिरीराज पाण्डेयले जानकारी दिनुभयो । उहाँले मेलामा १ सय ३० वटा स्थल रहने बताउँदै स्टल बुकिङ धमाधम भईरहेको बताउनुभयो। मेला स्थलमा विभिन्न बस्तुको प्रकृतिको आधारमा छुट्टाछुट्टै स्टल क्षेत्र निर्धारण गरिएको छ ।

मेलाको फागुन १६ गते संघीय सरकारका अर्थमन्त्री प्रकाशरण महतले उद्घाटन गर्ने संघका उपाध्यक्ष राजेश गुप्तले जानकारी दिनुभयो । उक्त अवसरमा तीनै तहका सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधिहरु, संघीय तथा प्रदेश सांसदहरु तथा स्थानीय सरोकारवालाहरुको बृहत सहभागिता रहने उहाँले बताउनुभयो ।

मेलाको आकर्षणको रुपमा परम्परागत तथा जिल्लाको संस्कृति झल्कने गरी विभिन्न जातजातीको भेषभुषा सहितको झाँकी प्रदर्शनी, ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमहरु, नवलपरासीका स्थानीय तह स्तरीय सांस्कृतिक प्रतियोगिता, जिल्लामा रहेका कृषि उपज, लघु उद्यमी, महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, नवलपरासीका धार्मिक एवं पर्यटकीय स्थलहरुको चिनारीसहितको प्रवद्र्धन लगायत रहने संघकी महासचिव तारा आचार्यले बताउनुभयो ।

करिब दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त मेलामा करिब ५ करोड १० लाख रुपैँयाको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष भोला पराजुलीले बताउनुभयो । मेला अवलोकनका लागि टिकटदर रु १०० निर्धारण गरिएको छ भने विद्यार्थीलाई परिचय पत्रका आधारमा रु ७० र विद्यालयबाट सामूहिक आएमा रु ५० का दरले निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, असक्त तथा फरक क्षमता भएकाहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको कोषाध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

यसैबीच मेलालाई यसक्षेत्रका सवै स्थानीय सरकारहरुले प्राथमिकता दिएका छन् । आइतबार मेलाको तयारीबारे बुझ्न र थप सल्लाह सुझाव दिन भन्दै रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी मेला स्थलको भ्रमण गर्नु भएको संघका महासचिव आचार्यले जानकारी दिनु भयो । 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्