Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यावरण
  • Home
  • पर्यावरण
  • २४ सै घण्टा पानी र गरीव किसानलाई निःशुल्क धारा जडानको माग 
२४ सै घण्टा पानी र गरीव किसानलाई निःशुल्क धारा जडानको माग 
नेपाली चेली
नेपाली चेली सोमबार, फागुन २८, २०८०

बर्दघाट । २४ सै घण्टा पानी र गरीव किसानलाई निःशुल्क धारा जडान गर्न खानेपानी तथा सरसफाई उपभोक्ताहरुले माग गरेका छन् । उपभोक्ताहरुले खानेपानी संस्थाले दैनिक हुने फजुल खर्च घटाउन आग्रह गर्दै उपभोक्तामूखी बन्न सुझाव दिएका हुन् ।  

बर्दघाट नगरपालिकाको पंचनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १३ औं बार्षिक साधारण सभामा उपभोक्ताहरुले यस्तो सुझाव दिएका हुन् । यस्तै संस्थाप्रति प्रतिवद्ध, खानेपानीको ज्ञान भएको र पूर्णसमय खानेपानी क्षेत्रलाई दिनसक्ने व्यक्तिलाई नेतृत्वमा पुर्याउन आग्रह गरेका छन् ।  

संस्थाका अध्यक्ष यमबहादुर क्षेत्रीको अध्यक्षता र लुम्बिनी प्रदेशका सभासद विश्वप्रेम पाठकको प्रमुख आतिथ्यमा सोमबार १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा सभासद पाठकले एकतावद्ध भएर सामाजिक काममा अग्रसर भए हरेक काममा सफलता मिल्ने विश्वास व्यक्तगर्नु भयो । उहाँले खानेपानी र सरसफाईलाई उत्तिकै महत्व दिन पनि आग्रह गर्नुभयो । 

कार्यक्रममा बार्षिक प्रगति र आगामी कार्ययोजनाको प्रतिवेदन अध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नु भएको थियो । यस्तै कोषाध्यक्षको प्रतिवेदन संस्थाका कोषाध्यक्ष सृजना थापा, सचिवको प्रतिवेदन सचिव शरद पौडेल र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक कर्णवहादुर खत्रीले प्रस्तुत गर्नु भएको थियो । 

खानेपानी संस्थाको १३ औं बार्षिक साधारण सभामा बर्दघाट नगरपालिकाका अध्यक्ष शम्भुलाल श्रेष्ठ, लुम्बिनी प्रदेश खानेपानी महाशाखा प्रमुख गुणनीधि पोख्रेल, वडा नं. ९ का अध्यक्ष चन्द्रकान्त चापागाईं, इन्जिनियर शेषकान्त पाण्डे, खानेपानी उपभोक्ता महासंघ नवलपरासीका उपाध्यक्ष शोभाकान्त कोइराला, संस्थाका पूर्व अध्यक्ष लोमा खनाल वाग्ले, जनकल्याण साकोसका अध्यक्ष कुलदिप आचार्य, खानेपानी संस्थाका उपभोक्ताहरु लालवहादुर खत्री र शुशिला पौडेल, रामनारायण चौधरी लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । 

पंचनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट हाल २३ सय ५५ धरधुरीले खानेपानी उपभोग गरिरहेका छन् । संस्थाले १६ घण्टा खानेपानी वितरण गरेको साथै कार्यक्षेत्र भित्र ५१ किलोमिटर खानेपानी विस्तार गरेको जनाएको छ । 
यस्तै २४ सै घण्टा खानेपानी वितरण, दैनिक पानी परिक्षण, उपभोक्तालाई खानेपानी सुरक्षा योजनामा सहभागी बनाउने र सरसफाईको क्षेत्रमा रचनात्मक कार्यक्रम गर्ने आगामी लक्ष्य रहेको संस्थाका सचिव शरद पौडेलले जानकारी दिनु भयो । 

यसैबीच संस्थाको छैठौ अधिवेशन पनि आजै सम्पन्न हुने संस्थाले जनाएको छ । 
 


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप पर्यावरण
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान 
रामग्राम १७ मा साताव्यापी सरसफाई कार्यक्रमको समापन, नगरप्रमुख यादवलाई सम्मान  शनिबार, वैशाख १२, २०८३
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी 
चर्को घाम र तातो हावासँगै आगलागीका घटना बढ्दै, पश्चिम नवलपरासीमा गएको एक महिनामा १८ वन क्षेत्रको ३९.७ हेक्टर क्षेत्रफलमा आगलागी  बुधबार, वैशाख ९, २०८३
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण
सामुदायिक रेडियो परासीद्वारा विश्व वातावरण दिवसका अवसरमा सरसफाई र बृक्षारोपण बिहीबार, जेठ २२, २०८२
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो 
गिद्ध संरक्षणमा नवलपरासी जिल्लाका सरोकारवालहरुको चासो  बिहीबार, असार २०, २०८१
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने
राेटरी क्लव नवलपरासीले आगामी बर्ष वातावरण र युवाकाे क्षेत्रमा काम गर्ने शनिबार, असार १, २०८१
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या
जनचेतनाकाे कमिले गिद्व संरक्षणमा समस्या बुधबार, जेठ ९, २०८१
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्