Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • कल्चर भिलेजले मौलिक कला, हस्तकला प्रवद्र्वन र बजारीकरण गर्न सघाउने
कल्चर भिलेजले मौलिक कला, हस्तकला प्रवद्र्वन र बजारीकरण गर्न सघाउने
नेपाली चेली
नेपाली चेली आइतबार, चैत ४, २०८०

 
नवलपुर । अन्तराष्ट्रिय नारी दिवस तथा उन्नती कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला आयोजना गरेको छ । मेलामा देश भरिका हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको छवालीको चित्र, हस्तकला, पिस्मिना, ढाका, घरेलु सामाग्री लगायतको ३० स्टलहरु प्रदर्शनीमा राखिएको थियो । 
प्रदर्शनीको अवलोकन पश्चात चौधरी उद्योग हस्पिटालि म्यानेजमेन्टका प्रवन्ध निर्देशक राहुल चौधरीले प्रदर्शनीमा राखिएको आकर्षक हस्तकला, घरेलु उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्गमा चौधरी फाउण्डेशनले सघाउने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । आफुले सञ्चालन गरेको होटल, रिसोर्टमा विक्रीका लागि राखिदिने र निर्यातमा सहजिकरण गर्न सघाउन तयार रहेको चौधरीले बताउनुभयो । 
उन्नती कल्चर भिलेजका फाउण्डर तथा चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीले नेपाल मौलिक हस्तकला, घरेलु उत्पादनको राम्रो बजार रहेकोले यसको व्यवसायिक प्रवन्द्र्वन गर्न उन्नती कलचर भिलेजले स्थापना देखि नै प्रोत्साहन गर्दै आएको र आगामी दिनमा सघाउने बताउनुभयो । यसका लागि उन्नती कलचर भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुर विच हस्तकलाका सामाग्रीहरु उन्नती कलचर भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरी फाउण्डेका सिनियर म्यानेजर जानकारी प्रधान श्रेष्ठले जानकारी दिनुभयो । सम्झौतामा फाउण्डेशनका निर्देशक सुरवी चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठ विच हस्ताक्षर भएको थियो । उन्नती कल्चर भिलेजले स्थापना काल देखि चित्रकला, हस्तकला, मौलिक संस्कृति, मौलिक खाने परिकारलाई प्रोत्साहन गर्दै आईरहेको छ । 
उन्नती मेलाको  उद्घाटन गर्दैै गण्डकी प्रदेशका पुर्वसचेतक÷सांसद  ओमकला गौतमले महिलाहरु आर्थिक रुपमा सक्षम नभए सम्म समग्र मुलुकको विकास सम्भव नहुने बताउनुभयो । नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले महिलाहरुको आर्थिक सशक्तिकरणको वर्तमान अवश्था, चुनौत र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा पितृसत्तात्मक सोचका कारण राज्यले ऐन, कानुन र नीति कार्यक्रम ल्याए पनि  कार्यान्वयनमा फितलो भएको उल्लेख छ । 
प्रभु बैंकका शाखा प्रवन्धक दिर्घ नारायण न्यौपानेले वित्तिय साक्षरता, महिला अभियान्ता रेखा पौडेलले महिला उद्यमशिलतामा सुचनाको पहुंच, कार्यक्रममा साना तथा घरेलु उद्योग महासंघका केन्द्रीय सदस्य विन्दु काफ्ले पोख्रेल, साना तथा घरेलु उद्योग महासंघ ललितपुरका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, सिद्वार्थ आवासीय मावि कावासोतीका संस्थापक प्रिन्सिपल भोजराज दाहालले आफ्नो व्यवसायिक अनुभव प्रस्तुत गरेका थिए । 
यसैविच महिलामा लगानी, सभ्य तथा समुन्नत समाजको थालनी विषयमा प्यानल छलफल गरेको थियो ।  प्यानल छलफलका क्रममा महिला उद्यमी मञ्च बागमती प्रदेश अध्यक्ष चन्दना कोईरालाले विगतमा नेपाल कपासमा आत्मानिर्भर तथा निर्यात गरेपनि आज मुस्किलले ३ प्रतिशत पनि उत्पादन हुन नसकेको बताउनुभयो । नेपालको कपास अन्य देशको भन्दा अव्वल छ उहांले भन्नुभयो–नेपालमा कपास खेतीको राम्रो सम्भवाना छ ।  आफुले ८० प्रतिशत डोलई अस्ट्रेलिया, अमेरिका निर्यात गर्दै आएको र कच्चा पद्वार्थ नपाएर विदेशबाट आयात गर्नुपरेको अध्यक्ष कोईरालाको भनाई थियो ।  
 कृषि ज्ञान केन्द्र नवलपुरका अधिकृत विश्वास काफ्ले नेपालमा कृषकको उत्पादन लागत बढी भएकोले लागत घटाउन अनुदान अन्य विकल्प खोजी आवश्यक रहेको बताउनुभयो ।  चितवन महिला उद्यमी मञ्चकी अध्यक्ष तथा सौन्दर्य व्यवसायी सृजना स्वतीले नेपालमा व्युटिपार्लर तालिमलाई प्रभावकारी बनाउन सकेमा राम्रो माग रहेको बताउनुभयो । आफुले हाल सम्म ७ हजार ८ सय जनालाई तालिम प्रदान गरेको र त्यसमध्ये ५ सय आफैं स्वरोजगार र ४ हजार जनाले  विदेशमा गएर राम्रो कमाई गरेको अनुभव सुनाउनुभयो ।  
सम्मेलनमा वागमति र गण्डकी प्रदेशका करिव ५ सय जनाले सहभागीता जनाएका थिए । सम्मेलनको सहजीकरण प्रिन्सि काफ्ले र चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न मौलिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए । 


 


प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा शुक्रबार, चैत २७, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्