Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • नवलपरासीका ६ पालिकाको बजेट साढे ५ अर्ब ५१ करोड, पाल्हीनन्दनले भने बजेट ल्याउन वाँकी 
नवलपरासीका ६ पालिकाको बजेट साढे ५ अर्ब ५१ करोड, पाल्हीनन्दनले भने बजेट ल्याउन वाँकी 
नेपाली चेली
नेपाली चेली मंगलबार, असार ११, २०८१

परासी । नवलपरासी जिल्लाका ७ पालिका मध्ये ६ पालिकाहरुले नीति, कार्यक्रम र बजेट ल्याएका छन् । स्थानीय सरकार संचालन ऐन, २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रत्येक बर्षको असार १० गते नीति, कार्यक्रम र बजेट ल्याउने प्रावधान छ । असार १० गतेभित्र आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान पेश नगरेमा र असार १५ गतेसम्म विद्युतीय अनलाइन पोर्टलमा प्रविष्ट नगरेमा ५ अंक काटिन्छ । जसले पालिकाका लागि ५ देखि १० लाखसम्म श्रोतको कमी हुन सक्छ ।

जसअनुसार जिल्लाका ७ वटा पालिकाले आ.व. ०८१÷०८२ का लागि बजेट सार्वजनिक गरेका हुन् । ६ वटा पालिकाहरुको कुल बजेट ५ अर्ब ५१ करोड ८३ लाख रहेको छ । तर ऐनको प्रावधान अनुसार ६ पालिकाहरुले बजेट प्रस्तुत गरेपनि पाल्हीनन्दन गाउँपालिकाले भने बजेट ल्याउन बाँकी रहेको छ । जनप्रतिनिधिहरुको आपसी असमझदारीका कारण बजेट ल्याउन बाँकी रहेको बताइएको छ ।

बजेट ल्याएका पालिकाहरुमध्ये सबैभन्दा बढी रामग्राम नगरपालिकाको १ अर्ब ४२ करोड ४० लाख रहेको छ । सबैभन्दा कम बजेट सरावल गाउँपालिकाले ५३ करोड ४८ लाखको बजेट ल्याएकोछ ।

रामग्राम नगरपालिकाले १४ औं नगर सभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संघीय सरकारको ६५ करोड ३७ लाख, प्रदेश सरकारको समपुरक र शसर्त अनुदान ३ करोड ४९ लाख रहेको जानकारी दिएको छ ।  

सुनवल नगरपालिकाले १५ औ नगर सभामा आव ०८१÷०८२ का लागि कुल १ अर्ब २७ करोड ३८ लाखको बजेट प्रस्तुत गरेको छ । आगामी बर्षको लागि संघीय सरकार वित्तीय हस्तान्तरण, प्रदेश सरकार र राजश्व वाँडफाँड तथा सामाजिक सुरक्षा कार्यक्रमबाट १ अर्ब ३ करोड ७७ लाख रहेको उल्लेख छ । त्यस्तै आन्तरिक आम्दानीतर्फ आन्तरिक स्रोतबाट २० करोड २१ लाख र गत वर्षको मौज्दात ३ करोड ३९ लाख रहेको छ। त्यस्तै खर्चतर्फ पुँजीगत खर्चतर्फ ५२ करोड ६४ लाख र चालु खर्च तर्फ ७४ करोड ७३ लाख रहेको छ।

बर्दघाट नगरपालिकाले आगामी वर्षका लागि कुल ११ करोड ७८ लाखको बजेट विनियोजन गरेको छ। संघीय सरकारको ६५ करोड २५ लाख, प्रदेश सरकारको ४ करोड ३५ लाख र आन्तरिक स्रोतको २२ करोड १७ लाख रकम रहेको नगरपालिकाले जनाएको छ ।

प्रतापपुर गाउँपालिकाले आव ०८१÷०८२ को लागि कुल ७१ करोड ७९ लाख ३४ हजारको बजेट ल्याएको छ। गाउँपालिकाले चालु तर्फ ४७ करोड ४७ लाख र पुँजिगत तर्फ २४ करोड ३२ लाख रहेको बताएको हो । जसमध्ये संघीय सरकारबाट १३ करोड ३८ लाख, शसर्त अनुदान पुँजिगततर्फ ३ करोड ४८ लाख, विशेष अनुदान १ करोड र समपुरक अनुदान १ करोड ५० लाख रहेको जनाएको हो ।

त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदानतर्फ ९४ लाख २९ हजार र समपुरक अनुदानतर्फ ७० लाख रहेको छ। त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त हुने आम्दानीमा संघीय सरकार बाट ११ करोड ३ लाख, प्रदेश सरकारबाट ५३ लाख १५ हजार र स्थानीय सरकारबाट ५० लाख रहेको बजेटमा उल्लेख छ।

सुस्ता गाउँपालिकाले आगामी वर्षका लागि कुल ६५ करोड बजेट विनियोजन गरेको छ। जसमा संघीय समानिकरणबाट ६ करोड १७ लाख, संघीय शसर्तबाट १६ करोड ३ लाख ८६ हजार, संघीय शिर्षक र समपुरकबाट १ करोड ९६ लाख रहेको छ। गाउँपालिकाले प्रदेश समानिकरणबाट ६३ लाख ५५ हजार, प्रदेश शसर्तबाट ४० लाख ५० हजार र प्रदेश समपुरकबाट ५० लाख बजेट रहेको जनाएको छ ।

यसैबीच सरावल गाउँपालिकाले आगामी बर्ष २०८१।०८२ कालागि कुल ५३ करोड ४८ लाख ७१ हजारको बजेट ल्याएको छ । गाउँपालिकाले चालुतर्फ ३१ करोड ९३ लाख र पूँजीगततर्फ २१ करोड ५५ लाख विनियोजन गरिएको छ । आगामी बर्ष संघीय सरकार, सशर्त अनुदान, पूँजीगत, समपुरक अनुदान लगायतमा ३३ करोड ९३ लाख र प्रदेश सरकारको विभिन्न शीर्षकमा २ करोड ५० लाख रहेको बताइएको छ ।


प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास बुधबार, असोज २१, २०८३
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्