Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • एससिडिसि सुनवलद्वारा सामाजिक लेखापरिक्षण सम्पन्न, आ.ब २०८०।०८१ मा २ करोड ६३ लाख वढी खर्च  
एससिडिसि सुनवलद्वारा सामाजिक लेखापरिक्षण सम्पन्न, आ.ब २०८०।०८१ मा २ करोड ६३ लाख वढी खर्च  
मेघराज गौतम
मेघराज गौतम बुधबार, भदौ १९, २०८१

परासी । सुनवल सामुदायिक विकास केन्द्र सुनवलले बुधवार पाल्हीनन्दन र प्रतापुरमा सञ्चालित ३ वटा परियोजनाको बार्षिक सामाजिक लेखापरिक्षण सम्पन्न गरेको छ । संस्थाले आ.ब.२०८०।०८१ मा दुवै पालिकामा सञ्चालित परियोजनाको सामाजिक परिक्षण कार्य सम्पन्न गरेको हो ।

केन्द्रकी अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । 

कार्यक्रममा संस्थाले सञ्चालन गरेका लैङ्गिक समानता परियोजना, घरेलु हिंसा न्यूनिकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना र अपाङ्गता समावेशी विकास परियोजनाको बार्षिक समिक्षा गरिएको छ । यस्तै संस्थाको संस्थागत सुशासन, आर्थिक र सामाजिक पक्ष, सञ्चालक तथा कर्मचारी संयन्त्र व्यवस्थापन जस्ता विषयमा संस्थाका सचिव जयराम वश्यालले प्रस्तुत गर्नु भएको थियो । 

संस्थाले तीन वटै परियोजनाबाट आ.ब.२०८०।०८१ मा २ करोड ६३ लाख २१ हजार २४ रुपैया खर्च गरेको छ । जसमा पाल्हीनन्दनको वडा नं. ५ र ६ मा सञ्चालित लैङ्गिक समानता परियोजना अन्तरर्गत ५६ लाख ५४ हजार ५८१, पाल्हीनन्दन १ देखि ४ नम्बर वडामा संचालित घरेलु हिंसा न्यूनिकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजनाको ५५ लाख ७ हजार १७५ र पाल्हीनन्दन र प्रतापपुरमा संचालित अपाङ्गता समावेसी विकास परियोजनामा १ करोड ५१ लाख ५९ हजार २६८ बजेट खर्च भएको हो । 

galaxy parasiसामाजिक परिक्षण कार्यक्रममा संस्थालाई जनप्रतिनिधिहरुले विभिन्न सुझाव पनि दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकले सामाजिक जागरणका साथै भौतिक निर्माणको क्षेत्रमा पनि काम गर्न संस्थालाई सुझाव दिनु भयो । अध्यक्ष गुप्ताले सुनवल सामुदायिक विकास केन्द्रले संचालन गरेका तीन वटै परियोजनाले समाजमा निकै प्रभाव पारेको भन्दै समुदायमा महिला तथा किशोर किशोरीहरुलाई आत्मनिर्भर बनाउन आयमूलक कार्यमा जोड दिन आग्रह गर्नु भयो । 

यस्तै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले प्रतापुर गाउँपालिकामा संचालित अपाङ्गता समावेशी विकास परियोजनाले पालिका भित्रका अपाङ्गसँग सम्बन्धी तथ्याङ्क संकलन गर्न सहयोग गरेको बताउनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसरका साथै सीपमूलक कार्यक्रमहरु सञ्चालन गरेर आत्मनिर्भर वनाउनु पर्नेमा जोड दिनु भयो । 
कार्यक्रममा तीनैवटा परियोजनाका संयोजक क्रमशः ज्योतिसिंह राय, कृष्ण पाण्डे र श्याम ढुँगानाले परियोजनाको बार्षिक गतिविधि प्रस्तुत गर्नु भएको थियो । 

कार्यक्रममा प्रतापपुर गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरी, पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ का अध्यक्ष गोधन प्रसाद हरिजन, युनाइटेड मिसन टु नेपालका अर्जुन कुमार तामाङ्ग लगायतले बोल्दै सामाजिक परिक्षण संस्थाको शुशासनको महत्वपूर्ण कडि भएको बताएका छन् । 

आ.ब. २०८०।०८१ मा सञ्चालन भएका तीन वटै परियोजनाको सामाजिक लेखा परिक्षण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतमले गर्नु भएको संस्थाकी सामाजिक परिचालक राधा तिमिल्सीनाले नेपाली चेलीलाई जानकारी दिनु भयो । 

health


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १६:४९
#SCDC Sunwal
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्