Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • पश्चिम नवलपरासीकी महिला नेतृ सरिता २३ बर्षको प्राध्यापन पछि साँसदसम्म
पश्चिम नवलपरासीकी महिला नेतृ सरिता २३ बर्षको प्राध्यापन पछि साँसदसम्म
यमु सुवेदी
यमु सुवेदी सोमबार, माघ ९, २०७९

लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा बि.सं. २०२८ साल मंसिर १९ गते बाबु लालमणी भूसाल र आमा टंककला भुसालको कोखबाट चौथो सन्तानको रुपमा रुपमा जन्मिनु भएकी सरिता खनाल सानै उमेरदेखि निडर र तार्किक स्वभावकी हुनुहुन्थ्यो ।

अनेरास्ववियूको स्थापना भएको झण्डै २२ बर्ष पछि विद्यार्थी राजनीतिबाट संगठीत र प्रशिक्षित जीवनको शुरुवात गर्नु भएकी सरिताले २०४६ सालको एतिहासिक जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । जीवन र जगतलाई बुझ्ने तथा गरीव तथा सर्वहारा श्रमजीविहरुको पक्षमा आफूलाई उभ्याउने स्वभाव भएकी उहाँ कम्यूनिष्ट विचारबाट अभिप्रेरित बन्नु भयो । बामपन्थी राजनीतिबाट मात्रै देशको समग्र विकास सम्भव हुने विश्वासका साथ राजनीतिक जीवनको प्रारम्भ गर्नु भएकी सरिताले २०४७ सालमा नेकपा (एमाले)को भात्री संगठन, अखिल नेपाल महिला संघ जिल्ला सह—सचिव वन्नु भयो । 

महिला र विद्यार्थी  लगाएताका जनवर्गिय संगठनमा सक्रय रहँदै आउनु भएकी उहाँले २०४७ सालमा पार्टीको संगठीत सदस्यता प्राप्त गर्नु भएको थियो । समाजको सकारात्मक परिवर्तनमा सधै अग्रमोर्चामा बस्न रुचाउने सरिताले अर्घाखाँची जिल्लामै बस्दा तत्कालिन समयमा नेपाली काँग्रेसको सरकारले हत्या गरेका सहिद वशिर मियाको लास बोकेको स्मरण गर्नु हुन्छ । वहाँले निरन्तर समाजको विकृति र बिसंगतीका विरुद्ध आफूलाई सधै नेतृत्वदायी भूमिकामा राख्नु भयो ।

अर्घाखाँची जिल्लामै हुँदा महिला अधिकार, महिलामाथि हुने हिंसाका विरुद्ध आफूले आवाज बुलन्द गरेको वहाँ बताउनु हुन्छ । त्यती नै बेला महिला अधिकारकालागि अर्घाखाँची जिल्लाको जिल्ला प्रशासन कार्यालयमा १५ दिन धर्ना पनि बस्नु भएको थियो ।

उच्च शिक्षा अध्ययनको क्रममा वहाँ २०४८ मा काठमाण्डौंको पद्मकन्या क्याम्पसमा पुग्नु भयो । विभिन्न गतिविधिमा सक्रिय सरिता क्याम्पसमा अनेरास्ववियूमा आवद्ध भई स्ववियू सदस्य पदमा उम्मेदवार पनि वन्नु भयो । पछि त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अनेरास्ववियू  विश्वविद्यालय कमिटिको कोषाध्यक्ष बन्नु भयो ।

उच्च शिक्षाको अध्ययनकै शिलशिलामा २०५२ सालमा वहाँ बैवाहिक जीवनमा बाधिनु भयो । बैवाहिक जीवनमा बाँधिएपनि वहाँको सक्रिय राजनीतिको भूमिकामा भने कमि आएन । महिला नेतृ सरिताकालागि बैवाहिक जीवन पछि पनि श्रीमान बद्री खनालको निकै साथ रहिरह्यो । वहाँका श्रीमान खनाल पनि बामपन्थी राजनीतिका अब्बल वौद्धिक नेताका रुपमा जिल्लामा परिचित हुनु हुन्छ । श्रीमान्को साथमा रहँदा वहाँले थप अवसर पनि प्राप्त गरिरहनु भएको छ । वहाँले वर्दघाटमा रहेको दिव्य ज्योति वहुमुखी क्याम्पसमा करिव २३ बर्ष श्रीमान बद्री खनालसँगै प्राध्यापकको रुपमा अध्यापन गर्नु भयो । उहाँ प्रगतिशिल प्राध्यापक संगठनको केन्द्रीय सदस्य तथा लुम्बिनी बौद्ध विश्व विद्यालयको सभा सदस्य रहनु भएको छ । 

अध्यापन पेशामै रहँदा तत्कालिन माकर गाउँ कमिटिको उपसचिव, पार्टीको नवलपरासी जिल्ला सदस्य, अनेमसंघको केन्द्रीय सदस्य वन्नु भयो । नेकपा एमालेको १० औं राष्ट्यि महाधिवेशनबाट उहाँ पार्टीको केन्द्रीय कमिटि सदस्य चुनिनु भयो भने उहाँले पश्चिम नवलपरासीको पार्टी इन्चार्ज समेतको जिम्मेवारी प्राप्त गर्नु भएको छ ।
नेपालको संविधान अनुसार भएको प्रदेश र संघको निर्वाचन २०७९ मा महिला नेत्री सरिता खनाल नेकपा एमालेबाट प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीबाट सदस्यमा निर्वाचित बन्नु भएको छ ।

नेपाली चेलीकालागि महिला नेतृ सरिता खनाल भुसालको राजनीतिक यात्रा सहकर्मी  यमु गौतम ले तयार पार्नु भएको हो


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै  बुधबार, असार ३२, २०८२
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्