Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • ७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
नेपाली चेली
नेपाली चेली बुधबार, असार ३२, २०८२

‘फूल’ भन्ने बित्तिकै भगवानलाई चढाउने, सुगन्धले भरिपूर्ण, प्राकृतिक र मूल्यवान बस्तुको रुपमा लिने गरिन्छ । पछिल्लो समयमा व्यक्तिहरूले आकर्षक गमला र घर आगनमा फूलका बिरुवा रोप्ने प्रचलन ब्यापक बन्दै गइरहेको छ । यस्तै सरकारी तथा गैर सरकारी संघसंस्था, बिद्यालयलाई हरियाली र रमणीय बनाउन फूलका बिरुवा रोप्ने गरिएको छ भने स्थानीय नर्सरीहरूको ब्यवसाय पनि बढ्दै गईरहेको छ । 

ब्यवसायीक रुपमा सञ्चालन गरिएका नर्सरीहरूले आफ्नो नर्सरी उद्योग बढाइरहेका बेला ६५ बर्षिय एक बृद्ध महिलाले परासी आसपासका घरघरमा, पसलपसल, व्यक्ति, संघसंस्था, उद्योग कलकारखाना, यातायात ब्यवसाय वा भनौ शहरबजार र दैलोदैलोमा फूल पुर्याएर आफ्नो जीविकोपार्जन गर्दै आउनु भएको छ । हेर्दा फूर्तिलो देखिने पाल्हीनन्दन गाउँपालिका वडा नं. ४ पाल्ही घर भएकी फूल ब्यवसायी सोना मालीले फूलको ब्यवसाय गर्न थालेको बर्षौ भयो । “परिवारको भविश्यलाई फूलको ब्यवसायसँग जोडेर काम गर्न थालेको ५० बर्ष भयो,” सोनाले भन्नुभयो । 

सोनाका श्रीमान् (तिरथ माली) २० बर्ष पहिले दमको रोगका कारण बित्नु भयो । श्रीमानकाे मृत्यू पछि परिवारको सम्पूर्ण जिम्मेवारी सोनाको काधमा आइलाग्यो । सोनाको अहिले एक छोरा, बुहारी(पतोही), २ नातिनी र १ नातीको परिवार रहेको छ । श्रीमान् (तिरथ)ले फूल ब्यवसाय गर्दा आफूले पनि श्रीमानसँगै फूल ब्यवसायको काम गरेको अनुभवका कारण फूल ब्यवसायलाई निरन्तरता दिएको सोनाले बताउनु भयो । 

“२ कठ्ठा जग्गा श्रीमान्कै नाममा छ, फूल खेति गरेकी छु, जीवन जेनतेन चलेकै छ” सोनाले आफ्नो अनुभव सुनाउँदै भन्नु भयो । सोनाले आफ्नो पतोही (बुहारी)ले फूल खेतिमा आफूलाई सघाउने गरेको बताउनु भयो । उहाँले प्रत्येक दिन परासी, बेलासपुर, पोखरापाली, मंझरीया, नदवा र कसियासम्म फूल पुर्याउने गर्नु हुन्छ । उहाँले दैनिक २ हजार स्थानमा फूल पुर्याउँने गर्नु भएको छ । सोनालाई कसैले प्रत्येक दिन त कसैले साप्ताहिक रुपमा फूलको पैसा दिने गरेका छन् । “कति पैसा हुन्छ भनेर हिसाब नरोखे पनि दैनिक खर्च चलेको छ, महिनामा करिव १५ हजार जति फूल बेचेर पैसा कमाएकी छु,” सोनाले भन्नु भयो ।  

एकाबिहानै फूलले भरिएको झोला बोकेर सोना प्रत्येक दिन हिंडेरै उक्त स्थानहरूमा पुग्ने गर्नु भएको छ । परिवारको जिम्मेवारी बोकेका कारण उहाँले आफ्नो शारिरीक अवस्था पनि बिर्सिएर दैनिक कडा मिहिनेत गर्दै आउनु भएको छ । बिभिन्न रङ, सुगन्ध र प्रकारका फूल एउटा बोराको झोलामा बोकेर प्रत्येक दिन ब्यक्तिका दैलाेदैलाे, पसल र ब्यवसायमा पुर्याउनु सोनाको दैनिकी जस्तै हो । 

अघिल्लो महिना सोनाले आफ्नो छोरा घनश्याम मालीलाई बैदेशिक रोजगारमा पठाउनु भयो । आँखाभरी आँसु पार्दै ३ लाख ५० हजार ऋणधन गरी छोरा घनश्यामलाई मेलेसिया पठाएको उहाँ बताउनु हुन्छ । “अब आस र भरोसा त्यही धनश्याम माथि छ, ऋण तिर्ने र ५ बर्षअघि वाढीले भत्काएको सानो झुपडी बनाउने” सोनाले भन्नुभयो । 

गरीवको कुरा कसले सुन्छ र भन्दै सोनाले पाल्हीनन्दन गाउँपालिका वडा नं. ४ का अध्यक्षलाई इंकीत गर्दै खानेपानीको पाइप मागेकी थिए प्रधान (अध्यक्ष) ले दिएनन् भन्दै दुखेसो गर्नुभयो । उहाँले कसैले सहयोग नगरेपछि १० हजार खर्च गरेर हेण्डपाईप खानेपानीका लागि गाडेको बताउनु भयो । 


 


प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्