Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • मौसमममा आएको परिवर्तनसँगै नवलपरासीका सातै पालिकाहरुद्वारा नागरिकलाई सचेत रहन आग्रह 
मौसमममा आएको परिवर्तनसँगै नवलपरासीका सातै पालिकाहरुद्वारा नागरिकलाई सचेत रहन आग्रह 
मेघराज गौतम
मेघराज गौतम शनिबार, चैत २३, २०८१

परासी । मौसममा आएको परिवर्तनसँगै नवलपरासी जिल्लाका सातै वटा पालिकाहरुले आगलागी र हावाहुरीको जोखिमबाट बच्न आमनागरिकहरुलाई सचेत गराएका छन् । जिल्लाका रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाले सूचना नै जारी गरी गर्मी महिनामा डढेलो तथा आगलागीका घटनाबाट जोगिन विभिन्न सन्देश प्रवाह गरेका हुन् ।

गर्मी मौसममा सूर्यको किरण सीधै पृथ्वीमा पर्नाले तापक्रम ३० देखि ४५ डिग्री सेल्सियससम्म पुग्न सक्छ । जसले गर्दा कडा घामलाग्ने, कतिपय ठाउँमा तातो हावा (लू) चल्न पनि सक्छ । नदी, पोखरी, इनार वा धारा सुक्ने अवस्था आउँदा खानेपानीको संकट देखिन सक्छ । 

यस्तै वन क्षेत्रमा आगलागी हुने, सुख्खा मौसमका कारण धुलो र प्रदूषण बढ्न सक्ने हुँदा सचेत रहन सन्देश प्रवाह गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बताउनु भयो । नगरप्रमुख यादवले नगरवासीहरुमा सावधानी अपनाएर आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न नगरको विपद् व्यवस्थापन शाखा मार्फत आग्रह गर्नु भएको हो । 

यस्तै १३९ दशमलव १० वर्ग किलोमिटर क्षेत्रफल मध्ये ५९ प्रतिशत वन क्षेत्रले मात्र ओगटेको सुनवल नगरपालिकाले पनि वन क्षेत्रमा जथाभावी आगो नलगाउन, साना बालबालिकाले भेट्ने ठाउँमा लाईटर र सलाई जस्ता प्रज्जलनशील सामानहरु नराख्न अनुरोध गरेको छ । घरको संरचना बलियो बनाउन, हावाहुरी चल्नासाथ झ्याल ढोका बन्द गर्न, विद्युतीय उपकरणहरुको प्रयोग सुरक्षित गर्न सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले नगरवासीमा अनुरोध गर्नु भएको हो । 

यस्तै १८० दशमलव ९६ वर्ग किलोमिटर क्षेत्रफल रहेको बर्दघाट नगरपालिकामा  १०२ दशमलव ०२ प्रतिशत वन क्षेत्रले ओगटेको छ । नगरपालिकाले वन, सहरी र ग्रामीण क्षेत्रमा नागरिकहरुलाई सुचना नै जारी गरी गर्मी मौसममा हुनसक्ने आगलागीका घटनाबारे सचेत र सजग रहन आग्रह गरेकोछ । नगरपालिकाको दमकल र तालिम प्राप्त जनशक्ति आवश्यकता अनुसार पालिका भित्र र बाहिर पनि परिचालन गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै जिल्लाको सरालव गाउँपालिकाले पनि गर्मी बढेसँगै तातो हावा लू चल्ने भएकोले सचेत रहन र दैनिक जसो प्रशस्त पानी पिउन आग्रह गरेको छ । गाउँपालिकाले सूचना नै जारी गरी खेतबारीमा गहुँ काट्ने सिजन भएकोले गहुँ काटीसकेपछि गहुँको च्याख्ला नजलाउन अनुरोध गरेको छ । यदि अटेरी गरी आगलागीको घटना भएमा सम्बन्धित व्यक्तिलाई २५ हजारसम्म जरिवाना गर्न सकिने गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले बताउनु भयो ।

यस्तै पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाले पनि छुट्टाछुट्टै सूचना जारी गरी मौसम परिवर्तनसँगै तराई क्षेत्रमा हावाहुरी चल्ने र गर्मी बढेकाले सचेत रहन आग्रह गरेका छन् । 

पाल्हीनन्दन ६ पडरीमा गतबर्ष आगलागी हुँदा ठूलो क्षति भएको थियो । यस बर्ष कुनै पनि क्षतिका घटना हुन नदिन पालिकाहरुले सूचना प्रवाह गर्दै अनुगमनलाई पनि तिव्रता दिएका छन् । आपतकालिन सेवा लिन दमकल, एमबुलेन्स सेवा र प्रहरीमा सूचना गर्न टेलिफोन सेवालाई २४ घण्टा नै सूचारु राखिएको पालिका भित्रका विपद् व्यवस्थापन शाखाले जनाएका छन् । 

 


प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्