
परासी । पश्चिम नवलपरासीको लिटिल एन्जेल्स् हाई स्कुल, परासीले शुुक्रबार अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (आईएसओ)को लोगो प्राप्त गरेको छ । ग्लोवल क्वालिटी आउन्सीलका कार्यक्रम संयोजक नारायण दवाडीले एक कार्यक्रमका बीच आईयसओको लोगो हस्तान्तरण गर्नु भएको हो ।
लोगो ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक सुमन गोपाल आचार्यले आगामी एक बर्ष भित्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गरी आईयसओ प्रमाणिकरण प्राप्त गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
आइएसओ प्रमाणीकरण प्रकृया शुरु गरेको विद्यालयले विद्यालयका अभिभावक, जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, संघसंस्था, सञ्चारकर्मी र विद्यालय परिवारको बीचमा लोगो हस्तान्तरण गरिएको हो।
विद्यालयका प्रिन्सिपल आचार्यको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जनता समाजवादी पार्टी नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, रामग्राम नगरपालिकाकी पूर्व उपप्रमुख रम्भा कुँवर, वडा नं. ४ का अध्यक्ष मदन यादव, नागरिक समाजका अध्यक्ष राधेश्यामसिंह सैथवार, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली, रामग्राम प्याब्सनका अध्यक्ष बलिराम यादव लगायतले शुभकामना व्यक्त गर्नु भएको विद्यालयका शिक्षक अहमुद्दिन अन्सारीले जानकारी दिनुभयो ।
कार्यक्रमकै बीच विद्यालयबाट यस बर्षको डिएईमा ४ जिपिए ल्याउने छात्रा सदिक्षा गुप्तालाई नगद दश हजार रुपैया सहित सम्मान गरिएको छ ।
यसअघि गत चैत्र २८ गते विद्यालय सञ्चालक र आईयसओका प्रतिनिधि बीच अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
विद्यालयले आईयसओ प्राप्त गर्न विभिन्न ४२ वटा शैक्षिक गुणस्तर सूचक पुरा गर्नु पर्नेे विद्यालयका सहायक प्रधानाध्याक एवं आईयसओका सम्पर्क व्यक्ति गोविन्द न्यौपानेले जानकारी दिनुभयो ।
