Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रेरक प्रसंग
  • Home
  • प्रेरक प्रसंग
  • प्रेमप्रसादको आत्मदाह प्रकरण : सरकार संवेदनशील छ त ?
प्रेमप्रसादको आत्मदाह प्रकरण : सरकार संवेदनशील छ त ?
नेपाली चेली
नेपाली चेली बिहीबार, माघ १२, २०७९

प्रधानमन्त्रीकै गाडी सामुन्ने संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आफैंलाई जलाएको आगोको राप र तापले नेपालका हरेक पेसा, व्यवसाय, राजनीति, समाज र सरकार सबैलाई दग्ध पारेको छ । आफैंलाई दनदनी आगो लगाएर सडकमा ढलेको उनको भिडियो हेरेर सबैका हृदय काँपेका छन् । आफैंलाई आगो लगाउनुअघि उनले फेसबुकमा लेखेको छन्न् हजार शब्दभन्दा लामो दु:खद तथ्य र भावुक भावहरुले आम नेपालीका मथिङ्गलको रनाहालाई सबैका सामु उदाङ्गो पारेको छ । 

प्रेमप्रसादको आत्मदाहलगत्तै सामाजिक सञ्जालमा उनलाई जलाउन बाध्य पार्ने राज्य संरचना तथा बिचौलिया र ठूला व्यवसायीको नाफाखोर प्रवृत्तिप्रति आक्रोश व्यक्त भएको छ । गरीखानेहरुलाई हतोत्साही मात्रै गर्न जानेका जनप्रतिनिधि अनि यसअघि पटकपटक राज्य सञ्चालनको जिम्मेवार ओहोदामा पुगेका राजनीतिकर्मी र प्रशासकहरुले पनि प्रेमप्रसादले भोगेको पीडा र उनको मृत्युवरणप्रति गोहीको आँसु चुहाएका छन् । सरकारले चाहिँ प्रेमप्रसादले सामाजिक सञ्जालमा लेखेका प्रश्नहरुको अनुसन्धान गर्ने भनेको छ । 

प्रेमप्रसादले फेसबुकमा लेखेका प्रश्नहरू सरकारी नीति, नेपालको राजनीतिक र आर्थिक प्रवृत्तिसँग सम्बन्धित छन् । व्यवसाय गर्ने सिलसिलामा आफू सरकार, बैंक, व्यापारी, साहु, नेता तथा कर्मचारीबाट ठगिएको र आफूलाई असफल बनाइएको भन्ने उनको भनाइमा कुनै आरोप वा आवेग देखिँदैन । गरिखाने मानिसले भोग्नु पर्ने पीडाको स्रोत राज्य सञ्चालन प्रणाली हो भन्ने साबित गर्न अनेक प्रमाण पेस गरेका छन् । 

देशभित्रै केही गरेर गुजारा चलाउने क्रममा आफू आर्थिक रुपमा डुबाइएको कुरा उनले र त्यसका लागि सरकारी नीतिहरु जिम्मेवार भएको उल्लेख गरेका छन् । सुरुमा आफूले काठमाण्डौमा ट्राभल एजेन्सी खोलेर व्यापार गरेको र त्यो असफल भइ ऋण लागेपछि वैदेशिक रोजगारीमा गएको उनको फेसबुक स्टाटसमा उल्लेख छ ।

वैदेशिक रोजगारीबाट फर्केर पुरानो कर्जा चुक्ता गरी इलाम फर्किएर कृषिमा आधारित सानो उद्योग खोलेको र विभिन्न उत्पादनहरू नेपालका नाम चलेका व्यापारिक स्टोरहरूलाई उधारोमा दिएको अनि उधारो लगिएको सामानको समयमै भुक्तानी नपाइएको, ऋण बढ्दै गएको र व्यक्तिगत ऋण लिनु परेको अनि व्यवसाय नै डुब्ने अवस्था बनेको उनले खुलाएका छन् ।

स्वदेशी सुपरमार्केट तथा विदेशी बहुराष्ट्रिय कम्पनीले नेपाली बजार कब्जा गरेको, उनीहरूले आफ्ना विभिन्न उत्पादन उधारोमा लगेर समयमा पैसा नदिएको, एक वर्षसम्म होल्ड गरेर उल्टै सामान नै फिर्ता गरी धोका दिएको, सामान बजारमा फस्ने तथा पैसा नउठ्ने भएपछि बैंकले ऋण दिन छाडेको र चर्कोे ब्याजदरमा व्यक्तिसँग लिएको ऋणले गाँजेको उल्लेख गर्दै उनले यस्ता कम्पनीहरूलाई नियमन गर्न सरकारसँग माग गरेका छन् । 

ट्राभल व्यवसायमा काम गर्ने क्रममा चिनियाँलगायत विदेशी पर्यटक र काठमाण्डौका केही कलेजका विद्यार्थीलाई भ्रमणमा लगेबापतको पैसा नदिएको उनले बताएका छन् । स्थापित कलेज, व्यापारी र अरु विभिन्न व्यक्तिको नामै किटेर उनले यी सबैको कारण आफूले असफलता हात पारेको बताएका छन् । उपेन्द्र महतोको लगानीमा सञ्चालित नेपाल ग्रामोध्योग कम्पनीले जालसाजी गरेको, मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी डिपार्टमेन्टल स्टोर, व्यापारिक घराना विशाल ग्रुपको समेत लगानी गरेको बिग मार्टले सामानको पैसा नदिएको आरोप लगाएका छन् । व्यापारी पवन गोल्यानको गोल्यान एग्रोले अर्डर गरेर सामान पुर्याएपछि फिर्ता पठाएर ठगी गरेको, अनिल बस्नेतको मेरो तरकारी डटकम नामक अनलाइन बजारले सामानको पैसा नदिएको, सुजुकी कम्पनीले गाडी फिर्ता लिएर पनि पैसा नदिएको तथा बहुराष्ट्रिय कम्पनी डाबर नेपालले सामानको पैसा नदिएको विवरण प्रस्तुत गरेर नेपालका व्यापारीको चरम वैश्य प्रवृतिको उजागर गरेका छन् । 

सबैबाट घेराबन्दीमा परेपछि आफूले मर्नुबाहेक अरु विकल्प नदेखेको उनले भनेका छन् । यसरी आचार्यलाई आत्महत्या गर्न बाध्य पारिएकालाई आत्महत्या दुरुत्साहनको मुद्दा लगाउनुपर्ने आवाज पनि उठिरहेको छ । तर प्रेमप्रसादले उठाएका प्रश्नहरुको छानबिन गर्ने निर्णय गरेको सरकारले यसबारे केही कदम चालिसकेको छैन । त्यसमाथि यी सबै प्रश्नहरु राज्य संयन्त्रमाथि नै सोझिएका छन् । आफैंमाथि सोझिएका प्रश्नको जवाफ कसरी खोज्ने भन्नेमा सरकार नै अलमलमा छ ।

प्रेमप्रसादले उठाएका गम्भीर प्रश्नको सोधीखोजी र अनुसन्धान मात्रै होइन, सरकारले एक एक गरेर यी सबैको चित्तबुझ्दो जवाफ दिन सक्नुपर्छ । प्रश्न हेर्दै गर्दा आफ्नै अनुहारमा लागेको कालो दाग मेट्न सक्नुपर्छ । अनि प्रेमप्रसादको जस्तै अवस्थामा रहेका अरुलाई उनले रोजेको बाटोमा अघि बढ्न नदिन उचित कदम चाल्नुपर्छ । जुन मर्दामर्दै प्रेमप्रसाद आफैंले सुझाएका छन् । उनले राष्ट्रिय उत्पादनमा मूल्य अभिवृद्धि कर भ्याट शून्य गर्नुपर्ने, कुनै पनि उत्पादन किन्नेले सुरुमै पूर्ण भुक्तानी दिनुपर्ने र उधारोमा सामान किन्न नपाउने व्यवस्था गर्नुपर्ने तथा जग्गाको स्वामित्व अनन्तसम्म हुने व्यवस्था अन्त्य गर्नुपर्ने माग गरेका छन् । यस्तै गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने, घर बहाल कर अनिवार्य गरेर घरधनीसँगै उठाउनुपर्ने, शिक्षित व्यक्ति वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति नलिइ जान पाउनुपर्ने व्यवस्था गर्नुपर्ने,  स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातलाई सहज र सरल बनाउनु पर्ने, ब्याङ्कहरूको धितो नीति परिमार्जन हुनुपर्ने, बचत तथा ऋण सहकारी, फाइनान्स कम्पनी र माइक्रो फाइनान्सलाई खारेज गर्नुपर्ने माग पनि उनको छ । 

प्रेमप्रसादले उठाएका यी गम्भीर प्रश्न र जायज मागप्रति सरकार संवेदनशील छ त ? देशभित्रै केही गर्ने अठोट बोकेर लगन र मेहनतका साथ काम गरिरहेका साना र मध्यम व्यवसायीले अब उपरान्त प्रेमप्रसादले हिँडेको कहालीलाग्दो बाटो रोज्नु पर्दैन ? नाफाखोर, कमिशनखोर र बिचौलियाहरुको जगजगी अनि नेता र ठूलाबडाका पछि लाग्नेको मात्रै मालामाल हुने प्रवृत्तिको अन्त्य हुन्छ ? प्रेमप्रसादको आत्मदाह घटनापछि गम्भीर भएजस्तो गर्ने सरकारका जिम्मेवार मान्छेहरुले यी प्रश्नहरुको जवाफ दिन सक्छन् ? साँच्चै जवाफ दिन सक्ने हो भने सबैभन्दा पहिले ऐनामा आफ्नै अनुहार हेर र पहिलो अनुसन्धान अनि सुधार आफैंबाट सुरु गर ।

#ujyalo


प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रेरक प्रसंग
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै 
७० बर्षिय सोना, फूल उद्यमीः दैलो दैलोमा फूल पुर्याउँदै जीवन चलाउँदै  बुधबार, असार ३२, २०८२
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन
रेडियो परासीद्वारा २०८२ सालको आकर्षक टेबुल पात्रो विमोचन आइतबार, चैत २४, २०८१
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना
बुवा मन गोल्डीको चित्रकला, ब्रस र रङ सगैं हुर्किकी हुँ; कलाकार भावना शनिबार, फागुन २४, २०८१
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत 
दाइजोरहित विवाह गर्ने ४ जोडी सम्मानीत  बिहीबार, फागुन २४, २०८०
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत 
श्रमिक महिला दिवसको अवसरमा पाल्हीनन्दनका ५३ जना महिला सम्मानीत  बिहीबार, फागुन २४, २०८०
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान 
रामग्राम नगरद्वारा १ सय १२ बर्षिय पुरुष र ९९ बर्षिय एकल महिलालाई सम्मान  शनिबार, फागुन १२, २०८०
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्