Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • सरावल गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाई सम्पन्न 
सरावल गाउँपालिकाद्वारा सार्वजनिक सुनुवाई सम्पन्न 
नेपाली चेली
नेपाली चेली शुक्रबार, असार ६, २०८२

सरावल । सरावल गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१।०८२ को अन्तिम चौमासिकको सार्वजनिक सुनुवाई शुक्रवार सरावलमा सम्पन्न गरेको छ । गाउँपालिकाले पालिका तथा वडा नं.३ र ४ स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । 

सरावलमा सम्पन्न सार्वजनिक सुनुवाईमा सेवाग्राही नागरिकहरूले दर्जनौ प्रश्नहरू उठाएका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि सडक, विद्युतिकरण, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामुदायिक विद्यालयको शैक्षिण गुणस्तर, खानेपानी र सरसफाइ तथा ढल निकास, सार्वजनिक जग्गा व्यवस्थापन जस्ता महत्वपूर्ण विषयहरू उठाएका थिए । 

कार्यक्रममा सेवाग्राहीले जनप्रतिनिधि र कर्मचारीहरूको भ्रमणको सन्दर्भमा निकै चासो व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय रामनाथ चौधरीले कर्मचारीहरू कसको बजेटले भ्रमणमा जान्छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले भ्रमणमा जाँदा आपसी सरसल्लाह हुन्छ की हुँदैन भन्दै भ्रमणको उद्देश्य स्पष्ट गर्न आग्रह गर्नुभयो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीले नागरिकले गाउँपालिकाको विकासका सन्दर्भमा उठाएका दर्जनौ विषयहरूका आधारमा आगामी दिनमा योजना र बजेट ल्याउने प्रतिवद्धता व्यक्त गर्दै सेवाग्राहीले उठाएका प्रश्नको जवाफ दिनु भएको छ । 

कार्यक्रममा सेवा प्रवाहका विषयमा उठेका विषयहरूको सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राले जवाफ दिनु भएको छ । उहाँले चालु आ.ब.मा पालिकाबाट सम्पादन भएका कामहरूको जानकारी दिनुभयो । उहाँले कर्मचारीको भ्रमण, योजना छनौटको प्राथमिकता जस्ता विषयमा उठेका प्रश्नको जवाफ पनि दिनुभयो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, वडा नं. ३ का अध्यक्ष फिरङ्गिप्रसाद चौधरी, वडा नं. ४ का अध्यक्ष सुरेशप्रसाद यादव, कार्यपालिका सदस्य रामनिवास ठाकूर लगायतले उठेका विषयमा आफ्नो जवाफ दिनु भएको हो ।  

यसअघि बैशाख २६ गते वडा नं. १ र २ लक्षित र गत जेष्ठ १७ गते वडा नं.५, ६ र ७ लाई लक्षित गरी सार्वजनिक सुनुवाई गरिएको थियो तीन वटै स्थानमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गरेको प्रवन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनुभयो । 
 
 


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा शुक्रबार, चैत २७, २०८२
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्