परासी । अपाङ्गता सवाल तथा अपाङ्गता अधिकार सम्बन्धी जिल्लास्तरीय गोष्ठी बिहिबार परासीमा सम्पन्न भएको छ। सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा कार्यक्रम गरिएको हो।
सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना थापाको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो।
युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सञ्चालित डिआइडी परियोजनाले नवलपरासीका पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
अपाङ्गता भएका व्यक्तिका सवाल र अधिकार सुनिश्चितताका लागि गरिएका प्रयासहरूको बारेमा कार्यक्रमकी सम्पर्क व्यक्ति राधा सापकोटाले प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा युनाइटेड मिसन टु नेपालबाट सबु तामाङ, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता दीपक लगायतले बोल्दै अपाङ्गता भएका व्यक्तिको हक अधिकार र स्वरोजगारका लागि परियोजनाले गरेका कार्यक्रमहरु प्रभावकारी भएको बताउनु भयो। प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादव र पाल्हीनन्दनका अध्यक्ष गुप्ताले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य बीमाको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बैठकमा स्वास्थ्य कार्यालय, पशु कार्यालय, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासीका प्रमुखहरू र दुवै पालिकाका स्वास्थ्य प्रमुखहरूको उपस्थिति रहेको थियो।