परासी । रोटरी क्लव अफ नवलपरासीले बिहिवार ७ थान ह्वील चियर वितरण गरेको छ । जिल्लाका रामग्राम, सुनवल नगरपालिका, सरावल र पाल्हीनन्दन गाउँपालिकाका ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण गरिएको रोटरी क्लव बर्ष २०२४।०२५ का अध्यक्ष सुनिल कसौधनले बताउनु भयो ।
रामग्राम नगरपालिका वडा नं. २ का अतिफ अलि, वडा नं. १४ का डम्बरप्रसाद चौधरी, रामग्राम वडा नं. ७ का गौरीशंकर बेलदारलाई ह्वील चियर हस्तान्तरण गरिएको छ । यस्तै सुनवल नगरपालिका वडा नं. २ का बलबहादुर कुँवर, पाल्हीनन्दन गाउँपालिका वडा नं. १ का सदिकअहमद धुनिया, वडा नं. २ का जोखनप्रसाद थारु, सरावल गाउँपालिका वडा नं. ७ का मेघन लोनियालाई हस्तान्तरण गरिएको हो ।
“आफू ७ बर्षको उमेरमा लोटेर कम्मरमा चोट लाग्दा कम्मर मुनिको भाग नचल्ने अवस्थामा पुगेर मेरो यस्तो अवस्था भयो” सुनवल २ का बलबहादुर कुँवरले भन्नुभयो ।
यस्तै पाल्हीनन्दन गाउँपालिका वडा नं. २ का जोखनप्रसाद थारु पनि ६१ बर्षको उमेरमा लोटर घाइते बन्नु भयो । घाईत थारु उपचारका लागि अस्ताल पुग्दा तल्लो भाग नचल्ने भएको र अहिले पनि उपचार गर्दै आईरहेको बताउनु हुन्छ ।
ह्वील चियर पाउनेमा डम्बर वहादुर चौधरी, रामग्राम १४ निवासी हुनु हुन्छ उहाँको समस्या पनि उस्तै छ । हिंडडुलमा समस्या भइरहेका बेला ह्वील चियर पाएपछि जीवनयापनमा सहज हुने विश्वास उहाँको छ । खुसीहुँदै सहयोग गर्ने रोटरीलाई धन्यवाद दिन भयो ।
रोटरी क्लवका संस्थापक अध्यक्ष सुमन गोपाल आचार्यले रोटरी क्लवले आफ्नो स्थापना कालदेखि ह्वील चियर वितरण कार्यलाई “सिग्नेचर प्रोग्राम” को रुपमा लिइएको बताउँनु भयो । उहाँले रोटरीको स्थापना कालदेखि हालसम्म ६० थान ह्वील चियर वितरण गरिसकिएको जानकारी दिनुभयो । उहाँले समाजसेवाका विभिन्न तरीका हुन्छन् भन्दै अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टी मिल्ने गरेको बताउनुभयो।