कहाँर जाति पूर्व कालमा यातायातका कुनै पनि साधन र सुविधा नभएको बेलामा पैदल हिड्न नसक्ने राजा रजौटा, साहु, महाजन हुने खाने वर्ग तथा दुल्हा दुलही समेतलाई डोलि (पालकी) मा राखी काधँमा डोलि बोकेर निजहरूलाई सुरक्षाका साथ सकुशल गन्तव्यसम्म पुर्याउने र फर्काउने काम गरी आफ्नो पेशाप्रति पूर्ण इमान्दार, जिम्मेवार र समर्पित रहने साहसी र मेहनती जातीको रुपमा कहार जाति परिचित रही आएको छ ।
कहार जातिको उत्पत्ती, संस्कृतको स्कंधहार शब्दबाट भएको हो । जसको अर्थ हुन्छ काँधमा भार (वजन) उठाउनु हो । अर्थात यो कहार जाति प्राचीन कालमा आप्mनो काँधमा डोलि बोकी त्यसमा सवार व्यक्तिहरूलाई उहाँहरूको गन्तव्यसम्म पुर्याउनु र फर्काउने काम गरी समाजका विश्वास पात्र बनेका थिए ।
डोलि बोके वापत् पाउने पारिश्रमिकबाट आफ्नो जिविको पार्जन गर्दै आएका थिए । विवाहका बेला दुल्हा दुलहीलाई डोलिमा राखी माइती र ससुराली लैजाने र ल्याउने गर्दा पारिश्रमिकका साथ केही बक्सीस (पुरस्कार) समेत प्राप्त गर्ने गरेका थिए । यस कहार जातिका मानिस विभिन्न उपजातिको नामले पनि परिचित छन जस्तै - गोड, गौँड, धुरिया, महरा, चन्द्रवंशी, भोइ, राजवंशी आदि जातिको रुपमा समाजमा परिचित छन ।
कहार जातिका मानिसहरू नेपालका साथै भारतका बिहार, पश्चिम बंगाल, युपी, यम.पी, राजस्थान, महाराष्ट्रा आदि ठाउँमा पनि बसोवास गर्दै आएका छन ।
प्राचीन कालमा घटेको एउटा पौराणिक घट्नाको आधारमा वृत्तासुर नामक राक्षस मारिए पछि देवराज ईन्द्र श्रापित भई स्वर्गको सिघांसनमा बस्न अयोग्य ठहराइएका थिए । त्यस बेला पृथ्वी लोकका एक जना धर्मात्मा राजा निहुषलाइ स्र्वगको सिघांसनमा विराजमान गराइएको थियो । तर केही दिनपछि उनी स्र्वगका अप्सरा र चकाचौधको आकर्षणमा परि भोगविलासमा लिप्त भए । एक दिन राजा निहुषले ईन्द्रकी धर्मपत्नी साध्वी शशिलाई भेट्ने ईच्छा व्यक्त गरे र शशिले मलाई भेट्न आउन हो भने सप्तऋषिहरूले बोकेको डोलिमा चढि आउनु भनेर खबर पठाइन । शशिलाई भेट्न जाने मनमा राज निहुषले हतार भइरहेको बेला डोलि बोकेको कश्यप ऋषिलाई लात्तिले हिर्काइ दिए त्यस उपरान्त रिसले चुर भएर कश्यप ऋषिले राजा निहुषलाई मुर्ख तेरो धर्म नष्ट होस र तिमी दस हजार वर्ष सर्पको यौनीमा बस्न परोस भनि श्राप दिएका थिए ।
यसरी डोलि बोकेका ऋषिहरूको नै हामी पनि सन्तती भएको नाताले कहार जाति हिन्दु धर्म मान्ने सप्तऋषिहरूको वंशजको रुपमा आदिकाल देखि कहार जाति परिचित छ । पछिल्ला दिनहरूमा यातायातको सुविधा विकसित हुँदै गएपछि मानिसहरूले एक ठाउँबाट अर्को ठाउँमा ओहोर दोहोर गर्नका लागि विभिन्न प्रकारको सवारीका साधन हात्ती, घोडा, मोटरगाडी आदि प्रयोग गर्न थालेकोले कहार जातिको डोलि बोक्ने पेशा बिस्तारै लोप हुँदै गयो ।
त्यसपछिका दिनहरूमा कहार जातिका मानिसहरू खेति किसानी, सानो तिनो व्यवसाय, मत्स्यपालन, भुजा भुज्ने व्यवसाय आदि गरी आफ्नो जिविका चलाउन थाले ।
वर्तमान समयमा शिक्षा तर्फ आकर्षित भई आफ्नो प्रतिभाको विकास गर्ने अवसरको खोजिमा लागि परेकाछन ।
पारिवारिक दायित्वको बोध गर्दै समाज र राष्ट्र प्रतिको जिम्मेवारी बुझ्दै बसुधैव कुटुम्बकम को भावनाले ओत प्रोत भइ बाँच र बाँच्न देउ तथा परिश्रमले नै मानिस महान बन्दछ् भन्नेकुरा हृदयंगम गरी जीवन यापन गर्दै आएको कहार जातिको इतिहास रही आएको छ ।
शिवनाथ प्रसाद गौड (कहाँर)
लेखक गौड, पूर्व शिक्षक हुनु हुन्छ साथै साँस्कृतिक र धार्मिक व्यक्तित्वको रुपमा पनि चिनिनु हुन्छ ।