Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • माघी पर्व र थारु समुदाय : संस्कार संरक्षणमा महिलाको अग्रणी भूमिका
माघी पर्व र थारु समुदाय : संस्कार संरक्षणमा महिलाको अग्रणी भूमिका
नेपाली चेली
नेपाली चेली मंगलबार, पुस २९, २०८२

सुनयना चौधरी, पुस २९ नवलपरासी । 

पुसको अन्तिम रात, जब सिङ्गो संसार निद्रामा हुन्छ, थारु बस्तीका चुलोहरूमा आगो बलिसकेको हुन्छ । ढिकीको आवाज र चामलको पिठोको सुगन्धले गाउँ नै सुगन्धित भएको महसुस हुन्छ । यो कुनै साधारण बिहानी हुँदैन, यो थारु समुदायको ’महान् पर्व’ माघीको स्वागतका लागि हुने गर्दछ । थारु संस्कृतिमा माघीलाई नयाँ वर्ष, मुक्तिको दिन र नयाँ सुरुवातका रूपमा लिइन्छ । तर, यो उत्सवको भित्री तहमा पसेर हेर्ने हो भने, यसलाई जीवन्त राख्ने मुख्य शक्ति घरका महिलाहरू हुन् ।

नवलपरासी पश्चिम थारु समुदायको महान् पर्व माघीको अवसरमा नवलपरासीका थारु बस्तीहरू यतिबेला बेहुली झैँ सजिएका छन् । पुसको चिसोलाई बिर्सिँदै थारु महिलाहरू आफ्नो संस्कृति र परम्परा जोगाउन अहोरात्र खटिएका हुन्छन् । 

बर्दघाट नगरपालिका वडा नं.४ की तारादेवी थारु यतिबेला निकै व्यस्त हुनुहुन्छ । माघीको अघिल्लो रात (जिता मरवा, मछवारी) देखि नै उहाँको हात थामिदैन । तारादेवीका अनुसार, माघीमा महिलाहरूको मुख्य भूमिका धार्मिक शुद्धता कायम राख्नु हो । “हामी बिहानै झिसमिसेमा नदीमा पुगेर “मघौटा” नुहाउँछौँ, तारादेवी भन्नुहुन्छ, “नुहाएर आएपछि घरको दैलोमा जल छर्कने र पितृको पूजा गर्ने कामले घरमा शान्ति र समृद्धि ल्याउँछ भन्ने हाम्रो विश्वास छ ।”

त्यस्तै, बर्दघाट–१ माकरकी गौरी चौधरीका लागि माघी भनेको ’निस्राउ’ (उपहार) को पवित्र पर्व हो । उहाँले स्नान गरेर आएपछि सबैभन्दा पहिले आफ्ना विवाहित छोरीचेलीका लागि अन्न चामल र मासको दाल छुट्याउनु हुन्छ । गौरी भन्नुहुन्छ, “निस्राउ केवल अन्नको थुप्रो होइन, यो त हाम्रा चेलीबेटी र माइतीबीचको कहिल्यै नटुट्ने प्रेमको प्रतीक हो । यो संस्कार हामीले हाम्रा बजैहरूबाट सिकेका हौँ र अहिले नयाँ पुस्तालाई सिकाउँदै छौँ ।”

त्यस्तै सरावल–२ अत्रहटीकी रेखा चौधरीको घरमा यतिबेला ढिक्री र अनदीको चिचर पकाउने तयारी भइरहेको छ । थारु महिलाहरूका लागि ढिक्री बनाउनु एउटा विशेष धार्मिक कला हो । रेखाले चामलको पिठोबाट शंख, चक्र र विभिन्न पन्छीका आकृतिहरू बनाउनु भएको छ । रेखा भन्नुहुन्छ, “हामीले बनाएका यी आकृतिहरू पहिले देवतालाई चढाइन्छ, महिलाहरूले भान्छामा गर्ने यो मिहिनेत नै माघीको वास्तविक स्वाद र संस्कार हो ।” 

बर्दघाटकी तारादेवी र गौरीदेखि सरावलकी रेखा चौधरीसम्म, यी प्रतिनिधि पात्रहरूले नै थारु संस्कृतिलाई जीवन्त राखेका छन् । आधुनिकताको लहरमा पनि उनीहरूले आफ्नो पुख्र्यौली संस्कार, भाषा र भेषभूषालाई गौरवका साथ अँगालेका छन् । माघी पर्वले यी महिलाहरूको धैर्य, आस्था र परिवारप्रतिको सम्र्पणलाई हरेक वर्ष पुनः ताजा गर्ने गर्दछ । माघी पर्व थारु समुदायका लागि केवल एउटा क्यालेन्डरको परिवर्तन मात्र होइन, यो त महिलाहरूले आफ्नो आस्थाको रङले भरेको एउटा जीवित कला र सभ्यता हो ।
तराईका भुमीपूत्र आदीबासी जनजाती थारु समुदायमा माघिको रौनक बढ्दै गएको छ । तीन दिन उल्लासपूर्वक धुमधामसँग मनाईने यो पर्वलाई थारु समुदायमा पुसको अन्तिम दिनबाट मनाइने गरिन्छ । माघी थारु समुदायको सबैभन्दा ठुलो पर्व र नयाँ बर्ष पनि हो । माघी पर्व सुरु भएसंगै थारु गाउबस्तीमा उल्लास बढेको छ । गाउघर माघी सम्बन्धी गीतले गुञ्जयमान छ । माघि पर्वमा खिचडि भात खाने र खिचडि मेला जाने भएकोले यसलाई खिचडि, खिचरा पर्व पनि भन्ने गरिन्छ ।

१. मघौटा स्नान : जल र जीवनको सम्बन्ध
माघीको वास्तविक धार्मिक अनुष्ठान सूर्योदय हुनुभन्दा निकै अघि सुरु हुन्छ । पुसको चिसोमा पनि थारु महिलाहरू समूह बनाएर नजिकैको नदी तलाउ वा पोखरीमा पुग्छन् । यसलाई ’माघि नुहाउने’ भनिन्छ । धार्मिक मान्यता अनुसार, माघीको दिन जलाशयमा गरिने स्नानले शरीर मात्र होइन, आत्मा पनि शुद्ध हुन्छ । महिलाहरूले जल देवताको पूजा गर्छन् । यो संस्कारले प्रकृति र मानवबीचको अटुट सम्बन्धलाई दर्शाउँछ । नुहाएर फर्कँदा खाली हात नफर्कने र तामाको लोटामा जल ल्याएर घरको दैलोमा छर्कने परम्परा छ, जसले घरभित्र सकारात्मक ऊर्जा र शुद्धता ल्याउने विश्वास गरिन्छ ।

२. निस्राउ : प्रेम र त्यागको धार्मिक सङ्गम
स्नान गरेर घर फर्किएपछि महिलाहरूले गर्ने सबैभन्दा पवित्र कार्य ’निस्राउ’ छुट्याउनु हो । आफ्नो भागको चामल, मासको दाल, तरकारी र नुनबाट केही अंश निकालेर छुट्टै राखिन्छ । यो ’निस्राउ’ विवाहित छोरीचेलीलाई उपहार (अगरासन, दान) दिनका लागि निकालिन्छ । यो केवल अन्नको दान मात्र होइन, यो माइती र चेलीबीचको सम्बन्धलाई नवीकरण गर्ने धार्मिक विधि हो । सरावल २ पटखौलीकी इनारी देवी थारु भन्नुहुन्छ, “हामीले जतिसुकै दुःख गरे पनि छोरीचेलीको भाग पहिला सुरक्षित राख्नुपर्छ, ।” 

३. थारु परिकार ढिक्री र चिचर
थारु भान्छामा माघीको समयमा पाक्ने परिकारहरू केवल स्वादका लागि मात्र होइनन् । चामलको पिठोलाई बाफमा पकाएर बनाइने ’ढिक्री’ विभिन्न आकारका हुन्छन् । महिलाहरूले ढिक्री बनाउँदा शंख, चक्र, र विभिन्न पशुपन्छीको आकार दिन्छन्, जसको आफ्नै तान्त्रिक र धार्मिक अर्थ छ । त्यस्तै अनदीको चामलबाट चिचर बनाईन्छ । यी परिकारहरू पहिला कूल देवता र पितृहरूलाई अर्पण गरिन्छ । पितृ पूजा नगरी माघीको भोज सुरु हुँदैन । यसरी महिलाहरूले आफ्नो सीप मार्फत पितृहरूलाई खुसी पार्ने र परिवारमा स्नेह ल्याउने धार्मिक विश्वासलाई निरन्तरता दिइरहेका छन् ।

४. पहिरनमा झल्कने सभ्यता र ’मघौटा’ नाच
माघीको सांस्कृतिक पक्ष महिलाहरूको पहिरन र नाचबिना अधुरो हुन्छ । थारु पोसाक ’लेहंगा’, “अघिया ,झुलवा” र चाँदीका गहनाहरू— जस्तै गुडहुला , गोन्या (गोडामा लगाउने), हँसुली (घाँटीमा लगाउने), पाउजु ,माथा, बुहुटा (पाखुरामा लगाउने) ले सजिएका महिलाहरू जब ’मघौटा, झुम्रा’ नाचका लागि आँगनमा उत्रिन्छन्, तब थारु सभ्यताको वास्तविक सौन्दर्य देखिन्छ । मघौटा, झुम्रा नाचमा गाइने गीतहरूमा सृष्टिको उत्पत्ति, खेतीपाती र जीवनका भोगाइहरू समेटिएका हुन्छन् । यी गीतहरू पुस्तौँदेखि मौखिक रूपमा महिलाहरूले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएका छन् । यसरी उनीहरू एउटा अदृश्य ’सांस्कृतिक शिक्षिका’ को भूमिकामा देखिन्छन् ।

५. व्यवस्थापन र सामाजिक न्याय
माघीको समयमा थारु समुदायमा ’खोज्नीबोज्नी’ गरिन्छ, जहाँ वर्षभरिको हिसाबकिताब र नयाँ नेतृत्व भल्मन्सा, मुखिया र बडखर चयन हुन्छन । यद्यपि बाहिरी रूपमा पुरुषहरूको सहभागिता बढी देखिए पनि घरभित्रको सल्लाह र आर्थिक व्यवस्थापनमा महिलाहरूको निर्णय नै अन्तिम हुन्छ । कसलाई कति दान दिने, पाहुनाको सत्कार कसरी गर्ने र नयाँ वर्षको योजना कसरी बनाउने भन्ने कुरामा महिलाहरू नै निर्णायक भूमिकामा हुन्छन् ।

आजको बदलिँदो समयमा प्रविधि र आधुनिकताले थारु बस्तीहरूलाई पनि छोएको छ । तर, माघीको त्यो मौलिक बास्ना र संस्कार अझै हराएको छैन । किनकि, हरेक थारु घरमा एकजना आमा, दिदी वा बहिनी छिन्, जसले चिसो नदीमा नुहाएर ’निस्राउ’ छुट्याउँदै गर्दा आफ्नो संस्कृतिलाई मर्न दिएकी छैनन् । माघी पर्व वास्तवमा थारु महिलाहरूको साहस, श्रद्धा र सृजनशीलताको महाकुम्भ हो । उनीहरूले जोगाएको यो संस्कार नै थारु समुदायको वास्तविक सम्पत्ति हो । २०८२ साल माघ १ गतेबाट थारु सम्बत २६४९ सुरु हुने थारु कल्याणकारी सभा नवलपरासीका जिल्ला अध्यक्ष मुद्रिका चौधरीले बताउनु भयो । 
 


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्