
विश्वभर आज अर्थात् श्रावण १६ देखि २२ गतेसम्म ( अगस्ट १ देखि ७ ) विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ। यस वर्ष "स्तनपानलाई प्राथमिकता दिऔ, सहयोगी वातावरण निर्माण गरौं।" भन्ने नारा तय गरिएको हो।
यो सन्देशले हामी सबैलाई स्मरण गराउँदछ कि, स्तनपान केवल आमाको मात्र जिम्मेवारी नभई परिवार, समाज र राष्ट्रको नीति निर्माताहरूको पनि दायित्व हो। आमाले आफ्नो शिशुलाई स्तनपान गराउन सहयोगी वातावरण प्रदान गर्नु पर्ने हुन्छ ।

स्तनपान भन्नाले के बुझिन्छ?
स्तनपान भन्नाले शिशुलाई आमाको दूध खुवाउने प्रक्रिया हो। यो शिशु जन्मिना साथ जति सक्दो छिटो एक घण्टाभित्र स्तनपान गराउन अत्यावश्यक हुन्छ।
१. शिशुको लागि स्तनपान गराउँदाको फाइदा :
- आमाको दूधमा सबै पोषक तत्वहरू हुन्छन् जुन शिशुको विकासका लागि अत्यावश्यक हुन्छ।
- शिशुलाई रोगसँग लड्ने क्षमता दिन्छ जसले बिरामी दर कम हुन्छ ।
- सङ्क्रमण निमोनिया र कुपोषणबाट जोगाउँदछ।
- शारीरिक र मानसिक विकासमा सहयोग पुग्दछ।
२. आमालाई स्तनपान गराउँदा हुने फाइदा :
- बच्चा जन्मेपछि गर्भाशय खुम्चिन मद्दत गर्छ जसले गर्दा धेरै रगत बग्नबाट जोगाउँदछ।
- आमा र बच्चाको आत्मयता माया बढाउँदछ।
- स्तन र पाठेघरको क्यान्सर जोखिम कम हुन्छ।
- नियमित स्तनपान गराउँदा गर्भनिरोधकमा पनि सहयोग गर्दछ।

बच्चा जन्मिनासाथ जति सक्दो छिटो एक घण्टाभित्र स्तनपान गरा हुनुपर्छ । साथै ६ महिनासम्म आमाको दुध मात्र खुवाउने र दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्दछ ।
- कल्पना पाैडेल, पब्लिक हेल्थ नर्सिङ अधिकृत, स्वास्थ्य कार्यालय नवलपरासी