Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
नेपाली चेली
नेपाली चेली बुधबार, वैशाख ३०, २०८३

विश्व स्वास्थ्य संगठनका अनुसार महिनावारी सुक्ने अवस्थालाई रजोनिवृत्ति(मेनोपज) भनिन्छ । यस्तै महिलाको रजोनिवृत्ति हुने सरदर उमेर ५१ वर्ष हो भनेर पनि विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख गरिएको पाईन्छ । रजोनिवृत्ति भन्नाले महिनावारीको अन्त्यलाई जनाउँछ । यो डिम्बासयको कार्यक्षमता हराउने अवस्था पनि हो । जव डिम्बासयले डिम्ब उत्सर्जन गर्न बन्द गर्छन तव महिनावारी र गर्भधारण दुबै हुँदैन । रजोनिवृत्ति भनेको महिलाको महिनावारी चक्रको अन्त्य हुने समय हो । जसरी महिनावरी हुनु प्राकृतिक तथा जैविक प्रकेया हो, त्यसैगरी रजोनिवृत्ति पनि प्राकृतिक एवं जैविक प्रक्रिया हो ।  नेपाली महिलाहरुको महिनावारी सामान्यतया ४५ देखि ५५ वर्ष पुगेपछि बन्द हुन्छ । तर एक प्रतिशत महिलाले ४० वर्ष वा सो भन्दा कम उमेरमा रजोनिवृत्तिको अनुभव गर्दछन, यसलाई समयपूर्वको रजोनिवृत्ति भनिन्छ ।  

अन्तराष्ट्रिय स्तरमा  अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्ति पछिको अवस्थालाई लिएर अनुसन्धान भएको पाईन्छ ।  नेपालमा भने मेनोपोज सिमटम इन नेपालकी डा. कान्ति गिरीले सन २००१ म काठमाडौं, भक्तपुर ,ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एक अध्ययन रहेको पाईन्छ  । यसोत रुपन्देहीको  सिर्जनशील संस्था नेपाल (सिन) ले रजोनिवृत्ति सम्बन्धी जानकारी पुस्तिका प्रकाशन गरेको छ ।  

रजोनिवृत्ति कुनै रोग होईन महिलाको प्राकृतिक जीवनचक्रको  चरण हो ।  हाम्रो समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यमा खुलेर कुरा गर्ने वातावरण न्यून रुपमा छ । यसमा पनि किशोरी र महिलाहरुको महिनावारीको कुरा गरिन्छ तर महिलाको महिनावारी सुक्ने कुरामा कसैले ध्यान दिएको पाइदैन । जसका कारण यो समयमा धेरै महिलाहरुले शारीरिक,मानसिक,पारिवारिक र सामाजिक समस्या एक्लै भोगिरहेको बताउँछन् । 
विश्व स्वास्थ्य संगठनका अनुसार महिला ४० वर्ष भएपश्चात महिनावारी सुक्ने र यसका लक्षणहरु देखिने गर्छ । अहिलेसम्मको परिवेशमा नेपाली समुदायमा  सामान्यतया महिलामा ४५ देखि ५५ वर्षको बीचमा महिनावारी सुकेको पाईन्छ । स्त्री रोग विशेषज्ञका अनुसार एक स्वस्थ महिला ४७ देखि ५० वर्षको उमेर हुँदा उसको महिनावारी सुक्नेगर्छ । यदी कुनै पनि महिला ५२ वर्ष भल्दा बढी उमेरसम्म पनि नियमित रुपमा महिनावारी भएमा  तालिक प्राप्त स्वास्थ्यकर्मीवा सम्बन्धित विशेषज्ञसंग परामर्श लिनुपर्ने हुन्छ । 

रजोनिवृत्तिका प्रमुख समस्याहरु:
रजोनिवृत्तिका समयमा शरीरमा हर्मोनको पविर्तन हुने भएकाले विभिन्न शारीरिक र मानसिक लक्षणहरु देखिन सक्छन् । अनियमित महिनावारी,अत्याधिक पसिना आउने वा शरीर तातिने, निद्रा नलाग्ने, चिडचिडापन, तनाव,मानसिक स्वास्थ्य समस्या, थकान, कमजोरी, जोर्नी तथा मांसपेशी दुख्ने,यौन इच्छामा कमी आउनु, स्मरणशक्ति कमजोर हुनु, तौल बढ्नु र मुटु तथा हड्ढी सम्बन्धी समस्या बढ्ने जोखिम जस्ता लक्षणहरु देखिन्छन् । यि लक्षणहरु भने सबै महिलामा समान रुपले हुँदैनन् । कसंलाई सामान्य असर पर्न सक्छ भने कसैलाई दैनिक जीवन नै प्रभावित हुने अवस्था पनि आउन सक्छ । 

महिलामाथि प्रत्यक्ष पर्ने असर:
रजोनिवृत्तिको असर केवल महिलाको शारीरिकसंग मात्र होईन,उसको मानसिक र भावनासंग पनि जोडिएको हुन्छ । धेरै महिलाहरुले महिनावारी सुकेपश्चात आफूमा बुढ्यौलि लागेको सम्झदै जीवनको पुरै समय सकिए जस्तो लाग्ने बताउँछन् । सम्बन्धित विशेषज्ञका अनुसार भने यो प्रजनन स्वास्थ्यको एक अंश हो समय पुगेपछि बन्द हुन्छ । समाजले पनि महिलाको प्रजनन क्षमतासंग उसको मुल्य जोड्ने प्रवृत्ति राखेकाले आत्मविश्वासमा असर पर्न सक्छ । ग्रामिण क्षेत्रमा अझै पनि रजनोवृत्तिलाई रोग,अशुभ वा कमजारीको संकेतका रुपमा हेर्ने गलत धारणा पाईन्छ । यौन सम्पर्क गर्ने इच्छा नभएपछि श्रीमानबाट पनि यस विषयमा खटपट हुन सुरु हुन्छ । जसले गर्दा महिलालाई मानसिक तनाव र एक्लोपनाको महसुश हुने गर्छ । 

परिवार र समाजमा पर्ने असर:
आजको एक्काइसौ  सताब्दीसम्म आईपुग्दा पनि घरभित्रको कामको जिम्म्ोवारी परिवारका सबै सदस्यबीच बाँडफाँड भएको पाइदैन । अपवादका रुपमा बाहेक विशेष गरी महिलाले नै परिवारको हेरचाह,घरयासी काम,बालबालिका र ज्येष्ठ सदस्यको जिम्मेवारी लामो समयसम्म सम्हालिरहेका हुन्छन् । यसमा पनि अहिलेको अवस्थामा धेरै महिलाहरु पेशा वा व्यवसायमा पनि सम्लग्न भएर जीविकोपार्जन गरिरहेकाछन् । रजोनिवृत्तिको समयमा उनिहरुलाई भावानात्मक सहयोग र आरामको आवश्यक पर्छ । यस समयमा देखिने लक्षणहरुले गर्दा परिवार,समाज र कार्यालयमा उल्टै किन रिसाएको ?सानो कुरात होनि किन मन दुखाएको ? यति काम गर्दा पनि के थकाई लागेको ? जस्ता प्रश्नहरुले उनिहरुको अवस्थालाई नबुझिकन मानसिक रुपमा तनाव दिएर थम कमजोर बनाईन्छ । यसले परिवारका सदस्य,कार्यालयका सहकर्मी र श्रीमान–श्रीमतीबीच दूरी बढ्न सक्छ । महिलामा हुने मानसिक तनाव,शारीरिक परिवर्तन र यौन स्वास्थ्सम्बन्धी समस्याबारे श्रीमानश्रीमती ,परिवार,समुदाय र कार्यालयमा खुलेर संवाद नगर्दा सम्बन्ध टाढिने सम्भावना बढी हुन्छ । 

श्रीमान–श्रीमतीको सम्बन्धमा आवश्यक समझदारी:
रजोनिवृत्तिको समयमा  रहेका हरेक महिलाहरुलाई आफ्नो श्रीमानको साथ र समझदारी अत्यान्त महत्वपूर्ण हुन्छ । यसर्थ आफ्नो श्रीमतिको भावानात्मक  अवस्थालाई बुझ्ने,स्वास्थ्य परिक्षण र उपचारमा सहयोग गर्ने,घरयासी जिम्म्ोवारी बाँड्ने,यौन तथा मानसिक स्वास्थ्यबारे खुलेर संवाद गर्ने र यो महिलामा हुने प्रजनन प्रक्रियाको एक चरण हो भनेर बुझ्न सक्ने श्रीमान हुनुपर्दछ । यस्ता व्यवहारले मात्र सम्बन्धमा थप मजवुद बन्न सक्छ । दाम्पत्य सम्बन्ध केवल शारीरिक सम्बन्धमा सीमित नभई  विश्वास,भावानात्मक भरोसा र सम्मानमा आधारित हुनुपर्द छ भन्ने सन्देश रजोनिवृत्तिको समयमा महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञको भनाई छ 

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । महिलाले यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई पनि मौलिक हकका रुपमा स्वीकार गरेको छ । संविधानको व्यवस्था अनुसार कानुन र नीति भएपाि  कार्यान्वयनमा भने  चुनौती देखिन्छ । रजोनिवेत्तिबारे जनचेतनाको कमी,ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा अभाव,मानसिक स्वास्थ्यलाई महत्व नदिनु,परिवारमा खुलेर संवाद नगर्नु,महिलाको पीडालाई सामान्य कुरा भनेर वेवास्ता गरिन्छ । अझै पनि महिलाको स्वास्थ्यलाई महिनावारी,गर्भावस्था र सुत्केरी अवस्थासम्ममात्र सीमित गरेर हेर्ने प्रवृत्ति छ । यस पक्षलाई आगामी दिनमा सुधार गर्न आवश्यक छ । 

रजोनिवृत्तिको बारेमा जागरण अभियानको आवश्यकता:
रजोनिवृत्तिपछि महिलाको स्वास्थ्य र मानसिक अवस्थाबारे पर्याप्त छलफल तथा कार्यक्रम निकै कम छन् । रुपन्देहीको  सिर्जनशील संस्था नेपालले सन सन २०२२ देखि २०२४ सम्म दुई वर्ष लगाएर एक अध्यान गरेको पाईन्छ  । जुन अध्यानमा  तिलोत्तमा नगरपालिकामा बस्दै आएका ४५ देखि ५५ उमेर समुहका २५४ जना महिलालाई रजोनिवृत्ति सम्बन्धी जानकार छ वा छैन , लक्ष्णहरुको संकेत र समुदायमा सचेतनाको अवस्थाबारे  प्रत्यक्ष प्रश्न सोधेर अध्यान गरेको देखिन्छ ।  

यो अध्ययन अनुसार २५४ उत्तरदाता महिला मध्य ३७ दशमलप ४ प्रतिशतले रजनोवृत्तिका बारेमा सुनेको बताएका थिए । त्यसैगरी ६९ प्रतिशत महिलाले रजोनिवृत्तिको समयमा विभिन्न समस्या सामना गर्नुपरेको बताएका थिए । यि मध्य समस्या देखिएर औषधी खाने १० प्रतिशत छन् भने ७२ प्रतिशत महिलाले आफ्नै  श्रीमानबाट यौन दुव्र्यहार महशुस गरेको बताएका छन् । यस्तै ८० प्रतिशत महिलाले लैंगिक हिैसा भोग्नुपरेको बताएकाछन् । यसर्थ रजोनिवृत्तिलाई लुकाउने हाईन, बुझ्ने, स्वीकार र सम्मन गर्ने संस्कारको विकास गर्न आवश्यक देखिन्छ । यसबारे देशव्यापी रुपमा महिलासंगै पुरुष जागरण  तथा सचेतना कार्यक्रम गरिनुपर्छ ।  विद्यालय, समुदाय, संचारमाध्यम र स्वास्थ्य संस्थाहरुले यसबारे सचेतना फैलाउनु पर्दछ । परिवारले रजोनिवृत्तिको समयमा रहेका महिलाहरुलाई दुव्र्यवहार नगरिकन सम्मनित सदस्यका रुपमा आवश्यक सहयोग गर्नुपर्छ । 

रजोनिवृत्ति अन्त्य होईन, महिलाको अनुभव, परिपक्क्ता र आत्मविश्वासले भरिएको नयाँ जीवनको सुरुवात हो । जुन महिला जीवनभर परिवार र समाजका लागि सर्मपित हुन्छिन,उनको जीवनको यो संवेदनशील चरणमा उनलाई साथ,सम्मान र सहयोग गर्नु परिवार र समाज दुबैको जिम्मेवारी हो । 


प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?   शनिबार, मंसिर २०, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्