विश्व स्वास्थ्य संगठनका अनुसार महिनावारी सुक्ने अवस्थालाई रजोनिवृत्ति(मेनोपज) भनिन्छ । यस्तै महिलाको रजोनिवृत्ति हुने सरदर उमेर ५१ वर्ष हो भनेर पनि विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख गरिएको पाईन्छ । रजोनिवृत्ति भन्नाले महिनावारीको अन्त्यलाई जनाउँछ । यो डिम्बासयको कार्यक्षमता हराउने अवस्था पनि हो । जव डिम्बासयले डिम्ब उत्सर्जन गर्न बन्द गर्छन तव महिनावारी र गर्भधारण दुबै हुँदैन । रजोनिवृत्ति भनेको महिलाको महिनावारी चक्रको अन्त्य हुने समय हो । जसरी महिनावरी हुनु प्राकृतिक तथा जैविक प्रकेया हो, त्यसैगरी रजोनिवृत्ति पनि प्राकृतिक एवं जैविक प्रक्रिया हो । नेपाली महिलाहरुको महिनावारी सामान्यतया ४५ देखि ५५ वर्ष पुगेपछि बन्द हुन्छ । तर एक प्रतिशत महिलाले ४० वर्ष वा सो भन्दा कम उमेरमा रजोनिवृत्तिको अनुभव गर्दछन, यसलाई समयपूर्वको रजोनिवृत्ति भनिन्छ ।
अन्तराष्ट्रिय स्तरमा अमेरिकी तथा जापानी महिलाका बीचमा अधिकांश रजोनिवृत्ति पछिको अवस्थालाई लिएर अनुसन्धान भएको पाईन्छ । नेपालमा भने मेनोपोज सिमटम इन नेपालकी डा. कान्ति गिरीले सन २००१ म काठमाडौं, भक्तपुर ,ललितपुर, कास्की, मकवानपुर र चितवनका १५० महिलामा गरिएको एक अध्ययन रहेको पाईन्छ । यसोत रुपन्देहीको सिर्जनशील संस्था नेपाल (सिन) ले रजोनिवृत्ति सम्बन्धी जानकारी पुस्तिका प्रकाशन गरेको छ ।
रजोनिवृत्ति कुनै रोग होईन महिलाको प्राकृतिक जीवनचक्रको चरण हो । हाम्रो समाजमा अझै पनि यौन तथा प्रजनन स्वास्थ्यमा खुलेर कुरा गर्ने वातावरण न्यून रुपमा छ । यसमा पनि किशोरी र महिलाहरुको महिनावारीको कुरा गरिन्छ तर महिलाको महिनावारी सुक्ने कुरामा कसैले ध्यान दिएको पाइदैन । जसका कारण यो समयमा धेरै महिलाहरुले शारीरिक,मानसिक,पारिवारिक र सामाजिक समस्या एक्लै भोगिरहेको बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार महिला ४० वर्ष भएपश्चात महिनावारी सुक्ने र यसका लक्षणहरु देखिने गर्छ । अहिलेसम्मको परिवेशमा नेपाली समुदायमा सामान्यतया महिलामा ४५ देखि ५५ वर्षको बीचमा महिनावारी सुकेको पाईन्छ । स्त्री रोग विशेषज्ञका अनुसार एक स्वस्थ महिला ४७ देखि ५० वर्षको उमेर हुँदा उसको महिनावारी सुक्नेगर्छ । यदी कुनै पनि महिला ५२ वर्ष भल्दा बढी उमेरसम्म पनि नियमित रुपमा महिनावारी भएमा तालिक प्राप्त स्वास्थ्यकर्मीवा सम्बन्धित विशेषज्ञसंग परामर्श लिनुपर्ने हुन्छ ।
रजोनिवृत्तिका प्रमुख समस्याहरु:
रजोनिवृत्तिका समयमा शरीरमा हर्मोनको पविर्तन हुने भएकाले विभिन्न शारीरिक र मानसिक लक्षणहरु देखिन सक्छन् । अनियमित महिनावारी,अत्याधिक पसिना आउने वा शरीर तातिने, निद्रा नलाग्ने, चिडचिडापन, तनाव,मानसिक स्वास्थ्य समस्या, थकान, कमजोरी, जोर्नी तथा मांसपेशी दुख्ने,यौन इच्छामा कमी आउनु, स्मरणशक्ति कमजोर हुनु, तौल बढ्नु र मुटु तथा हड्ढी सम्बन्धी समस्या बढ्ने जोखिम जस्ता लक्षणहरु देखिन्छन् । यि लक्षणहरु भने सबै महिलामा समान रुपले हुँदैनन् । कसंलाई सामान्य असर पर्न सक्छ भने कसैलाई दैनिक जीवन नै प्रभावित हुने अवस्था पनि आउन सक्छ ।

महिलामाथि प्रत्यक्ष पर्ने असर:
रजोनिवृत्तिको असर केवल महिलाको शारीरिकसंग मात्र होईन,उसको मानसिक र भावनासंग पनि जोडिएको हुन्छ । धेरै महिलाहरुले महिनावारी सुकेपश्चात आफूमा बुढ्यौलि लागेको सम्झदै जीवनको पुरै समय सकिए जस्तो लाग्ने बताउँछन् । सम्बन्धित विशेषज्ञका अनुसार भने यो प्रजनन स्वास्थ्यको एक अंश हो समय पुगेपछि बन्द हुन्छ । समाजले पनि महिलाको प्रजनन क्षमतासंग उसको मुल्य जोड्ने प्रवृत्ति राखेकाले आत्मविश्वासमा असर पर्न सक्छ । ग्रामिण क्षेत्रमा अझै पनि रजनोवृत्तिलाई रोग,अशुभ वा कमजारीको संकेतका रुपमा हेर्ने गलत धारणा पाईन्छ । यौन सम्पर्क गर्ने इच्छा नभएपछि श्रीमानबाट पनि यस विषयमा खटपट हुन सुरु हुन्छ । जसले गर्दा महिलालाई मानसिक तनाव र एक्लोपनाको महसुश हुने गर्छ ।
परिवार र समाजमा पर्ने असर:
आजको एक्काइसौ सताब्दीसम्म आईपुग्दा पनि घरभित्रको कामको जिम्म्ोवारी परिवारका सबै सदस्यबीच बाँडफाँड भएको पाइदैन । अपवादका रुपमा बाहेक विशेष गरी महिलाले नै परिवारको हेरचाह,घरयासी काम,बालबालिका र ज्येष्ठ सदस्यको जिम्मेवारी लामो समयसम्म सम्हालिरहेका हुन्छन् । यसमा पनि अहिलेको अवस्थामा धेरै महिलाहरु पेशा वा व्यवसायमा पनि सम्लग्न भएर जीविकोपार्जन गरिरहेकाछन् । रजोनिवृत्तिको समयमा उनिहरुलाई भावानात्मक सहयोग र आरामको आवश्यक पर्छ । यस समयमा देखिने लक्षणहरुले गर्दा परिवार,समाज र कार्यालयमा उल्टै किन रिसाएको ?सानो कुरात होनि किन मन दुखाएको ? यति काम गर्दा पनि के थकाई लागेको ? जस्ता प्रश्नहरुले उनिहरुको अवस्थालाई नबुझिकन मानसिक रुपमा तनाव दिएर थम कमजोर बनाईन्छ । यसले परिवारका सदस्य,कार्यालयका सहकर्मी र श्रीमान–श्रीमतीबीच दूरी बढ्न सक्छ । महिलामा हुने मानसिक तनाव,शारीरिक परिवर्तन र यौन स्वास्थ्सम्बन्धी समस्याबारे श्रीमानश्रीमती ,परिवार,समुदाय र कार्यालयमा खुलेर संवाद नगर्दा सम्बन्ध टाढिने सम्भावना बढी हुन्छ ।
श्रीमान–श्रीमतीको सम्बन्धमा आवश्यक समझदारी:
रजोनिवृत्तिको समयमा रहेका हरेक महिलाहरुलाई आफ्नो श्रीमानको साथ र समझदारी अत्यान्त महत्वपूर्ण हुन्छ । यसर्थ आफ्नो श्रीमतिको भावानात्मक अवस्थालाई बुझ्ने,स्वास्थ्य परिक्षण र उपचारमा सहयोग गर्ने,घरयासी जिम्म्ोवारी बाँड्ने,यौन तथा मानसिक स्वास्थ्यबारे खुलेर संवाद गर्ने र यो महिलामा हुने प्रजनन प्रक्रियाको एक चरण हो भनेर बुझ्न सक्ने श्रीमान हुनुपर्दछ । यस्ता व्यवहारले मात्र सम्बन्धमा थप मजवुद बन्न सक्छ । दाम्पत्य सम्बन्ध केवल शारीरिक सम्बन्धमा सीमित नभई विश्वास,भावानात्मक भरोसा र सम्मानमा आधारित हुनुपर्द छ भन्ने सन्देश रजोनिवृत्तिको समयमा महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञको भनाई छ
नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ । महिलाले यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई पनि मौलिक हकका रुपमा स्वीकार गरेको छ । संविधानको व्यवस्था अनुसार कानुन र नीति भएपाि कार्यान्वयनमा भने चुनौती देखिन्छ । रजोनिवेत्तिबारे जनचेतनाको कमी,ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा अभाव,मानसिक स्वास्थ्यलाई महत्व नदिनु,परिवारमा खुलेर संवाद नगर्नु,महिलाको पीडालाई सामान्य कुरा भनेर वेवास्ता गरिन्छ । अझै पनि महिलाको स्वास्थ्यलाई महिनावारी,गर्भावस्था र सुत्केरी अवस्थासम्ममात्र सीमित गरेर हेर्ने प्रवृत्ति छ । यस पक्षलाई आगामी दिनमा सुधार गर्न आवश्यक छ ।
रजोनिवृत्तिको बारेमा जागरण अभियानको आवश्यकता:
रजोनिवृत्तिपछि महिलाको स्वास्थ्य र मानसिक अवस्थाबारे पर्याप्त छलफल तथा कार्यक्रम निकै कम छन् । रुपन्देहीको सिर्जनशील संस्था नेपालले सन सन २०२२ देखि २०२४ सम्म दुई वर्ष लगाएर एक अध्यान गरेको पाईन्छ । जुन अध्यानमा तिलोत्तमा नगरपालिकामा बस्दै आएका ४५ देखि ५५ उमेर समुहका २५४ जना महिलालाई रजोनिवृत्ति सम्बन्धी जानकार छ वा छैन , लक्ष्णहरुको संकेत र समुदायमा सचेतनाको अवस्थाबारे प्रत्यक्ष प्रश्न सोधेर अध्यान गरेको देखिन्छ ।
यो अध्ययन अनुसार २५४ उत्तरदाता महिला मध्य ३७ दशमलप ४ प्रतिशतले रजनोवृत्तिका बारेमा सुनेको बताएका थिए । त्यसैगरी ६९ प्रतिशत महिलाले रजोनिवृत्तिको समयमा विभिन्न समस्या सामना गर्नुपरेको बताएका थिए । यि मध्य समस्या देखिएर औषधी खाने १० प्रतिशत छन् भने ७२ प्रतिशत महिलाले आफ्नै श्रीमानबाट यौन दुव्र्यहार महशुस गरेको बताएका छन् । यस्तै ८० प्रतिशत महिलाले लैंगिक हिैसा भोग्नुपरेको बताएकाछन् । यसर्थ रजोनिवृत्तिलाई लुकाउने हाईन, बुझ्ने, स्वीकार र सम्मन गर्ने संस्कारको विकास गर्न आवश्यक देखिन्छ । यसबारे देशव्यापी रुपमा महिलासंगै पुरुष जागरण तथा सचेतना कार्यक्रम गरिनुपर्छ । विद्यालय, समुदाय, संचारमाध्यम र स्वास्थ्य संस्थाहरुले यसबारे सचेतना फैलाउनु पर्दछ । परिवारले रजोनिवृत्तिको समयमा रहेका महिलाहरुलाई दुव्र्यवहार नगरिकन सम्मनित सदस्यका रुपमा आवश्यक सहयोग गर्नुपर्छ ।
रजोनिवृत्ति अन्त्य होईन, महिलाको अनुभव, परिपक्क्ता र आत्मविश्वासले भरिएको नयाँ जीवनको सुरुवात हो । जुन महिला जीवनभर परिवार र समाजका लागि सर्मपित हुन्छिन,उनको जीवनको यो संवेदनशील चरणमा उनलाई साथ,सम्मान र सहयोग गर्नु परिवार र समाज दुबैको जिम्मेवारी हो ।