Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विचार
  • Home
  • विचार
  • लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः रामग्रामले १६ दिने अभियानमा के गर्दै छ?  
नेपाली चेली
नेपाली चेली शनिबार, मंसिर २०, २०८२

लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान, नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म १६ दिनलाई लैङ्गिक हिंसा विरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियान विश्वभर मनाउँदै आएको छ । महिला माथि हुने हिंसा मानव अधिकार हनन्को सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोही अनुरुप कार्य गर्न देश तथा संयुक्त राष्ट्रसंघीय निकायहरूलाई आह्वान गर्ने उद्देश्यले यो अभियान २५ नोभेम्बर (महिला हिंसा विरुद्घको दिवस नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म मानव अधिकार दिवस) सम्म मनाउने गरिन्छ ।

यसको पृष्टभूमी फर्केर हेर्दा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदी बहिनीहरूको तत्कालिन त्रुजिलो तानाशाही सरकारले १९६० मा गरेको निर्मम हत्यासँग जोडिएको छ । यस घटनालाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । यसै प्रतिरुप पेट्रिया, मिनर्भा र मारिया नाम गरेका यी तीन दिदीबहिनीहरूको हत्यालाई महिला विरुद्घको हिंसाको रुपमा लिई महिलावादीहरूद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको हो । 

पछि संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी संसारभर नै यो दिवसलाई महिला हिंसा विरुद्घको दिवसको रुपमा स्थापित गरियो । साथै महिला हिंसा नगर्ने, हिंसा विरुद्घ आवाज उठाई शून्य सहनशिलता कायम गर्न पुरुष वर्गबाट सेतो रिवन लगाइ गरिएको ऐक्यवद्वतालाई सेतो रिवन अभियान भनिन्छ सो अभियानलाई लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियानसँग जोडेर हेर्ने गरेको पाइन्छ ।
सोही अनुसार नेपालमा पनि नोभेम्बर २५, देखि डिसेम्बर १० तारिकसम्म महिला हिंसा विरुद्घको १६ दिने अभियान कार्यक्रम मनाउँदै आएको छ । विगत झैँ यस वर्ष “प्रविधिको सहि प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौ” भन्ने मूल नाराका साथ देशैभरी यो अभियान विभिन्न कार्यक्रम गरी मनाउँदै आएको पाइन्छ । सोही अनुरुप रामग्राम नगरपालिकाको कार्यालय महिला तथा बालबालिका शाखाको अगुवाईमा नगरक्षेत्रभित्र सरोकारवाला निकायहरूको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिदैछ ।

सरकारको योजनाबद्व प्रयासले नेपाली समाजमा विद्यमान लैङ्गिक हिंसाका विविध स्वरुपहरूलाई पहिचान गरी यस्ता घटना हुन नदिन, भएमा तत्काल कारवाही गर्न र दीर्घकालिन रुपमा यसलाई निर्मूल गर्न आवश्यक पर्ने नीतिगत, कानुनी र संस्थागत व्यवस्थाहरू गर्दै आएको छ । साथै ती व्यवस्थाहरूको कार्यान्वयनबाट धेरै महत्वपूर्ण उपलब्धी हासिल भएका पनि छन् । नेपाली समाजमा लामो समयदेखि जरा गाडेर रहेको लैङ्गिक हिंसाजन्य समस्यालाई ठोस ढंगले सम्बोधन गर्नु आवश्यक छ । 

यसैगरी २५ सेप्टेम्बर २०१५ मा संयुक्त राष्ट्र संघको साधारण सभाले पारित गरेको दिगो विकासको लक्ष्यहरू प्राप्तिका लागि समेत महिला सशक्तिकरण र विभेदपूर्ण संरचनाको अन्त्य आवश्यक रहेको सम्पूर्ण राष्ट्रहरूले महशूस गरेका छन् । त्यसैले सन् २०३० सम्म गरिवीको अन्त्य गर्ने प्रमूख उद्देश्य रहेको दिगो विकासका लक्ष्यहरूको प्रमूख प्राथमिकता महिला तथा बालिकाका लागि लैङ्गिक समानता तथा सशक्तिकरण हासिल गर्नु रहेको छ । 

त्यसैगरी २०३० सम्ममा नेपालमा बालविवाहको अन्त्य गर्ने लक्ष्य समेत लिएको छ । लैङ्गिक हिंसा अन्त्य गर्न, महिला माथि हुने हिंसाको अन्त्य हुने वातावरण सिर्जना गर्न तथा लैङ्गिक असमानताबाट सिर्जित भेदभावको अन्तरनिहित कारणहरूको सम्बोधन गर्न आवश्यक रहेको छ । यो तब मात्र सम्भव छ जब लैङ्गिक हिंसा रहित समाजको सिर्जना हुन्छ । यसका लागि १६ दिनको अभियान मात्र होइन ३६५ दिन नै अभियान चलाउनुपर्ने आवश्यकता देखिन्छ । 
यस अभियानका लागि “म हिंसा गर्दिन, म हिंसा सहँदिन र हिंसा भएमा तुरुन्त प्रतिकार गरी शून्य शहनशीलता अपनाउँछु” भन्ने तीन कुरालाई मनन् गरी व्यवहारमा उतारियो भने लैङ्गिक हिंसाको अभियानले सार्थकता पाउने देखिन्छ । यसका लागि सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय सहभागीता जनाउनु आवश्यक देखिएको छ । 
१६ दिने लैङ्गिक हिंसा विरुद्घको अभियान संचालन गर्नुको उद्देश्य के हो त? महिला हिंसा अन्त्य गर्नु, समानताको विकास गर्नु, विभेद रहित कानुन निर्माण गर्नु र बालश्रम, बालशोषण, यौन दुव्र्यवहार, बलात्कार, छाउ प्रथा, दाइजो प्रथा, बोक्सीको आरोप जस्ता हिंसाको अन्त्य गर्नु नै यो अभियानको मुख्य उद्देश्य हो ।

रामग्राम नगरपालिकाले निम्नानुसारका कार्यक्रम सञ्चालन गरी लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ । 

पहिलो दिनः रामग्राम नगरपालिकाको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन कार्यक्रममा सेतो रिवन वितरण तथा र्याली र प्रतिवद्धता 
दोस्रो दिनः प्रतिवद्धता व्यानर वडा कार्यालयमा वितरण 
तेस्रो दिनः रामग्राम नगरपालिकाका महिला कर्मचारीहरूलाई लैङ्गिक हिंसा सम्बन्धी अन्तक्र्रिया 
चौथो दिनः रामग्राम नगरपालिका अन्तर्गतका विद्यालयका शिक्षक शिक्षिकाहरूलाई महिला हिंसा सम्बन्धी अभिमूखीकरण 
पाँचौ दिनः यूवा समूह तथा स्वास्थ्य हेल्थ भोलेन्टियरलाई अन्तक्र्रिया तथा अभिमूखीकरण 
छैठौँ र सातौँ दिनः महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई महिला हिंसा सम्बन्धी अभिमूखीकरण 
नवौ दिन स्वास्थ्यकर्मीहरूलाई लैङ्गिक हिंसा सम्बन्धी अभिमूखीकरण 
दशौँ दिनः रामग्राम न.पा. वडा नं. १५ का आमा समूहहरूलाई लैङ्गिक हिंसा सम्बन्धी अभिमूखीकरण 
एघारौँ र बाह्रौँ दिनः रामग्राम न.पा. वडा नं. १० का आमा समूहहरूलाई लैङ्गिक हिंसा सम्बन्धी अभिमूखीकरण 
तेह्रौँ, चौधौँ र पन्ध्रौँ दिनः रामग्राम न.पा. वडा नं. १३, १४ र १५ का कक्षा ९–१२ मा अध्ययनरत छात्र छात्राहरुलाई लैङ्गिक हिंसा सम्बन्धी अभिमूखीकरण 
सोह्रौँ दिनः सडक नाटक गर्दै रामग्राम नगरपालिकाको कार्यालयमा कार्यक्रमको समापन 
 


प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ११:३२
#लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान
प्रतिक्रिया दिनुहोस्
थप विचार
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक
रजोनिवृत्ति: महिलाको जीवनको स्वाभाविक चरण, बुझाइ र साथको आवश्यक बुधबार, वैशाख ३०, २०८३
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस 
सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर एक बहस  आइतबार, फागुन २४, २०८२
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ? सोमबार, भदौ २, २०८२
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा
विश्व स्तनपान सप्ताह २०२५: स्तनपान गराउँदा हुने फाइदा शुक्रबार, साउन १६, २०८२
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मेरो नेतृत्व सोमबार, मंसिर २४, २०८१
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्