Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नवलपरासीमा जेन-जीको आन्दोलन: तोडफोड र आगजनीका घटना
नवलपरासीमा जेन-जीको आन्दोलन: तोडफोड र आगजनीका घटना
नेपाली चेली
नेपाली चेली बुधबार, भदौ २५, २०८२

परासी । सोमबारदेखि देशभर चर्किएको जेन-जी समर्थकहरूको आन्दोलन मङ्गलबार दोस्रो दिन पनि देशभरका विभिन्न शहरहरूमा उग्र रूप देखियो ।

नवलपरासीको सदरमुकाम परासीमा पनि नव युवाहरु (जेन-जी) बुद्धचोक परासीमा भेला भई प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै आन्दोलन सुरु गरेका थिए। सयौँ युवाहरूले रामग्राम ३ स्थित नेपाली काङ्ग्रेसको क्षेत्रीय कार्यालय तोडफोड गरेका छन् भने नेकपा एमालेको रामग्राम ३ स्थित कार्यालयमा ढुङ्गामुढा गरेका छन्।

त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय पुगेको जेन-जीका समूहहरूले केहीबेर ढुङ्गामुढा गरेका थिए । त्यस लगत्तै प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरी आन्दोलनकारीलाई तितर बितर पारेको थियो।

परासीमा जेनजीहरूले भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए।सोमबार काठमाडौँमा भएको प्रदर्शनमा १९ जना प्रदर्शनकारीहरूको ज्यान गएसँगै मङ्गलबार त्यसको विरोधमा देशभरिका मुख्य शहरहरूमा आन्दोलनले चर्को रुप लिएको हो। कलिला बालबालिका र युवामाथि सरकारले गरेको बर्बर हमला र हत्याको चौतर्फी आलोचना र दुःख व्यक्त गरिएको छ।

यसैबीच आन्दोलनकारीहरूले नवलपरासी जिल्लाका विभिन्न पालिकाहरूमा तोडफोड र आगजनी गरेका छन्। जिल्ला समन्वय समिति नवलपरासी, रामग्राम नगरपालिका, सरावल गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुनवल नगरपालिकामा आगजनी गरेका हुन् ।

आन्दोलनका बेला प्रदर्शनकारीहरूको तारो जिल्लाका राजनीतिक दलका नेताहरु पनि भए । जेन-जी हरूले विभिन्न पार्टीका नेता कार्यकर्ताहरूको घरमा पनि आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले सुनवल नगरपालिका की नगरप्रमुख बिमला अर्यालको घर, वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायको घर, नेपाली काङ्ग्रेसका प्रदेश सभासद् विश्व प्रेम पाठक, सभासद बैजनाथ जयसवाल, संघीय सांसद सरिता भुसाल खनालको घरमा र विनोद चौधरीको बर्दघाट स्थित सम्पर्क कार्यालयमा पनि आगजनी र तोडफोड गरेका छन्। यस्तै नेकपा एमालेका जिल्ला सचिव धीरज शर्मा बस्यालले बनाउँदै गरेको नयाँ घरमा पनि आगजनी भएको बताइएको छ। सुनवलमा एमाले नेता थानप्रसाद गैरे र नगरपालिकाका कर्मचारी रेशम शर्माको घरमा पनि आक्रमण भएको छ। दिनभर जसो आगजनी र तोडफोडका घटना भएपछि नवलपरासी प्रशासन द्वारा आज दिउँसो ३ बजेदेखि कर्फ्यु जारी गरेको थियो। कर्फ्यु लगाइएको भएपनि राति अबेरसम्म जिल्लाका विभिन्न पालिकाहरूमा आगजनीका घटना भइरहेको सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो ।

प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपनि नवलपरासी प्रहरीले कुनै पनि हस्तक्षेप वा बल प्रयोग गरेको थिएन ।


प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०५:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार
देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार सोमबार, भदौ २९, २०८३
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै मंगलबार, भदौ २३, २०८३
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार शुक्रबार, भदौ १२, २०८३
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो मंगलबार, भदौ ९, २०८३
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो मंगलबार, भदौ ९, २०८३
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत सोमबार, भदौ १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्