Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नवलपरासीमा जेन-जीको आन्दोलन: तोडफोड र आगजनीका घटना
नवलपरासीमा जेन-जीको आन्दोलन: तोडफोड र आगजनीका घटना
नेपाली चेली
नेपाली चेली बुधबार, भदौ २५, २०८२

परासी । सोमबारदेखि देशभर चर्किएको जेन-जी समर्थकहरूको आन्दोलन मङ्गलबार दोस्रो दिन पनि देशभरका विभिन्न शहरहरूमा उग्र रूप देखियो ।

नवलपरासीको सदरमुकाम परासीमा पनि नव युवाहरु (जेन-जी) बुद्धचोक परासीमा भेला भई प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दै आन्दोलन सुरु गरेका थिए। सयौँ युवाहरूले रामग्राम ३ स्थित नेपाली काङ्ग्रेसको क्षेत्रीय कार्यालय तोडफोड गरेका छन् भने नेकपा एमालेको रामग्राम ३ स्थित कार्यालयमा ढुङ्गामुढा गरेका छन्।

त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय पुगेको जेन-जीका समूहहरूले केहीबेर ढुङ्गामुढा गरेका थिए । त्यस लगत्तै प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरी आन्दोलनकारीलाई तितर बितर पारेको थियो।

परासीमा जेनजीहरूले भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए।सोमबार काठमाडौँमा भएको प्रदर्शनमा १९ जना प्रदर्शनकारीहरूको ज्यान गएसँगै मङ्गलबार त्यसको विरोधमा देशभरिका मुख्य शहरहरूमा आन्दोलनले चर्को रुप लिएको हो। कलिला बालबालिका र युवामाथि सरकारले गरेको बर्बर हमला र हत्याको चौतर्फी आलोचना र दुःख व्यक्त गरिएको छ।

यसैबीच आन्दोलनकारीहरूले नवलपरासी जिल्लाका विभिन्न पालिकाहरूमा तोडफोड र आगजनी गरेका छन्। जिल्ला समन्वय समिति नवलपरासी, रामग्राम नगरपालिका, सरावल गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुनवल नगरपालिकामा आगजनी गरेका हुन् ।

आन्दोलनका बेला प्रदर्शनकारीहरूको तारो जिल्लाका राजनीतिक दलका नेताहरु पनि भए । जेन-जी हरूले विभिन्न पार्टीका नेता कार्यकर्ताहरूको घरमा पनि आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले सुनवल नगरपालिका की नगरप्रमुख बिमला अर्यालको घर, वर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्र प्रकाश उपाध्यायको घर, नेपाली काङ्ग्रेसका प्रदेश सभासद् विश्व प्रेम पाठक, सभासद बैजनाथ जयसवाल, संघीय सांसद सरिता भुसाल खनालको घरमा र विनोद चौधरीको बर्दघाट स्थित सम्पर्क कार्यालयमा पनि आगजनी र तोडफोड गरेका छन्। यस्तै नेकपा एमालेका जिल्ला सचिव धीरज शर्मा बस्यालले बनाउँदै गरेको नयाँ घरमा पनि आगजनी भएको बताइएको छ। सुनवलमा एमाले नेता थानप्रसाद गैरे र नगरपालिकाका कर्मचारी रेशम शर्माको घरमा पनि आक्रमण भएको छ। दिनभर जसो आगजनी र तोडफोडका घटना भएपछि नवलपरासी प्रशासन द्वारा आज दिउँसो ३ बजेदेखि कर्फ्यु जारी गरेको थियो। कर्फ्यु लगाइएको भएपनि राति अबेरसम्म जिल्लाका विभिन्न पालिकाहरूमा आगजनीका घटना भइरहेको सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो ।

प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपनि नवलपरासी प्रहरीले कुनै पनि हस्तक्षेप वा बल प्रयोग गरेको थिएन ।


प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  ०५:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्