सरावल । बर्दघाट नगरपालिका स्थित इन्द्रेणी सामाजिक विकास मञ्च, पञ्चनगरले सामाजिक अभियान सम्बन्धी क्षमता विकास तालिम सम्पन्न गरेको छ । सरावल गाउँपालिकामा गठीत श्रमिक महिला अधिकार मञ्चका पदाधिकारीहरूको उपस्थितिमा चारदिने क्षमता विकास तालिम सम्पन्न गरेको हो ।
चारदिनसम्म समाज र समूदाय, सामाजिक अभियान र चरणहरू, भूमि तथा ज्याला, लैङ्गिकता, महिला अधिकार, हिंसा विरुद्धको अभियान जस्ता विषयमा तालिम सञ्चालन गरिएको इन्द्रेणीले जनाएको हो । तालिममा संस्थाका पूर्वअध्यक्षहरू, कार्यकारी निर्देशक र परियोजना संयोजकलगायतले सहजिकरण गर्नु भएको सहजकर्ता नारायण घिमिरेले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रम इन्द्रेणीका अध्यक्ष बिमलचन्द्र घिमिरेको अध्यक्षता र सरावल गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरीको प्रमुख आतिथ्यता गरिएको हो । सो अवसरमा अध्यक्ष चौधरीले पालिकाले श्रम ऐन बनाएर अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको पक्षमा काम गर्ने बताउनु भयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बासमती हरिजन, सहभागी ज्ञानमैया चौधरी, लक्ष्मी हरिजन र किरण हरिजनले बोल्दै राज्यले तोके बमोजिमको पारिश्रमिक दिनु पर्नेमा जोड दिएका छन् ।
एक्सनएडको आर्थिक सहयोग, सरावल गाउँपालिकाको समन्वय र इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटको आयोजनामा सरावल गाउँपालिका लक्षित कार्यक्रम विगत ६ महिनादेखि सञ्चालनमा रहेको कार्यक्रमका सम्पर्क व्यक्ति विश्वप्रकाश भट्टराईलले जानकारीदिनु भयो ।
सम्पन्न तालिममा ४० जना श्रमिक महिलाहरूको उपस्थिति रहेको थियो ।
