परासी । नवलपरासीको सरावल गाउँपालिका विभिन्न क्षेत्रका नागरिकहरूले आफ्नो पालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।
उनीहरूले भवन बन्नु सरावलको गौरव र नागरिकको सपना भएको भन्दै खुसी व्यक्त गरे । उनीहरूले अन्य क्षेत्रको पूर्वाधार निर्माणमा हुने ढिलाई र लापरवाही भवन निर्माण नहोस् भन्दै सम्बन्धित पक्षलाई सचेत गराएका हुन् ।
गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि बुधबार शिलान्यास (भूमिपुजन ) गरेको छ । गाउँपालिकाका अध्यक्ष सुखाडिप्रसाद चौधरी, उपाध्यक्ष वासमती हरिजन र प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले संयुक्तरुपमा विधिपूर्वक भूमिपुजन गरी प्रशासकीय भवनको शिलान्यास गर्नु भएको हो ।
कार्यक्रममा ७ वटै वडाका वडाध्यक्षहरू, अन्य जनप्रतिनिधि र गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि र संघसंस्थाका अगुवाहरूको उपस्थितिमा शिलान्यास गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि भ्याट पिएस बाहेक ८ करोड ३० लाख ६६ हजार १६८ रुपैया कायम गरेकोमा बि.एम सार्वजनिक जे भी, नुवाकोटले भ्याट सही ६ करोड ८५ लाख ३६ हजार ९ सय ८४ रुपैयामा ठेक्का संझौता गरी काम थालेको छ । संझौतानुसार आगामी २०८४ पुष १५ गते ढाइ तलाको प्रशासकीय भवन निर्माण हुनेछ गाउँपालिकाले जनाएको हो ।
शिलान्यास कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष चौधरीले धेरै लामो समयको अभ्यास र प्रयासले प्रशासकीय भवन निर्माणको थालनी गर्न लागेको बताउनु भयो ।
अध्यक्ष चौधरीले गाउँपालिकाको नाउमा जग्गा प्राप्त भइसकेकपछि सहरी विकासबाट प्रशासनीक भवनकालागि बजेट प्राप्त भएको छ, बजेटमा संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत लगानीमा भवन निर्माण थालिएको बताउनु भयो ।