Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • नवलपरासीमा अपाङ्गता भएका व्यक्तिहरू ४ हजार भन्दा बढी, पूर्ण अशक्त अपाङ्गता रामग्राममा सबैभन्दा धेरै 
नवलपरासीमा अपाङ्गता भएका व्यक्तिहरू ४ हजार भन्दा बढी, पूर्ण अशक्त अपाङ्गता रामग्राममा सबैभन्दा धेरै 
नेपाली चेली
नेपाली चेली शनिबार, मंसिर २७, २०८२

परासी । नवलपरासीका सातै वटा स्थानीय तहहरूमा अपाङ्गता भएका व्यक्तिहरू ४ हजार ११८ रहेको पाइएको छ । पालिकाहरूले अपाङ्गता सूचिकृत गर्दा क, ख, ग र घ वर्गमा सूचिकृत गर्ने गरेका छन् । पूर्ण अशक्त अर्थात रातो कार्ड लिएका ‘क’ वर्ग, अति अशक्त निलो कार्ड लिएका ‘ख’ वर्ग, मध्यम अशक्त पहेंलो कार्ड लिएका ‘ग’ वर्ग र सामान्य अपाङ्गता भएका सेतो कार्ड लिएका ‘घ’ वर्गको रुपमा सूचिकरण गर्ने गरिएको पालिकाहरूले जनाएका छन् ।  

जिल्लामा पूर्ण अशक्त अर्थात रातो कार्ड लिएका ‘क’ वर्गका ६ सय ९५ जना, अति अशक्त निलो कार्ड लिएका ‘ख’ वर्गका २ हजार २२७ जना, मध्यम अशक्त पहेंलो कार्ड लिएका ‘ग’ वर्गका ८ सय ५८ जना र सेतो कार्ड लिएका ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरू ३ सय ३८ जना रहेको तथ्याङ्क छ । 

जसमा पूर्ण अशक्त अर्थात रातो कार्ड लिएका ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति रामग्राम नगरपालिकामा सबैभन्दा वढी १७० जना छन् भने अति अशक्त निलो कार्ड लिएका ‘ख’ वर्गका सुनवल नगरपालिकामा सबैभन्दा वढी ५२२ जना रहेका छन् । क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले मासिक भत्ता दिने गरेको छ ।  

सरकारले पूर्ण अशक्त रातो कार्ड लिएका ‘क’ वर्गका अपाङ्गता व्यक्तिहरूलाई मासिक ३ हजार ९९० र अति अशक्त निलो कार्ड लिएका ‘ख’ वर्गका अपाङ्गता व्यक्तिहरूलाई मासिक २ हजार १२८ उपलब्ध गराउँदै आएको छ । 

पहेंलो र सेतो कार्ड भएका व्यक्तिहरूलाई सरकारले यातायातमा ५० प्रतिशत र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।  

रामग्राम नगरपालिकामा अपाङ्गता सूचिकरण अवस्थाः 
परासी । रामग्राम नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरू ६ सय ८४ जना रहेको बताइएको छ । अघिल्लो आर्थिक बर्ष २०८०।०८१ सम्म ५ सय ९९ जना अपाङ्गता भएका व्यक्ति रहेको र गत आर्थिक बर्ष २०८१।०८२ मा ८५ जना व्यक्तिहरू सूचिकरणमा आएको महिला बालबालिका शााखा प्रमुख तारादेवी अर्यालले जानकारी दिनुभयो । 

नगरपालिकाको तथ्याङ्क अनुसार पूर्ण अशक्त अर्थात रातो कार्ड लिएका ’क‘ वर्गका अपाङ्गता भएका व्यक्तीहरू १७० जना, अति अशक्त निलो कार्ड लिएका ख वर्गका ३७९ जना, मध्यम अशक्त पहेंलो कार्ड लिएका ग वर्गका १०४ जना र सामान्य अपाङ्गता भएका सेतो कार्ड लिएका घ वर्गका ३१ जना रहेको छन् । 

सुनवल नगरपालिकामा अपाङ्गता सूचिकरण अवस्थाः 
सुनवल नगरपालिकामा आर्थिक बर्ष २०८१।०८२ मा अपाङ्गता भएका व्यक्तिहरू ९ सय ४१ जना रहेको बताइएको छ । चालु आर्थिक बर्षको ४ महिनामा थप सूचिकरण आएका ८ जना रहेको महिला बालबालिका शााखा प्रमुख केशरी गैरेले जानकारी दिनुभयो । 

नगरपालिकाको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्म पूर्ण अशक्त अर्थात रातो कार्ड लिएका ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तीहरू १४६ जना, अति अशक्त निलो कार्ड लिएका ‘ख’ वर्गका ५२२ जना, मध्यम अशक्त पहेंलो कार्ड लिएका ‘ग’ वर्गका १८१ जना र सामान्य अपाङ्गता भएका सेतो कार्ड लिएका ‘घ’ वर्गका ९२ जना रहेको छन् । 

यस्तै चालु आर्थिक बर्ष २०८२।०८३ मा ८ जना थप सुचिकृत भएका अपाङ्गता मध्ये १ जना ‘क’ वर्गका, ५ जना ‘ख’ वर्गका र २ जना ‘ग’ वर्गका रहेका छन् । 

बर्दघाट नगरपालिकामा अपाङ्गता सूचिकरणको अवस्थाः 
बर्दघाट नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरू ७ सय १४ जना रहेको बताइएको छ । गत आर्थिक बर्ष २०८१।०८२ सम्म ६ सय ५० जना अपाङ्गता भएका व्यक्ति रहेको महिला बालबालिका शााखा प्रमुख अस्परा सुवेदीले जानकारी दिनुभयो । 

चालु आर्थिक बर्षको ५ महिना ९साउन—मंसिर० सम्म ६४ जना अपाङ्गता भएका व्यक्तिहरू सूचिकृत हुन आएका छन् । जसमा क वर्गका ११ जना, ख वर्गका ३५ जना, ग वर्गका १३ जना र घ वर्गका ५ जना छन् । 

नगरपालिकाको तथ्याङ्क अनुसार पूर्ण अशक्त अर्थात रातो कार्ड लिएका ’क‘ वर्गका अपाङ्गता भएका व्यक्तीहरू ११८जना, अति अशक्त निलो कार्ड लिएका ख वर्गका ३०४ जना, मध्यम अशक्त पहेंलो कार्ड लिएका ग वर्गका १६२ जना र सामान्य अपाङ्गता भएका सेतो कार्ड लिएका घ वर्गका ६६ जना रहेको छन् ।

सरावल गाउँपालिकामा अपाङ्गता सूचिकरण अवस्थाः 
सरावल गाउँपालिकामा गत आर्थिक बर्ष २०८१।०८२ मा सुचिकृत अपाङ्गता भएका व्यक्तिहरू ३ सय ८१ जना रहेका छन् । 

जसमा क वर्गका पूर्ण अशक्त ४६ जना, ख वर्गका अति अशक्त २०५ जना, ग वर्गका मध्यम अशक्त १०१ जना र घ वर्गका सामान्य अपाङ्गता भएका व्यक्तिहरू २९ जना रहेको गाउँपालिकाका एमआइयस अप्रेटर सन्तोष रायले जानकारी दिनुभयो ।

पाल्हीनन्दन गाउँपालिकामा अपाङ्गता सूचिकरण अवस्थाः
सरावल गाउँपालिकामा गत आर्थिक बर्ष २०८१।०८२ मा सुचिकृत अपाङ्गता भएका व्यक्तिहरू ४ सय ११ जना रहेका छन् । 
जसमा क वर्गका पूर्ण अशक्त ४५ जना, ख वर्गका अति अशक्त २३० जना, ग वर्गका मध्यम अशक्त १०३ जना र घ वर्गका सामान्य अपाङ्गता भएका व्यक्तिहरू ३३ जना रहेको गाउँपालिकाका महिला विकास शाखा प्रमुख सुमन गुप्ताले जानकारी दिनुभयो । 

प्रतापपुर गाउँपालिकामा अपाङ्गता सूचिकरणको अवस्था
प्रतापपुर गाउँपालिकामा गत आर्थिक बर्ष २०८१।०८२ र चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म सुचिकृत अपाङ्गता भएका व्यक्तिहरूको संख्या ५ सय ६९ जना रहेको छ । 

जसमा क वर्गका पूर्ण अशक्त ९९ जना, ख वर्गका अति अशक्त २९७ जना, ग वर्गका मध्यम अशक्त ११० जना र घ वर्गका सामान्य अपाङ्गता भएका व्यक्तिहरू ६३ जना रहेको प्रतापपुर गाउँपालिकाले जनाएको छ । 

सुस्ता गाउँपालिकामा अपाङ्गता सूचिकरणको अवस्था 
सुस्ता गाउँपालिकामा गत आर्थिक बर्ष २०८१।०८२ र चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म सुचिकृत अपाङ्गता भएका व्यक्तिहरूको संख्या  ४ सय १८ जना रहेकोछ । 

जसमा क वर्गका पूर्ण अशक्त ६० जना, ख वर्गका अति अशक्त २५५ जना, ग वर्गका मध्यम अशक्त ८४ जना र घ वर्गका सामान्य अपाङ्गता भएका व्यक्तिहरू १९ जना रहेको गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत सावित्रा आलेले जानकारी दिनुभयो । 

यसैबीच अपाङ्गता भएका व्यक्तिहरूको पैरवीका लागि जिल्लामा सातैबटा स्थानीय तह, सुनवल सामुदायिक विकास केन्द्र र द ल्याप्रोसी मिसन टु नेपालले विभिन्न कामहरू गर्दै आइरहेका छन् । 

सुनवल सामुदायिक विकास केन्द्रले पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा अपाङ्गता समावेशीकरण परियोजना सञ्चालन गर्दै छ । संस्थाले बिगत २ बर्षदेखि परियोजना मार्फत अपाङ्गता भएका व्यक्तिहरूको सूचिकरण, जिविको पार्जन र आर्थिक सहयोग, अधिकार पैरवि, समावेशी शिक्षा, अपाङ्गता व्यक्तिहरू माथिको अवरोध र विपद तथा जोखिम न्यूनिकरण सम्मन्धी  कार्यक्रमम सञ्चालन गर्दै आंइरहेको संस्थाका परियोजना प्रमुख श्यामसुन्दर ढुँगानाले जानकारी दिनुभयो । 

यस्तै जिल्लामा कुष्ठरोग न्यूनिकरणको क्षेत्रमा काम गरिरहेको द ल्याप्रोसी मिसन टु नेपालले पनि अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र उनीहरूको सहज पहुँचको क्षेत्रमा काम गरिरहेको बताइएको छ । 

संस्थाले रामग्राम नगरपालिकामा ८ र बर्दघाट नगरपालिकामा ७ वटा समूह बनाएर समूहमार्फत उनीहरूलाई बचत गर्न प्ररित गर्ने र आवश्यकताको आधारमा सहायक सामाग्री वितरण गर्ने गरिएको द ल्याप्रोसि मिसन टु नेपालका जिल्ला संयोजक सुमन ज्ञवालीले जानकारी दिनुभयो । (सामुदायिक रेडियो परासी) 


प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  ०५:२२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण  शनिबार, साउन १६, २०८३
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन  सोमबार, साउन ११, २०८३
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत  मंगलबार, साउन ५, २०८३
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट) बुधबार, असार १०, २०८३
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम सोमबार, असार ८, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी  आइतबार, असार ७, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्