परासी । नमूना महिला समाज परासीको अध्यक्षमा पुनः सरीता पौडेल सर्वसम्मत निर्वाचित बन्नु भएको छ । बिहिवार परासीमा सम्पन्न ५ औं अधिबेशनले पौडेललाई सर्वसम्मत निर्वाचित गरेको हो ।
समाजको उपाध्यक्षमा गणेशकुमारी चौधरी, सचिवमा कविता ज्ञवाली, सहसचिव सरस्वती पाण्डे, कोषाध्यक्ष कमला राणा सर्वसम्मत निर्वाचित हुनुभएको हो । यस्तै सदस्यहरूमा क्रमशः बिनिता थापा, नारायणी गडतौला, भवानी दुवाडी, राधिका पौडेल, भगवतीकुमारी पाण्डे र कोपिला गौतम निर्वाचित बन्नुभएको छ ।
त्यसअधि भएको कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष पौडेलको अध्यक्षता र रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा रामग्राम नगरपालिका कार्यपालिका सदस्य नानुकुमारी खड्का, पृथ्वीचन्द्र अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरी, नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भोजराज बाराकोटी, नेपाल रेडक्रस सोसाईटी परासी शाखाका अध्यक्ष सन्दिप अग्रहरी, एकल महिला समूहकी अध्यक्ष विष्णु थापा, पत्रकार मोहन पौडेल लगायतले नवनिर्वाचित समितिलाई बधाई एवं शुभकामना मन्तव्य व्यक्त गरेको नमूना महिला समाजकी सचिव ज्ञवालीले नेपाली चेली अनलाईनलाई जानकारी दिनुभयो ।
नमूना महिला समाजमा परासी क्षेत्रका ५० जना महिलाहरू सदस्य रहेका छन् ।