परासी । क्षेत्री समाज नेपाल रामग्राम नगरसमितिको अध्यक्षमा पुनः नानुकमारी खड्का सर्वसम्मत निर्वाचित हुनु भएको छ । समाजको सातौं अधिबेशनले खड्कालाई दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा नारायणी गडतौला, उपाध्यक्षमा कल्पना खड्का, सचिवमा दिपक क्षेत्री, सहसचिवमा रामकुमार क्षेत्री, कोषाध्यक्षमा चन्द्रमान बस्नेत, सहकोषाध्यक्षमा देवेन्द्रमान सिंह बस्नेत सर्वसम्मत चयन हुनु भएको छ ।
यस्तै क्षेत्री समाज नेपाल रामग्रामको सदस्यहरुमा क्रमशः सोवितबहादुर खड्का, रविन्द्र केसी, सनद बहादुर बर्मा, बिरेन्द्र पहारी, दिव्या कुँवर, मदनबहादुर क्षेत्री, त्रिलोकी सिंह, रक्षाकुँवर क्षेत्री, कमला क्षेत्री, बिष्णुमाया क्षेत्री, तारा रायमाझी, कविता निरौला बस्नेत, पार्वती अधिकारी र सरस्वती क्षेत्री निर्वाचित हुनु भएको हो ।
क्षेत्री समाज रामग्राम नगरपालिकामा ९५ जना सदस्य रहेका छन् ।
त्यसअघि भएको समाजको १३ औं बार्षिक साधारण सभा नानुकुमारी खड्काको अध्यक्षता र केन्द्रीय सदस्य एवं रामग्राम नगरपालिकाकी पूर्व उपप्रमुख रम्भा कुँवरको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा क्षेत्री समाज नेपाल लुम्बिनी प्रदेश सदस्य प्रतिभा कार्की, जिल्ला अध्यक्ष मनोज कार्की, जिल्ला प्रवक्ता मोहन कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको क्षेत्री समाज नेपालका नगर सचिव दिपक क्षेत्रीले नेपालीचेली अनलाईनलाई जानकारी दिनुभयो ।