Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाली कांग्रेसको १५ औं महाधिबेशनको कार्यतालिका परिमार्जनः२०८३ बैशाख २८ देखि ३१ सम्म महाधिबेशन हुने, महामन्त्रीद्वय गगन—विश्वको असहमती 
नेपाली कांग्रेसको १५ औं महाधिवेशन नेपाली कांग्रेसको १५ औं महाधिबेशनको कार्यतालिका परिमार्जनः२०८३ बैशाख २८ देखि ३१ सम्म महाधिबेशन हुने, महामन्त्रीद्वय गगन—विश्वको असहमती 
नेपाली चेली
नेपाली चेली शनिबार, पुस १९, २०८२

नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८३ वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो। 

नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्नुभएको थियो। 
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन तथा मातहतका निकायहरूको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार अधिवेशन सम्पन्न गर्न चरणबद्ध समयसीमा तोकिएको छ ।

अधिवेशन गर्न बाँकी रहेका नेपाली जनसम्पर्क समितिहरूका लागि क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली २०८२ माघ ७ गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रबाट उक्त नामावली २०८२ माघ १५ गतेभित्र स्वीकृत गरिने र अधिवेशन २०८२ माघ २९ गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।
यसैगरी केन्द्रीय महाधिवेशन र मातहतका निकायहरूको अधिवेशन कार्यतालिकाअनुसार गाउँ(नगर वडा अधिवेशन २०८२ चैत २१ गते, गाउँ(नगरपालिका अधिवेशन २०८२ चैत २५ गते र प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८२ चैत २८ गते हुने भएको छ । प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २०८३ वैशाख २ गते र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २०८३ वैशाख ५ गते तोकिएको छ ।

प्रदेश अधिवेशन २०८३ वैशाख १०, ११ र १२ गते हुने छ भने केन्द्रीय महाधिवेशन २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा आयोजना गरिने भएको छ ।

विज्ञप्तिअनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समिति, क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति र केन्द्रीय निर्वाचन समितिले तोकिएको कार्यविधिअनुसार सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य सम्पन्न गर्नेछन् । सबै निर्णय प्रक्रिया सहमतिका आधारमा गरिने जनाइएको छ ।

विशेष परिस्थितिलाई ध्यानमा राख्दै नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४३ बमोजिम पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म थप गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले बैठकको निर्णयमा असहमति जनाउँदै विशेष महाधिवेशन आह्वान गर्ने भन्दै १४औँ महाधिवेशनका प्रतिनिधिलाई तयारीमा बस्न आग्रह गर्नुभएको छ ।

 

 


प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ०६:२९
#नेपाली कांग्रेसको १५ औं महाधिवेशन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्