परासी । सर्वसाधारण नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरावल गाउँपालिकाले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा विभिन्न रोगहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको गाउँपालिकाले जनाएको हो ।
शिविरमा जनरल फिजिसियनमार्फत मधुमेह, उच्च रक्तचाप, थाइराइड, मुटु, दम, छाती तथा फोक्सोसम्बन्धी समस्या, ग्यास्ट्रिक, अल्सर, पेटसम्बन्धी समस्या, छाला, जण्डिस तथा कलेजोसम्बन्धी रोगहरूको परीक्षण गरिएको छ ।
त्यस्तै, जनरल सर्जन सेवा अन्तर्गत हर्निया, पायल्स, हाइड्रोसिल, फिस्टुला, शरीर तथा स्तनमा आउने गाँठागुँठी, प्रोस्टेट लगायतका रोगहरूको उपचार गरिएको गाउँपालिकका अध्यक्ष सुखाडि प्रसाद चौधरीले जानकारी दिनुभयो ।
शिविरमा प्राविधिक सहयोग सहिद स्मृति सामुदायिक अस्पताल, बर्दघाट–१४, चौपत्ताले गरेको छ भने शिविरको आयोजना सरावल गाउँपालिका र वडा नं. ४ ले गरेको हो । शिविरमा स्थानीय २३९ जनाले स्वास्थ्य परिक्षण गरेका छन् भने आवश्यक औषधी पनि निःशुल्क वितरण गरिएको गाउँपालिकामा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।