Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
नेपाली चेली
नेपाली चेली आइतबार, माघ २५, २०८२

भैरहवा । मुलुकको कला, संस्कृति तथा लोकनृत्यको संरक्षण र संवद्र्धनमा निजी विद्यालयहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एक कार्यक्र्रमका वक्ताहरूले जोड दिएका छन । सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगितामा सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन । उनीहरूले राज्यले संरक्षण र प्रवद्र्धनमा अपेक्षित ध्यान दिन नसके पनि निजी विद्यालयहरूले लोक संस्कृति, संगीत र नृत्य जोगाउन यस्ता सिर्जनात्मक कार्यक्रम मार्फत योगदान गरिरहेको बताएका हुन । 

सिसा रुपन्देहीका अध्यक्ष एल.बि. रौतारको अध्यक्षता र सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोख्रेलले विद्यालय विद्यार्थीको भविष्य तय गर्ने मुख्य थलो भएको जोड दिदै शैक्षिक ज्ञानसँगै जीवनोपयोगी सीप, कला र संस्कृतिको विकासमा विद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कक्षा कोठाभित्रको पढाइसँगै यस्ता सिर्जनात्मक तथा सांस्कृतिक गतिविधि अपरिहार्य रहेको जोड दिनु भयो । उहाले “आजको शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन,” भन्दै “विद्यार्थीको रुचि, क्षमता र प्रतिभा उजागर गर्न कला, संस्कृति र अतिरिक्त क्रियाकलाप अत्यावश्यक भएको बताउनु भयो ।  

यस्तै गरी कार्यक्रममा बोल्दै सिसा रुपन्देहीका सल्लाहकार तथा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ का प्रबन्धक अमित यादवले “राज्यस्तरबाट कला र संस्कृतिको संरक्षणमा पर्याप्त प्राथमिकता नपाए पनि निजी विद्यालयहरूले लोक संस्कृति, संगीत र नृत्यलाई जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ । 

सिसाका सल्लाहकार यादवले शिक्षासँगै खेलकुद तथा विभिन्न जीवनोपयोगी सीपको विकास विद्यार्थीका लागि अपरिहार्य भएकोले सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) रुपन्देहीले विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता विविध कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । 

त्यसैगरी सिसा रुपन्देहीका अध्यक्ष तथा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिनपा १ रानीगाउँका प्रधानाध्यापक एल.बी. रौतारले “सिसामा आबद्ध विद्यालयहरूबीच आपसी सहकार्य, स्वस्थ प्रतिस्पर्धा र अनुभव आदान–प्रदान गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको बताउनु भयो । 
यस्तैगरी सिसा रुपन्देहीका कोषाध्यक्ष मनोज जिसीले “शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकतामा राख्दै सिसाले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याइने जानकारी दिनुभएको छ ।
कार्यक्रममा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका को–अर्डिनेटर नारायण कश्यपको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन मोडर्न पब्लिक स्कुल भैरहवाका प्राचार्य मुकेश यादवले गर्नुभएको थियो ।

सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) मा आबद्ध विद्यालयहरू बीच सम्पन्न प्रतियोगितामा सिनियरतर्फ ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ रानीगाउँले प्रथम स्थान हासिल गरेको छ । यस्तै गरी मोडर्न पब्लिक स्कुल सिद्धार्थनगर–८ शिवपथ भैरहवाले द्वितीय, युनिक पब्लिक बोर्डिङ स्कुल ओमसतिया–४ ले तृतीय तथा सिद्धार्थ एकेडेमी सिद्धार्थनगर–७ भैरहवाले चौथो स्थान प्राप्त गरेका छन् ।

त्यस्तै गरी जुनियरतर्फ भएको नृत्य प्रतियोगितामा पनि ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ रानीगाउँ प्रथम हुन सफल भएको छ । सिद्धार्थ एकेडेमी सिद्धार्थनगर–७ भैरहवाले द्वितीय, मोडर्न पब्लिक स्कुल सिद्धार्थनगर–८ शिवपथ भैरहवाले तृतीय तथा युनिक पब्लिक बोर्डिङ स्कुल ओमसतिया–४ ले सान्त्वना स्थान हासिल गरेको थियो । प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, शिल्ड तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो । 

यस्तैगरी पत्रकारिता क्षेत्रमार्फत समाजमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रुपन्देही खबरका प्रबन्धक तथा कार्यकारी सम्पादक उर्मिला यादव यात्रीलाई नगद पाँच हजार एक सय एक रुपैयाँसहित सम्मान गरिएको थियो । साथै अनामिका जब लिंकका प्रबन्धक अनामिका यादवलाई समेत सम्मान प्रदान गरिएको थियो । 
 


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्