परासी । लैङ्गिक हिंसा रोकथाम र प्रतिकार्यकालागि रामग्राम नगरपालिकामा पालिका स्तरीय पुरुष सञ्जाल गठन गरिएको छ । २१ सदस्यीय पुरुष सञ्जाल गठन गरिएको नगरपालिकाले जनाएको हो ।
आगामी ३ बर्षका लागि रामग्राम ३ निवासी मेघराज गौतमको संयोजकत्वमा पालिका स्तरीय पुरुष सञ्जाल गठन गरिएको हो ।
अन्य पुरुषहरु सञ्जालको सदस्य रहेका छन् जसमा चन्द्रमणी चौधरी, गौरीशंकर जयसवाल, अमृत सिंह जिसी, तिर्थराज शर्मा ढुँगाना, नन्दकिशोर चौधरी, निराजन अर्याल, कमल यादव, राधेश्यामसिंह सैथवार, जवाहिर कुर्मी, आशिष श्रेष्ठ, जनकराज चौधरी, रामकिशुन लोनिया, दिपक साहानी, अर्जुनप्रसाद चौधरी, बद्री बिशाल पाण्डे, सुरेन्द्र यादव, अर्जुन बहादुर क्षेत्री, डाक्टर प्रसाद यादव र संजयकुमार कोइरी रहनु भएको छ ।
लैङ्गिक मैत्री नगरपालिका बनाउन नगरपालिकाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना सञ्चालनमा लाएको छ । परियोजना आगामी सन २०२८ सम्म चल्ने बताइएको छ ।