Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा घरदैलो गर्दै प्रमुख राजनीतिक दलका उम्मेदवार, चुनाव आफ्नो पक्षमा हुने दावी   
नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा घरदैलो गर्दै प्रमुख राजनीतिक दलका उम्मेदवार, चुनाव आफ्नो पक्षमा हुने दावी   
नेपाली चेली
नेपाली चेली बिहीबार, फागुन ७, २०८२

परासी । निर्वाचन प्रचार प्रसारका क्रममा नवलपरासीमा प्रमुख दलका उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त रहेका छन् । आकर्षक नारा, साउण्ड सिस्टम तथा झण्डा व्यानर सहित घरदैलोमा मतदाता भेटघाटमा देखिएका छन् । 

पार्टी केन्द्रित गीत संगित बजाउँदै हातमा पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर नाचेको—रमाएको पनि देखिन्थ्यो । मतदाताका बीचमा उम्मेदवारले आफ्ना प्रतिवद्धताहरू सुनाउने र भोटका लागि आब्हान पनि गरिरहेका छन् । पार्टीका कार्यकर्ता, नेताहरूले घोषणा पत्र मतदातालाई वितरण गर्दै मतदानका लागि अनुरोध गरिरहेका देखिन्थे ।  

नवलपरासी क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापाले क्षेत्र नं. २ का पाल्हीनन्दन, रामग्राम र सुनवलका विभिन्न वडाहरूमा मतदाता भेटघाट गर्दै रुख चुनाव चिन्हमा मतदान गर्न आब्हान गर्नु भएको छ । 

बिहिबार रामग्राम ९ जोकवारमा घरदैलो गर्दै गर्दा उम्मेदवार थापाले लाई भोजपुरी भाषामा बोल्न हम्मेहम्मे नै परेको देखिन्थ्यो । आफ्नो चुनावी प्रतिवद्धता संझौउँदै भोजपुरी भाषामा रामग्राम नगरपालिकाका मतदातालाई उम्मेदवार थापाले “यसपटकको चुनाव फकर भएको भन्दै जबसम्म महिलाहरूको विकास हुँदैन तबसम्म समाज सुधारिदैन भन्नु भयो ” । नेपाली भाषी थापालाई भोजपुरी भाषा बोल्दा निकै समस्या भएको देखिन्थ्यो । तरपनि उहाँले नजिकैमा रहेका भोजपुरी भाषी नेताकार्यकर्तालाई सोध्दै बोल्ने प्रयास गरिरहनु भएको थियो । उम्मेदवार थापाले भोजपुरी मै “पेडमे ठप्पा लगावलजा, एकबार विजय करावलजा, केहु के शिर निजे होए नहि देव हम” भन्नु भएको छ । 

नवलपरासी क्षेत्र नं. २ नेकपा एमालेका उम्मेदवार लेखनाथ खरेलले बिहिवार रामग्राम नगरपालिकाको मुख्य बजारक्षेत्र वडा नं. ३ र वडा नं. ५ मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गर्नु भएको छ । रामग्राम ३ स्थित सम्पर्क कार्यालयबाट घरदैलो तथा भेटघाट गर्नु भएका उम्मेदवार खरेलले बुद्धचोक, घण्टाघर चोक, लोकतान्त्रीक चोकमा भएको कोण सभामा मतदातालाई ढुक्कभएर सूर्यचिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

देश निर्माणको महान अभियानमा अग्रणी भूमिका खेलेको पार्टी नेकपा एमाले मात्र भएकोले संमृद्ध नेपाल निर्माणका लागि एमालेको सूर्य चुनाव छान्न उहाँले मतदातालाई आग्रह गर्नु भएको छ । उम्मेदवार खरेलले नेकपा एमाले सरकारमा हुँदा यसक्षेत्रको भौतिक पूर्वाधार विकासमा उल्लेखनीय काम गरेको बताउनु भयो । उम्मेदवार खरेलले रामग्राममा औद्योगिकरणको विकाससँगै प्रदुर्षण पनि बढ्दै गइरहेकोले त्यसको उचित व्यवस्थापनमा आफूले ध्यानदिने बताउनुभयो । उहाँले बुद्धको अष्टधातु रहेको स्थल रामग्राम, पण्डितपुरको विकासका लागि पहल गर्ने, कृषि र रोजगारीलाई प्राथमिकता दिदै युवाहरुलाई बैदेशिक रोजगारमा जानु पर्ने बाध्यताको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधान निर्वाचन क्षेत्र नं. २ का विभिन्न पालिका र वडाहरूमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तिब्रता दिइरहनु भएको छ । बिहिबार सरावलको वडा नं. १, २ र ३, पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ५ र ६, सुनवल नगरपालिकाको वडा नं. १२ मा घरदैलो तथा मतदातालाई भेटघाट गरिएको राप्रपाले जनाएको छ । पार्टीका जिल्ला सचिव माधवलाल श्रेष्ठले फाल्गुन ९ गते राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देन नवलपरासी आउने र चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनु भयो । 

नवलपरासी क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रकुमार गुप्ताले बिहिवारदेखि सुनवल नगरपालिकाबाट घरदैलो तथा भेटघाट शुरुवात गर्नु भएको छ । उम्मेदवार गुप्ताले घरदैलो गर्दा जनतामा परिवर्तनको व्यापक चाहना रहेको पाए भन्नु भयो । रामग्राम नगरपालिकाका पूर्व मेयर समेत रहेका गुप्ताले जनताको साथ, समर्थन र उत्साहबाट सकारात्मक उर्जा प्राप्त भएको प्रतिकृया दिनुभयो । उम्मेदवार गुप्ताले मतदाताको प्रत्यक्ष सहभागिताबाट नीति निर्माण र यस क्षेत्रको समग्र विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । उम्मेदवार, नेता कार्यकर्ताहरू घर भेटघाट होस् वा सार्वजनिक स्थानमा गरिएका कोणसभा नै किन नहुन सवै स्थानमा जय घण्टीको नारा लगाउँदै घण्टी बजाउने गरेका छन् । 

नेपाली कम्यूनिष्ट पार्टी नेकपाका उम्मेदवार देवेन्द्र पौडेलले पनि नवलपरासी क्षेत्र नं. २ मा चुनाव प्रचार प्रसारलाई तिब्रता दिइरहनुभएको छ । रामग्राम नगरपालिका वडा नं. ३ मा माघ १७ गते नै प्रचार प्रसार कार्यालय उद्दघाटन गर्दै उम्मेदवार पौडेलले आफू यस क्षेत्रको निर्वाचनमा जित्ने गरी आएको बताउनु भएको थियो । उम्मेदवार पौडेलले “सामदाम दण्डभेद सबै प्रयोग गरेर आफूले चुनाव जित्ने दावी गर्नुभयो ।” उम्मेदवार पौडेल दैनिक जसो निर्वाचन क्षेत्रका विभिन्न वडाहरुमा आफ्नो प्रतिवद्धता सहित घरदैलोमा जनभेटघाटमा रहनुभएको छ । 

जनता समाजवादी पार्टी नेपाल (जसपा)का उम्मेदवार देबेन्द्र यादव नवलपरासी क्षेत्र नं. २ मा चुनाव जित्ने रणनीतिका साथ प्रचार प्रसारमा देखिनु भएको छ । छाता चुनाव चिन्ह भएका यादवले चर्को घाम वा पानी नपरेको अवस्थामा पनि एउटा छाता प्रचार प्रसारमा प्रयोग गरिरहनु भएको छ । जसपाका उम्मदवार यादवले यसक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ । यादवले रामग्राम स्तुपाको विकास गर्न सकेमात्र यसक्षेत्रको विकास हुनेकुरामा जोड दिनुभयो । उहाँले नवयुवा पुस्ताले परिवर्तनका लागि गरेको बलिदानको रक्षा गर्दै उनीहरूका माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेर चुनावमा प्रचार प्रसारमा रहेको जसपा नेपालले जनाएको छ ।  


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  २२:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्