परासी । नेपाल नेत्र ज्योति संघ, डा. बिनोदनिता कण्डेल आँखा अस्पताल परासीले गएको ११ महिनामा ५ करोड ८५ लाख ८६ हजार १०७ रुपैया आम्दानी गरेको छ । सोहि अवधिमा ५ करोड ३७ लाख ४७ हजार ६९६ रुपैया खर्च गरेको छ ।
यस्तै संघले गत आर्थिक बर्ष २०८१।०८२ मा ६ करोड ८५ लाख ७७ हजार ३६० आम्दानी गर्दा ६ करोड ५२ लाख ६५ हजार ८६३ रुपैया खर्च गरेको थियो । यसैगरी बैशाखदेखि फाल्गुन मसान्तसम्म ११ महिनाको अवधिमा ४५ हजार २१० जनाको आँखा परिक्षण गर्दा २ हजार ६०० जनाको मोतियाविन्दुको शल्यक्रिया निःशुल्क गरेको छ ।
सो कुरा संघले आयोजना गरेको ३५ औं बार्षिक साधारण सभाको अवसरमा सचिव डा संजय कर्ण र कोषाध्यक्ष अमरचन्द्र अग्रवालले जानकारी दिनुभएको हो । आन्दानी र खर्च तथा संघद्धारा प्रकाशन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आँखा अस्पतालको आम्दानी बिरामी दर्ता शुल्क, औषधी बिक्रि, चस्मा बिक्री बापत र शल्यक्रिया सेवाबाट हुने गरेको छ । अस्पतालको समग्र विकासमा नेपाल नेत्रज्योती सघ, सेवा फाउण्डेशन, डाक फाउण्डेशन र सेवा क्यानाडा, लायन्स क्लव र स्थानीय सरकारको सहयोग प्राप्त भइरहेको छ ।
संघको ३५ औं बार्षिक साधारण सभा शाखा सभापती देवेन्द्रराज कण्डेलको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा भएको हो ।
कार्यक्रममा सहयोगी संघसंस्था र उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गर्दै सम्मान गरिएको अस्पताल व्यवस्थापन समितिकी प्रमुख मन्जु कण्डेलले जानकारी दिनुभयो । उहाँले अस्पताल यस क्षेत्रका सवै वर्ग, समूदायको साझा संस्था भएको बताउनु भयो ।