Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • लुम्बिनीकाे ‘ड्रिम प्रोजेक्ट’ कार्यान्वयनको अन्तिम चरणमाः परियाेजना रामग्राम सहित चार पालिका लक्षित, रामग्रामले करिव ३ अर्व प्राप्त गर्ने 
लुम्बिनीकाे ‘ड्रिम प्रोजेक्ट’ कार्यान्वयनको अन्तिम चरणमाः परियाेजना रामग्राम सहित चार पालिका लक्षित, रामग्रामले करिव ३ अर्व प्राप्त गर्ने 
नेपाली चेली
नेपाली चेली बिहीबार, चैत २६, २०८२

नवलपरासी । सरकारले विश्व बैंकबाट प्राप्त हुने साढे ८ करोड अमेरिकी डलर अर्थात १२ अर्ब ३५ करोड बराबरको ऋण स्वीकृत गरेसँगै ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना’ कार्यान्वयनमा आउने निश्चित भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । 

बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित परियोजना पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लामा सञ्चालन हुनेछ । नवलपरासीको रामग्राम नगरपालिका, रुपन्देहीको लुम्बिनी साँस्कृतिक र देवदह नगरपालिका, कपिलबस्तुको कपिलबस्तु नगरपालिकामा परियोजना सञ्चालन गरिने छ । 
परियोजना शहरी विकास मन्त्रालयको नेतृत्वमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्थानीय तह र विश्व बैंकको सहकार्यमा अघि बढाइने भएको छ । परियोजनाले रामग्राम स्तुप, मायादेवी मन्दिर, तिलौराकोट र देवदह जस्ता बौद्ध सम्पदा क्षेत्रको संरक्षणसँगै पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्य राखेको छ ।

तीन जिल्लाका चार नगरपालिकालाई समेटेर ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट (ग्ल्याड) परियोजनाका रुपमा विकास गर्ने लक्ष्य तत्कालिन के.पी. ओली सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि सार्नुभएको थियो । विश्व बैंकले गत फाल्गुन २९ गते अर्थात मार्च १३ तारिखमा ऋण दिने निर्णय गरेको हो ।  

यसबाट लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्दै रोजगारी सिर्जना, स्थानीय आर्थिक गतिविधि विस्तार र दिगो शहरी विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । परियोजनाले लैंगिक समानता, जलवायु लचिलोपन, समुदायको सहभागिता र महिला तथा युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताइएको छ । 

परियोजना छनोट र कार्यान्वयन स्थानीय तहबाटै गर्ने तीन जिल्लाका चार पालिकाले दावि गरेका छन् । परियोजनाले पर्यटन पूर्वाधारलाई प्राथमिकता दिएको रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो । नगप्रमुख यादवले करिव ३ अर्ब रुपैया रामग्राम नगरपालिकालाई मात्र प्राप्त हुने बताउनुभयो । उहाँले परियोजनाका लागि श्रोत सुनिश्चित गर्न सम्बन्धित पक्षसँग सकारात्मक पहल र कार्यसम्पन्न गर्ने दृढ विश्वास व्यक्त गरेकोले परियोजनाले मूर्तरुप लिएको दाबी गर्नुभयो । 

नगरपालिकाहरूले परियोजनाले एकीकृत विकास, सांस्कृतिक सम्पदा संरक्षण, पर्यटन पूर्वाधार सुदृढीकरण तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् । (सामुदायिक रेडियो परासी ) 


प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास बुधबार, असोज २१, २०८३
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्