Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा
रामग्राम पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा
नेपाली चेली
नेपाली चेली शुक्रबार, चैत २७, २०८२

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका लुम्बिनी प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित भएको नगरपालिका घोषणा गरिएको छ । सरकारले निर्धारण गरेको “पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह तथा जिल्ला घोषणा एवं सुनिश्चितता मापदण्ड” पूरा गरेपछि रामग्रामलाई उक्त मान्यता प्रदान गरिएको हो । 

जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक प्रमुख भगौती यादव रुदलले सबै मापदण्ड पूरा गरेको आधारमा रामग्रामलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त सुनिश्चित पालिका घोषणा गर्नुभएको हो । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको अध्यक्षता र समन्वय प्रमुख यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । 

घोषणाका लागि मापदण्ड अनुसार कम्तीमा ९० प्रतिशत गर्भवती महिलाले चार पटक गर्भ जाँच गरेको, ९५ प्रतिशत सुत्केरी दक्ष प्रसुतिकर्मीद्वारा स्वास्थ्य संस्थामै गराएको, घरमा हुने प्रसुति शून्य भएको तथा कम्तीमा ९० प्रतिशतले तीन पटक सुत्केरी पछिको जाँच गराएको सुनिश्चित भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाको स्वीकृति प्रदान गर्ने व्यवस्था रहेको छ ।

नगरपालिकाका अनुसार रामग्राममा घरमै सुत्केरी हुने अवस्था अन्त्य भएको छ । चालु आर्थिक वर्षमा ८१६ जना सुत्केरी भएकोमा ८१४ जना स्वास्थ्य संस्थामै सुत्केरी भएका छन् भने दुई जना अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएको जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनु भयो । 
यसैबीच, रामग्राम पूर्ण खोप सुनिश्चित भएको पालिका पनि घोषणा भएको छ । घरधुरी सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनासम्मका ३ हजार ४२६ बालबालिकामध्ये २३ जना खोपबाट वञ्चित रहेको भेटिएपछि स्वास्थ्यकर्मीले उनीहरूलाई पूर्ण खोप प्रदान गरेका थिए । जिल्ला स्तरबाट प्रमाणीकरण भएपछि घोषणा सम्भव भएको नगरपालिकाले जनाएको छ । 

घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अंगदबहादुर शाही, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय, पृथ्वी चन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश ढकाल, नेपाल रेडक्रस सोसाइटीका सभापति राजेन्द्र अग्रहरीले शुभकामना व्यक्त गर्दै रामग्रामले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारसँगै महत्वपूर्ण स्वास्थ्य उपलब्धि हासिल गरेको बताएका छन् । 

कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत अनिल खड्काले पूर्ण संस्थागत प्रसुति सेवायुक्त तथा १५ महिनासम्मका बालबालिकाहरुलाई पूर्ण खोप पालिकाका दिगोपन सुनिश्चिता घोषणा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा घोषणा अभियानमा योगदान पु¥याउने सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र सहयोगी संघसंस्थाका प्रतिनिधिहरूलाई नगरपालिकाले सम्मान गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास बुधबार, असोज २१, २०८३
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक 
सरावल गाउँपालिकाद्वारा ५३ करोड ५३ लाखको बजेट सार्वजनिक  शुक्रबार, असार ५, २०८३
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता  शनिबार, जेठ ३०, २०८३
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु
सरावल गाउँपालिकामा बालिकाका लागि निःशुल्क बीमा कार्यक्रम सुरु मंगलबार, वैशाख २२, २०८३
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन
सरावलमा सार्वजनिक सुनुवाईः मलखाद र बीउ समयमै नपाउँदा किसानको चिन्ता, ९२ प्रतिशत राजस्व संकलन मंगलबार, वैशाख १५, २०८३
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा
रामग्राममा नयाँ वर्ष २०८३ सँगै प्लास्टिक मुक्त अभियान सुरु गर्ने घोषणा मंगलबार, वैशाख १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्