Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • नवलपरासी रेडक्रसद्वारा प्रतिनिधि सभा सदस्यद्वय खनाल र गुप्तालाई स्वागत सम्मान
नवलपरासी रेडक्रसद्वारा प्रतिनिधि सभा सदस्यद्वय खनाल र गुप्तालाई स्वागत सम्मान
नेपाली चेली
नेपाली चेली बिहीबार, वैशाख ३, २०८३

परासी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले बिहिवार नवलपरासी जिल्लाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई स्वागत सम्मान गरेको छ । नयाँ बर्ष २०८३ सालको अवसर पारेर रेडक्रस सोसाईटीले जिल्लाका दुबै निर्वाचन क्षेत्रका साँसदहरूलाई स्वागत गरेको हो । 

रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीको अध्यक्षता र साँसद बिक्रम खनालको प्रमुख आतिथ्यमा स्वागत सम्मान गरिएको हो । सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य खनालले भन्नुभयो “जनताको काम भोलि होइन, आजै र आज गर्ने काम अहिलेनै गर्छु भन्ने प्रतिवद्धता गर्ने हो भने समस्याको ५० प्रतिशत समाधान तत्कालै हुन्छ ।” साँसद खनालले जिल्लाका सबै क्षेत्रका प्रतिनिधिहरूसँग एकैठाउँमा बसेर जिल्लाको समग्र विकासको योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले प्रमुख जिल्ला अधिकारीमार्फत आफूले जिल्लाका सवै सरकारी कार्यालयका प्रमुखहरूसँग बसेर शुसासनका विषयमा कुरा गर्न चाहेको बताउनुभयो । 

कार्यक्रममा नवलपरासी क्षेत्र नं. २ का साँसद नरेन्द्रकुमार गुप्ताले जनताको अपेक्षा उच्चस्तरको रहेको बताउँदै, कानून निर्माण, बजेटको व्यवस्थापन गर्दै यो क्षेत्रको विकासमा काम गर्ने बताउनुभयो । साँसद गुप्ताले आफूले संसदमा पहिलो पटक बोल्दै गर्दा किसानको मुद्धा उठाएको बताउनु भयो । उहाँले किसानलाई आवश्यक पर्ने मलको व्यवस्था सरकारले ठीक समयमा गर्नुपर्ने भएकोले संसदमा मलको समस्या समाधान गर्न माग गरेको बताउनु भयो । 

कार्यक्रममा नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल भनसुनका आधारमा काम गर्ने प्रचलन तोडिएकोले नागरिकलाई आफै सेवा लिन आउन आग्रह गर्नुभयो । उहाँले अस्पष्ट र विकास निर्माणमा बाधक कानूनको संशोधन गर्न साँसदद्धयसँग अनुरोध गर्नुभयो । 
सो अवसरमा नेपाल रेडक्रस लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अलि मोमिन, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, बरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापती कृष्णप्रसाद लामिछाने, रेडक्रस सोसाईटी पाल्हीनन्दनका संयोजक गुड्डु गुप्ता, नागरिक समाजका अध्यक्ष बेचु गौंड लगायतले शुभकामना व्यक्त गर्नु भएको रेडक्रसका अर्जुनबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय खनाल र गुप्तालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको अध्यक्ष राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो । 
 


प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्