Partappur MUN 1 Partappur MUN 1
x
Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • १९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो
लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता १९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो
नेपाली चेली
नेपाली चेली आइतबार, जेठ १७, २०८३

१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि रूपन्देही जिल्लाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा बाँकेलाई सहज रूपमा पराजित गर्दै रूपन्देही च्याम्पियन बनेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको बाँकेले कमजोर प्रदर्शन गर्दै ८.३ ओभरमा सबै विकेट गुमाएर मात्र २० रन बनाउन सफल भयो । बाँकेले दिएको २१ रनको सामान्य लक्ष्य पछ्याएको रूपन्देहीले ५.१ ओभरमै २२ रन जोड्दै उपाधि माथि कब्जा जमायो हो ।

प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी रूपन्देहीकी आएशा भुसाल प्लेयर अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट घोषित हुनुभएको छ । उहाँले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको हो । 

त्यसैगरी, प्रतियोगिताको इमर्जिङ प्लेयर नवलपरासीकी अनुष्का खत्री घोषित हुनुभयो । उहाँले नगद ५ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे को प्रमुख आतिथ्यता र विनय राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री खडक बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । 

पानी परेका कारण खेल मैदानमा समापन कार्यक्रम गर्न नसकिएपछि पुरस्कार वितरण तथा समापन समारोह होटल एटलसमा गरिएको आयोजक नवलपरासी क्रिकेट संघका कोषाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । 

छनौट प्रतियोगिता जेठ १२ गतेदेखि शुरुभएको हो । प्रतियोगितामा संघमा आवद्ध नवलपरासी, रुपन्देही, पाल्पा, कपिलबस्तु, दाङ, बर्दिया र बाँके जिल्ला सहभागी भएका थिए । ६ दिनसम्म सञ्चालित प्रतियोगिता सहिदस्मृती रङ्गशाला बडेरामा भएको हो । 

प्रतियोगिताले लुम्बिनी प्रदेशका महिला क्रिकेट खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा प्रदेशस्तरीय क्रिकेट विकासमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले विश्वास गरेका छन् । 
 


प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १८:५७
#लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता
प्रतिक्रिया दिनुहोस्
Raju Arts new Raju Arts new
थप खेलकुद
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै   बुधबार, जेठ ६, २०८३
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा मंगलबार, वैशाख ८, २०८३
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित) 
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित)  बुधबार, फागुन १३, २०८२
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल शनिबार, माघ २४, २०८२
Traffic Lights Traffic Lights
लोकप्रीय
  • Week
  • Month
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
सियानद्वारा प्रतापपुरमा सञ्चालित परियोजनाको प्रभाव मूल्यांकनका लागि अनुगमन
सियानद्वारा प्रतापपुरमा सञ्चालित परियोजनाको प्रभाव मूल्यांकनका लागि अनुगमन
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
Ramgram ADD Ramgram ADD
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्