Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • रामग्राममा फोहर प्लास्टिक टिप्ने प्रतियोगिता: ३० मिनेटमा करिब ३ क्विन्टल फोहोर सङ्कलन
रामग्राममा फोहर प्लास्टिक टिप्ने प्रतियोगिता: ३० मिनेटमा करिब ३ क्विन्टल फोहोर सङ्कलन
नेपाली चेली
नेपाली चेली बिहीबार, जेठ २८, २०८३

परासी । राष्ट्रिय सरसफाइ सप्ताह २०८३ को अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा प्लास्टिकजन्य फोहर संकलन प्रतियोगिता सम्पन्न भएको छ। वातावरण संरक्षण, प्लास्टिकजन्य फोहर न्यूनीकरण तथा सरसफाइप्रति नागरिकलाई जागरुक बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीहरूले आधा घण्टाको अवधिमै करिब तीन क्विन्टल प्लास्टिकजन्य फोहर संकलन गरेका हुन ।

परासीस्थित बुद्धचोक तथा आसपासका क्षेत्रमा सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न संघसंस्था तथा समूहका ४९ जना सहभागी थिए। सात वटा समूहमा विभाजन गरिएका सहभागीहरूले निर्धारित ३० मिनेटको समयभित्र सडक, सार्वजनिक स्थल, नाली तथा खुला क्षेत्रमा छरिएर रहेका प्लास्टिकजन्य फोहर संकलन गरेका थिए। प्रतियोगितामा जम्मा २ क्विन्टल ९३ किलो ९३० ग्राम प्लास्टिकजन्य फोहर संकलन भएको छ।

प्रतियोगितामा बियर फुट टेक्वान्डो समूह उत्कृष्ट बन्दै प्रथम स्थान हासिल गरेको छ। उक्त समूहले ६९ किलो ६०० ग्राम प्लास्टिकजन्य फोहर संकलन गरेको थियो। त्यसैगरी इन्डिगो पेन्ट्स समूह ले ४८ किलो ३८० ग्राम फोहर संकलन गर्दै दोस्रो स्थान प्राप्त गरेको छ भने नेपाल कमर्सियल आर्टिस्ट संघ, नवलपरासी ले ४५ किलो ८०० ग्राम फोहर संकलन गरी तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगितामा परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रामग्राम नगरपालिकाका सरसफाइकर्मी, रामग्राम जेसीज वर्ष २०२६, परासी टेक्वान्डो डोजाङ, विभिन्न सामाजिक संघसंस्था तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले नगर क्षेत्रलाई सफा र स्वच्छ बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विजेता तथा सहभागी समूहहरूलाई नगद पुरस्कारसहित कपडाका झोला प्रदान गरिएको थियो। प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्दै वैकल्पिक सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्रथम, द्वितीय र तृतीय हुने तीन समूहलाई २१ वटा कपडाका झोला उपलब्ध गराएको हो।

कार्यक्रम खानेपानी तथा सरसफाइ कार्यालय नवलपरासीका प्रमुख दिनेश प्रसाद शाह को अध्यक्षता तथा रामग्राम नगरपालिकाकी नगर उपप्रमुख संझना चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले प्लास्टिकजन्य फोहर वातावरणीय प्रदूषणको प्रमुख कारण बन्दै गएको उल्लेख गर्दै यसको व्यवस्थापनमा सबैको साझा जिम्मेवारी रहने बताउनुभयो। उहाँले सरसफाइलाई अभियानका रूपमा मात्रै नभई दैनिक व्यवहारमा उतार्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी अध्य्क्ष शाहले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन तथा पुनः प्रयोगका विषयमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले वातावरण संरक्षणका लागि सरकारी निकाय, स्थानीय तह, सामाजिक संघसंस्था तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

खानेपानी तथा सरसफाइ कार्यालय र परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा सम्पन्न कार्यक्रम डिभिजन वन कार्यालय नवलपरासी, रामग्राम नगरपालिका, स्वास्थ्य कार्यालय परासी तथा लुम्बिनी एग्रो इन्भारोमेन्ट ल्याब प्रालिको सहकार्यमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको संयोजन तथा व्यवस्थापन सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गरेको संस्थाका अध्यक्ष राजकुमार रेश्मीले जानकारी दिनुभयो। कार्यक्रममा निर्णायकको भूमिका रोटरी क्लब अफ नवलपरासीका निवर्तमान अध्यक्ष सुनिल कसौधनले गर्नुभएको थियो। 

कार्यक्रमले नगर क्षेत्रमा बढ्दै गएको प्लास्टिकजन्य फोहर व्यवस्थापनमा नागरिक सहभागिताको महत्व उजागर गर्नुका साथै वातावरणीय सरसफाइका लागि सामूहिक प्रयास आवश्यक रहेको रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमले नेपाली चेली अनलाइनलाइ बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्