Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नेपाली चेली
नेपाली चेली बुधबार, असार १०, २०८३

परासी । पश्चिम नवलपरासीका सातै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । कानुनी व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएका नीति तथा कार्यक्रम तथा बजेटमा अधिकांश स्थानीय तहले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन् । पाँचवर्षीय कार्यकालको अन्तिम वर्षमा रहेका पालिका प्रमुख तथा उपप्रमुखहरूले आफ्नो कार्यकालको अन्तिम बजेटसमेत प्रस्तुत गरेका हुन् ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्याल, बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव र सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सम्बन्धित सभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । 

सातै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कुल ५ अर्ब २९ करोड ९९ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।

रामग्राम नगरपालिकाले १८ औँ नगरसभामार्फत नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख धनपत यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने नगर उपप्रमुख सम्झना चौधरीले आगामी आर्थिक वर्षका लागि ९४ करोड ५० लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले कुल बजेटमध्ये चालुतर्फ ६१ करोड ६३ लाख ५० हजार रुपैयाँ अर्थात् ६३ प्रतिशत र पुँजीगततर्फ ३१ करोड २८ लाख ५० हजार रुपैयाँ अर्थात् ३७ प्रतिशत विनियोजन गरिएको जानकारी दिनुभयो । 

सुस्ता गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३.०८४ का लागि ६० करोड ३२ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले चालुतर्फ ३७ करोड ३१ लाख ७८ हजार रुपैयाँ तथा पुँजीगततर्फ २३ करोड ९९ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । 

प्रतापपुर गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चौधरीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ६८ प्रतिशत र पुँजीगततर्फ ३२ प्रतिशत रकम विनियोजन गरिएको छ ।

पाल्हीनन्दन गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५१ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । यसमध्ये चालुतर्फ ३२ करोड २५ लाख रुपैयाँ र पुँजीगततर्फ १८ करोड ८६ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड २४ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २१ करोड ६ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ३० लाख १५ हजार रुपैयाँ, राजस्व बाँडफाँडतर्फ ९ करोड ८ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय अनुदानतर्फ ७८ लाख ९० हजार रुपैयाँ समावेश गरिएको गाउँपालिकाले जनाएको छ । 

सुनवल नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २३ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सूर्य दुबेले बजेटमा आन्तरिक स्रोतबाट २४ करोड ९३ लाख ५३ हजार रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५० करोड ९० लाख ४२ हजार रुपैयाँ, संघ तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट १६ करोड ३९ लाख ५५ हजार रुपैयाँ तथा मौज्दात रकमबाट ८ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको बताउनु भयो । 

यस्तै, सरावल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ५३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले चालुतर्फ ३२ करोड ९९ लाख ६४ हजार रुपैयाँ र पुँजीगततर्फ २० करोड ५४ लाख ३१ हजार रुपैयाँ विनियोजन गरेको छ । बजेटमा आर्थिक विकासतर्फ २ करोड १५ लाख ४७ हजार रुपैयाँ, सामाजिक विकासतर्फ २४ करोड २२ लाख ५८ हजार रुपैयाँ, प्रविधिमैत्री शिक्षा कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ तथा पूर्वाधार विकासतर्फ १४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजनले  जानकारी दिनुभयो । 


प्रकाशित मिति: बुधबार, असार १०, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्